मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए
०२ असोज २०७१
•
८ मिनेट पाठ
मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए
काठमाडौं- दुई वर्षका लागि मलेसिया गएका रुकुमका रमेश थापा चार महिना नपुग्दै बिहीबार राति नेपाल आइपुगे। डेढ लाख तिरेर मलेसिया पुगेका उनी भनेअनुसार काम र तलब नपाएपछि कम्पनी छाडेर भागे। त्यसपछि लुकिछिपी बस्दै आएका थिए।मलेसियामा कम्पनी छोडेर गैरकानुनी हैसियतमा रहेका ३ सय ७७ नेपाली कामदारलाई बिहीबार श्रम तथा रोजगार मन्त्रालयको पहलमा विमान चार्टर गरेर नेपाल ल्याइएको छ। थापा तिनैमध्येका हुन्। 
‘९ सय रिंगेट तलब हुन्छ भनेर गएको, ६ सय पनि दिइएन, त्यही पनि दुई महिनासम्म पाइएन,' थापाले भने, ‘प्याकिङको काम भनिएको थियो, फलाम उचाल्ने काममा लगाइयो।'
बरु नेपालमै दुःख गरेर दसैं मनाउने सोचले आएको उनले बताए। भने, ‘दलालले फसायो।'
सुर्खेतका गोबर्द्धन गुरुङको परिवार दसैंमा छोराले पैसा पठाउला भन्ने आसमा थियो तर गोबर्द्धन भने रित्तोहात काठमाडौं उत्रिएका छन्। ‘दसैं त एक छाकमै मनाउँला तर मलेसियाको दुःखले बस्नै सकिएन,' उनले भने। उनी पनि कम्पनीको फरक काम र तलबकै पीडित हुन्।
मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता गर्ने अभियानअन्तर्गत बिहीबार एयर एसियाको विमान चार्टर गरेर एकैचोटि ३ सय ७७ जनालाई ल्याइएको हो। नेपाली राजदूतावासले एक महिनाअघि कोपेरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन अभियान थालेको थियो। गत महिना मलेसियाका मानव संशाधनमन्त्री डाटुक रिचर्ड जाइम नेपाल भ्रमणमा आएका बेला श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा रहेका गैरकानुनी कामदारलाई सहज रुपमा नेपाल फिर्ता गराउन आग्रह गरेका थिए। गुरुङको आग्रहपछि जाइमले मलेसियाली अध्यागमनका पूर्वकर्मचारीको संस्था कोपेरासी इमिग्रेसन मलेसिया बरहाडको समन्वयमा गैरकानुनी कामदारलाई नेपाल पठाउन सहयोग गरेका हुन्।
कामदारलाई लिन राज्यमन्त्री गुरुङ विमानस्थल पुगेका थिए। कामदारसँगै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात, स्वदेश फिर्ता अभियानमा सहयोग गरेका नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हरि भट्टराई र कोपरासीका प्रतिनिधिसमेत आएका थिए। 
नेपाल आएका कामदारलाई खादा लगाएर स्वागत गरेका राज्यमन्त्री गुरुङले मलेसियामा विभिन्न कारणले गैरकानुनी हैसियतमा रहेका कामदारलाई चरणबद्ध रुपमा नेपाल फर्काउन र कामदारको सुरक्षा गर्न पहल गर्ने बताए। 
मलेसियामा अवैधानिक रुपमा रहेका र राहदानी नभएका नेपाली कामदारले स्वदेश फर्कनका लागि यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्ने हुन्छ। दूतावासले डिसेम्बर ३१ सम्ममा गैरकानुनी कामदारलाई नेपाल फिर्ता पठाइसक्ने गरी कार्य सुरु भएकाले तत्काल यात्रा अनुमतिपत्र बनाउन आग्रह गरिरहेको छ। 
राजदूत बस्न्यातले अध्यागमन विभागले नेपाली कामदारलाई फिर्ता पठाउन विभागका पूर्वकर्मचारीको संस्था कोपेरासीलाई जिम्मा दिएको बताए। उनका अनुसार मलेसियामा ४० देखि ५० हजार हाराहारी गैरकानुनी नेपाली कामदार छन्। 
अहिले १० हजारले ट्राभल डकुमेन्ट लिइसकेकाले तत्काल उनीहरू फिर्ता हुन्छन्,' उनले भने, ‘पहिलो चरणअन्तर्गत डिसेम्बरसम्ममा १५ हजार कामदारलाई स्वदेश पठाउनसक्ने अनुमान गरेका छौं।'
दूतावासले यात्रा अनुमतिपत्रको क्रमसंख्याका आधारमा प्राथमिकता निर्धारण गर्ने र अध्यागमनबाट फिर्ता हुने पास लिएपछि कोपरासीले हवाई टिकट उपलब्ध गराउने गरेको छ। यो अभियानमा सहभागी हुन कामदारले कोपरासीलाई हवाई भाडा, अध्यागमनको जरिवाना/शुल्कसहित बढीमा मलेसियन रिंगेट १३ सय ४० (करिब ४० हजार २ सय) बुझाउनुपर्ने दूतावासले जनाएको छ। 
नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका भट्टराईले चाडपर्व नजिकिँदै आएकाले र कामदार पक्राउ पर्ने भएकाले कामदारलाई नेपाल ल्याउन सहयोग गरेको बताए। गैरकानुनी कामदारले मलेसियामा दुःख पाएकाले र कागजपत्र मिलाइदिने नाममा ठगिँदै आएकाले कोपरासीसँग समन्वय गरेर सस्तो लागतमा फिर्ता पठाउन थालिएको उनले बताए। ‘कामदारले दुःख पाएपछि हामी आफैंले उद्धारका लागि पहल गरेका हौं,' उनले भने। 
मलेसियाको अध्यागमनले कर्मचारी थप गरी नेपाली कामदारका लागि छुट्टै काउन्टरसमेत व्यवस्था गरेको छ। दूतावासले गैरकानुनी कामदारसहित जेलमा रहेका नेपाली कामदारको पनि उद्धार गर्ने जनाएको छ। मलेसियाको विभिन्न जेलमा ८ सय ५० नेपाली रहेकाले तिनीहरुलाई पनि उद्धार गरेर नेपाल पठाउने पहल भएको बस्न्यातले बताए। एक हजार कामदार जेलमा रहेकोमा १ सय ५१ जनालाई नेपाल पठाइसकेका छौं,' उनले भने, ‘बाँकीलाई पनि विस्तारै उद्धार गर्छौं,' उनले भने। 
मलेसिया सरकारले एक वर्षअघि अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाएर गरेको सुरु गरेको धरपकडमा हजारभन्दा बढी नेपाली पक्राउ परेका थिए।


