घोराही उपमहानगरमा श्रमशोषण: ८ महिनाको तलबै नदिएर निकालिए करार कर्मचारी
२५ कार्तिक २०७८
•
५ मिनेट पाठ
घोराही उपमहानगरमा श्रमशोषण: ८ महिनाको तलबै नदिएर निकालिए करार कर्मचारी
घोराही उपमहानगरपालिकाले २०७७ फागुन १३ गते आँफू मातहतका करार स्वास्थ्यकर्मीहरुलाई हटाउने आशयको पत्र काट्यो। जनस्वास्थ्य कार्यालयबाट वर्थिङ सेन्टरका लागि लिईएका नर्सिङ समुहका १० जना र उपमहानगरपालिकाले आँफै राखेका २ जना एमबिबिएस डाक्टर बाहेक अन्यको करार अबधि पुरा भएको सूचना उपमहानगरको थियो। यो पत्र अनुसार उपमहानगरका वडाहरुमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रहरुमा कार्यरत करार स्वास्थ्यकर्मीहरुको जागिर नरहने भन्ने थियो।  




तर करारमा कार्यरत शहरी स्वास्थ्य केन्द्रका करार कर्मचारीहरुलाई हटाईन नहुने भन्दै नगरको कार्यपालिका बैठकमा छलफल भएपछि उनिहरुलाई काममा निरन्तरता दिने भन्ने कुरा भयो। एक कर्मचारी भन्छन् ‘कार्यपालिकाको बैठकमा भएको छलफल पछि वडा अध्यक्षहरुले पनि हामीलाई काममा जानुस् भनेर सुनाउनु भयो, अनि उपमेयर ज्यूले पनि नहटाउने कुरा गरेपछि हामीहरु कार्यालयमा हाजिर भैरह्यौँ।’ उपमहानगर वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले पनि उनिहरुलाई काममा हाजिर गराउने भन्दै गाउँपालिकामा मौखिक कुराकानी भएको थियो। सोही अनुसार उनिहरु फागुन यता दिनहुँ हाजिर भैरहेका थिए।  

तर, त्यहि उपमहानगरपालिकाले गत कात्तिक १ गते देखि लागु हुने गरि ति कर्मचारीहरुलाई हाजिर नगराउन शहरी स्वास्थ्य केन्द्रहरुलाई पुनः पत्र काट्यो। ‘घोराही उपमहानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुमा अस्थायी, ज्यालादारी तथा करारमा कर्मचारीहरु कार्यरत रहेको भए कात्तिक १ गते देखि कामकाजमा नलगाउनु,’ उपमहानगरले आँफू मातहतका स्वास्थ्य संस्थाहरुलाई लेखेको पत्रमा उल्लेख छ ‘लगाएको पाईएमा सम्बन्धीत स्वास्थ्य संसथा प्रमुख उपर कारवाही हुने र उपमहानगरले तलव भत्ता समेत उपलब्ध गराउने छैन।’  उपमहानगरको यो पछिल्लो पत्र पश्चात शहरी स्वास्थ्य केन्द्रका करार कर्मचारीहरु गत कात्तिक १ गते यता हाजिर भएका छैनन्। करार भएका कारण जागिरबाट निष्काषन गर्यो। तर ८ महिना सम्मको उनिहरुको तलव सुविधा समेत दिन मानेन।  

उपमहानगर भन्छ ‘उहाँहरुलाई त फागुन देखिनै निष्काशन गरिएको हो,कसरी तलब सुबिधा दिने ?’ तर उनै कर्मचारीहरु भने उपमहानगरकै सल्लाह बमोजिम फागुन यता दिनहुँ कार्यालयमा हाजिर भैरहेका थिए। ‘हामीहरुलाई काममा जानुस् तपाईहरुलाई पनि जागिरमा समावेश गरिने छ भनेर भनेपछि मात्रै हामीहरु काममा गएका हौँ नि,’ एक करार कर्मचारीले भने ‘अनि कसरी हाम्रो सेवा सुविधा रोक्न मिल्छ ?’  

फागुन देखिनै निष्काशन गरिएको दाबी गर्ने उपमहानगरपालिकाले भने उनिहरुलाई कोरोना संकटका बेला भने कर्मचारीकै रुपमा प्रयोग गरेको छ। उनिहरु कोरोना बिरुद्धको खोप लगाउने बेला उपमहानगरपालिकाकै कर्मचारीको रुपमा खोप केन्द्रहरुमा खटिएका थिए।

‘हामीहरु कर्मचारी थिएनौँ भने किन कोरोना बिरुद्धको खोप लगाउनका लागि हामीहरुलाई फिल्डमा खटाईयो ?,’ एक अनमीले भनिन् ‘हामीहरुले शहरी स्वास्थ्य केन्द्रको कर्मचारी बनेरै खोप लगाउन फिल्डमा खटियौँ।’ त्यसोत, फागुन देखि हटाईएका भनिएका उनै कर्मचारीहरुलाई उपमहानगरले तलब दिएको छैन। तर गत असारमा भने उनिहरुलाई जोखिम भत्ता भने उपलब्ध गराएको छ।  

‘हामीहरु कर्मचारी बाट हटि सकेका थियौँ भने किन हामीहरुलाई उपमहानगरले जोखिम भत्ता बापत १३ हजार रुपैयाँ दियो त ?’ एक अहेवले भनिन् ‘भत्ता दिँदा हामी कर्मचारी भयौँ, अनि तलब दिँदा चाहिँ कर्मचारी हैनौ भनेर भन्न पाईन्छ ?’ उनिहरुले आँफूहरुलाई जागिरबाट निकालिए पनि आँफूहरुले फागुन यता गरेको कामको तलब नदिएर उपमहानगरले श्रम शोषण गरेको दाबी गर्छन्।  

‘उपहानगरले हाम्रो करार अवधि थप्दैन भने हामी जागिर बाट निस्कन्छौँ,’ उनले भनिन् ‘तर हामीहरुले पाउनु पर्ने श्रमको ज्याला पाउनु पर्यो नि, उपमहानगरले जानी जानी हामीहरु माथि श्रमशोषण गरेको छ।’ उनिहरुले आँफूले पाउनु पर्ने सुविधाको माग गर्दै आईरहेका छन्। तर उपमहानगर भने उनिहरुलाई सुविधा नपाउने ठाडै जवाफ दिन्छ। ‘तपाईहरुलाई मैले काम गर्न भनेको हुँ? भनेर हाकिमले भन्छन्,’ उनले भनिन् ‘हाकिम हाम्रो तलव दिन तयार छैनन्।’

यता उपमहानगरले भने उनिहरुको करार अवधि गत फागुनबाटै सकिईसकेकाले उनिहरुले सेवा सुविधा नपाउने दाबी गर्छ। ‘उहाँहरुलाई त गत फागुनबाटै हाजिर नगराउने भनेर उपमहानगरले पत्राचार गरिसकेको छ,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने ‘उहाँहरु कर्मचारी नै हैन भने उहाँहरुले सेवा सुविधा पाउने त कुरै भएन नि।’ कोरोना बिरुद्धको खोप लगाउन उनिहरुलाई उपमहानगरले खटाएको तथा कोरोना जोखिम भत्ता पाएको बिषयमा भने उनले यो बिषयमा आँफूलाई जानकारी नभएको बताए। ‘उहाँहरुलाई कसले काममा आउन भन्यो,कसले खटायो , अनि भत्ता कसरी पाउनु भयो ?’ केसीले भने ‘यो बिषय मलाई थाहा छैन।’

कात्तिक १ गते देखि हाजिर नगराउन भन्दै पत्र काटेको उपमहानगरले स्थायी दरबन्दीमा जनशक्ति पर्याप्त रहेकाले करार कर्मचारीहरुलाई हटाउनु परेको बताउँछन्। उनका अनुसार माग भन्दा बढि कर्मचारी संघीय सरकारले पठाईदिएको छ। ‘आवश्यक्ता भन्दा बढि स्थायी कर्मचारीहरु थुप्रिएका छन्, उनिहरुको व्यवस्थाापनमै समस्या हुने अवस्था भयो,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने ‘स्थायी दरबन्दीको जनशक्ति आईसकेपछि त करार कर्मचारीहरु हटिहाल्छन् नि।’ तर शहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि करारमै जनशक्ति ब्यवस्थापन गर्ने नीति संघीय सरकारको छ।  

मन्त्रालयको नीतिमा मन्त्रालयले छनौट गरेका वडाहरुमा स्थानीय तहले आधारभुत सेवा प्रवाह गर्ने उल्लेख छ। यहि नीति अनुरुप घोराही उपमहानगरले पनि वडा तहमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको थियो। तर सरकारको नीतिमा वडा तहमा हुने आधारभुत स्वास्थ्य केन्द्र करार कर्मचारीबाट सञ्चालन गर्नुपर्ने ब्यवस्था समेत गरेको छ। ‘आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक न्यूनतम जनशक्ति अहेव १जना,स्टाफ नर्स वा अनमी १ जना र कार्यालय सहयोगी एकजना मौजुदा करार ऐन नियमावली,निर्देशिका बमोजिम करारमा लिई काममा लगाउनु पर्ने छ’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको नीतिमा स्पष्ट उल्लेख गरेको छ।  

तर उपमहानगरले भने स्थायी कर्मचारी नहुँदा सम्मका लागि मात्रै करारमा कर्मचारी राख्न भनेको भन्दै कारवाहीको सहज निकास खोजेको छ। तर उपमहानगरले भनेजस्तो ‘स्थायी कर्मचारीको ब्यवस्थापन नहुँदा सम्म’ का लागि भन्दै स्वास्थ्य मन्त्रालयको नीतिमा कहिँकतै उल्लेख गरिएको छैन। उपमहानगरले आफ्नै दाबी अनुसार शहरी स्वास्थ्य केन्द्रका २ अनमी र ५ अहेबलाई जागिरबाट निष्काशन गरेको छ।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
११ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस