वडाका जनप्रतिनिधिहरु प्रति असन्तुष्टि जनाउँदै सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ सिमाखोलीका दिलबहादुर केसीले ‘छोटे राजा’ भन्दै फेसबुकमा लेखे। आफूहरुलाई छोटे राजाको संज्ञा दिएको वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले सहन सकेनन्।
वडाध्यक्षसहित जनप्रतिनिधिहरु प्रति सामाजिक सञ्जाल मार्फत लगाईएको यो ‘आरोप’ का कारण दिलबहादुरविरुद्ध वडाले ठूलै ‘एक्सन’ लियो। छोटे राजा भनेकै कारण वडाले उनलाई वडाबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय लियो। अनि विज्ञप्ती जारी गरेरै उसले छोटे राजा भन्दै फेसबुकमा लेखेका दिलबहादुरलाई वडाको सबै सेवा सुविधाबाट बञ्चित गरिएको जनाएको छ।
‘छोटेराजको संज्ञा दिई सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गर्ने दिलबहादुर केसीलाई कमजोरी नसच्याएसम्म यस वडा कार्यालयको तर्फबाट दिईने सम्पूर्ण सेवाबाट बञ्चित गरिन्छ,’ वडाध्यक्ष प्रेमबहादुर पुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। वडाध्यक्ष पुनका अनुसार दिलबहादुरले केही दिनअघि वडाध्यक्षसहित वडाका अन्य जनप्रतिनिधिहरुलाई छोटेराजाको संज्ञा दिई उनीहरुको कार्यको विरोध गरेका थिए।
दिलबहादुरले आफ्ना भाईविरुद्ध परेको बालविवाहको मुद्दामा वडाध्यक्ष पुनसहित वडाका सबै जनप्रतिनिधिहरुलाई संलग्न रहेको आरोप लगाएका थिए। ‘उहाँ(दिलबहादुरका भाईविरुद्ध परेको मुद्दामा हामीहरुको पनि संलग्नता भनेर आरोप लगाउँदै समाचार लेखियो,’ वडाध्यक्ष पुनले भने ‘त्यसमाथि छोटे राजा भनेर गम्भिर आरोप लगाउनु भयो।’
वडाका केही सदस्यहरुकै सहमतिमा वडाको सेवाबाट बञ्चित गर्ने सल्लाह बमोजिम विज्ञप्ती जारी गरिएको भन्दै वडाध्यक्ष पुनले दिलबहादुरलाई चेतावनी दिनका लागि मात्रै वडाको सेवाबाट बञ्चित गरिएको भनेर विज्ञप्ती जारी गरिएको बताए। ‘उहाँलाई हामीहरुले चेतावनी मात्रै दिन खोजेका हौँ, ताकि फेरि यस्तो गम्भिर आरोप लगाउने गल्ती उहाँबाट नहोओस् भन्ने हो,’ उनले भने, ‘तर उहाँलाई हामीहरुले सेवाबाटै बञ्चित भने गर्दैनौँ।’
यता नगरका अन्य जनप्रतिनिधिहरुले आफूमाथि आरोप लगाएको भनेर नागरिकलाई अधिकार पाउनबाट बञ्चित गर्न नमिल्ने बताउँछन्। नगरकै एक वडाध्यक्षले जनप्रतिनिधिलाई छोटे राजा भनेकै कारण वडाका सम्पूर्ण सेवा सुबिधा बाटै बञ्चित गरिनु अशोभनीय कार्य भएको बताए। ‘काम गर्दै गर्दाखेरी आरोप आउँछन्, तर सहनु पर्छ,’ ति वडाध्यक्षले भने, ‘तर आरोप लगाएकै कारण वडाको सेवा सुविधाबाटै बञ्चित गर्ने अधिकार वडा अध्यक्षहरुलाई कदापी रहन्न, र यो शोभनीय काम पनि हैन।’