पोखरा— दृष्टिविहीनले सबैभन्दा नजिक सम्झने दृष्टिविही नै हो। त्यसैले त पर्वतकी दृष्टिविहीन एक किशोरी गाउँबाट एसएलसी पास गरेर पोखरा पढ्न आउँदा आफूहरुजस्तै साथीहरुको खोजीमा थिइन् र जनप्रकाश उच्चमावि लेखनाथ नगरपालिकाको भण्डारढिकस्थित एकीकृत दृष्टिविहीन छात्रावासको शरण परिन्।
रोजेजस्तो विषय पढ्दै खोजेजस्तै साथीहरुको संगतमा एक महिना के बितेको थियो उनले जीवनमा कल्पनै गर्न नसक्ने दुर्घटना सामना गर्नुपर्यो।
एकीकृत छात्राबासका इन्चार्ज दण्डपाणि ढकाल विद्यार्थीका सबैभन्दा ठूला आधार थिए। तर, ती किशोरका लागि जीवनकै सबैभन्दा ठूलो खलपात्र बनेर आए तिनै ढकाल। भदौ १९ गते प्रचण्ड गर्मीको दिन शीतल छहारीमा बसेर पढ्न निस्केकी किशोरी दृष्टिविहीन ढकालको वक्रदृष्टिमा परिन् र बलत्कृत भइन्। कोठाबाट बाहिर निस्केर अतिथि कक्षमा के पुगेकी थिइन् किशोरीलाई दण्डपाणिले च्याप्प पाखुरामा समाते अनि सरासर अर्काे कोठामा लगेर चुकुल लगाए अनि आफ्नो दानवरुप देखाए।
‘इङलिस् किन पढ्छ्यौं, नेपाली पढ,’ त्यो दिन ढकालले भनेका कुरा उद्धृत गर्दै किशोरीले प्रहरीमा जाहेरी दिएकी छिन्, ‘नेपाली पढ्यौ भने छात्रवृत्ति मिलाइदिन्छु पैसा पनि आउँछ भन्दै फकाउन थाले अनि समातेर अर्काे कोठामा लगे।’ उनले यो घटना कसैलाई भन्न सकिनन्। त्यसमाथि कसैलाई नभन्न ती शिक्षकले धम्क्याएका पनि थिए।
किशोरीले अंग्रेजी भाषा पढेर भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएको तर छात्रावास प्रमुख समेत रहेका शिक्षकले भने त्यो नपढ्न दबाब दिएका थिए। शिक्षक ढकालले जनप्रकाश उच्चमाविमा नेपाली विषय पढाउँदै आएका छन्। किशोरीले अरु विषय जनप्रकाशमै पढेर अंग्रेजी भने गगनगौंडाको गोगन उच्चमाविमा पढ्दै आएकी थिइन्।
छात्रावास र स्कुलमा कसैलाई भन्न नसकेकी किशोरी बलत्कृत भएको ४ दिनपछि घर गएकी थिइन्। ‘तर घरमा पनि कसैलाई भन्न सकिनँ,’ उनले जाहेरीमा भनेकी छन्, ‘फर्केर आएँ अनि छात्रावासकै अर्की दिदीलाई सुनाएँ ।’ तिनै दिदीको प्रेरणामा भदौ ३१ गते मंगलबार कास्की प्रहरीलाई किशोरीले जाहेरी दिएपछि ढकाललाई कास्की प्रहरीले पक्रेको छ।
ढकालविरुद्ध जबरजस्ती करणसम्बन्धी मुद्दा दर्ता गराइएको जानकारी कास्की प्रहरी प्रमुख एसपी वसन्त लामाले दिए। उनका अनुसार यस्तो मुद्दामा ५ देखि ८ वर्ष कैद सजाय हुनसक्छ । तर दृष्टिविहीन वा अन्य अपांगमाथि भएका बलात्कार लगायत अपराधमा भने थप ५ वर्षसम्म सजाय हुने प्रहरी निरीक्षक गौतम मिश्रले बताए ।
यसअघि पोखराको कार्कीडाँडामा एक किशोरीमाथि ७ युवाले सामूहिक बलात्कार गरेका थिए । एक महिनाअगाडिको त्यो घटनामा संलग्न २ युवालाई प्रहरीले पक्रेर मुद्दा चलाइसकेको छ भने बाँकी फरार छन् ।