अर्को समाचार
मलेसियाबाट १६ नेपाली घर फर्काइए, काे काे छन् सूचीमा ?
०४ साउन २०७३
•
१ मिनेट पाठ
मलेसियाबाट १६ नेपाली घर फर्काइए, काे काे छन् सूचीमा ?
काठमाडौं– मलेसियामा जेल सजाय काटिसकेपछि घर फर्किने भाडा नभएर घरफिर्ती केन्द्रमा बसिरहेका १६ जना नेपाली युवालाई आज मलेसियास्थित नेपाली दूतावासले निशुल्क टिकटमा नेपाल पठाएको जनाएको छ। उनीहरुलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत घर(नेपाल) पठाएको दुताबासले विज्ञप्तीमार्फत जनाएको छ।




मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाई सजायसमेत भुक्तान गसिकेका नेपालीहरु घर फर्किने प्लेन भाडा नहुँदा घर फिर्ती केन्द्रहरुमा बसिरहेको छन्।

यस्ता नेपाली मध्ये दूताबासले हालसम्म ६१२ जनालाई निशुल्क घर पठाइसकेको जनाएको छ। अझै पनि त्यस्ता केन्द्रहरुमा रहेका नेपालीलाई घर फर्काउने दुतावासले जनाएको छ।

दूताबासले उपलब्ध गराएकाे घर फर्काइएका नेपालीकाे सूचीः

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस