चितवन-स्वामित्वमा रहेका जग्गा किनबेच तथा भाडामा लगाएपछि जिल्लाकै जेठो स्कुल चितवन उच्चमावि विवादमा तानिएको छ। विद्यालयको सम्पत्ति सार्वजनिकसरह हुने र बेच्न नमिल्ने दाबी गर्दै रिट परेपछि उच्चमावि अप्ठ्यारोमा परेको हो।विद्यालयले बेचेको तथा भाडामा लगाएको जग्गामा कन्या कलेज, मेडिकल कलेजलगायत स्थायी संरचना बनाइएको छ। गत वर्ष असारमा पनि २२ वर्षका लागि थप जग्गा भाडामा लगाउने सूचना निकालेपछि सो विषय अदालतसम्म पुगेको हो।
विद्यालयको स्वामित्वमा रहेको नौ बिघा जग्गामध्ये पाँच बिघा बेचबिखन भइसकेको छ। बाँकी चार बिघामध्ये पनि विद्यालयलाई आवश्यक छुट्याएर मेडिकल कलेज, पेट्रोल पम्प, बुद्ध बजारजस्ता व्यावसायिक प्रतिष्ठानलाई भाडामा दिइएको छ। चितवन मेडिकल कलेजले ५० वर्ष, पेट्रोल पम्पले २५ वर्ष र बुद्ध बजारले १० वर्षलाई भाडामा लिएर स्थायी संरचना बनाएका छन्।
२०५० सालदेखि अस्थायी टहरा बनाएर बसेकाको करार अवधि सकिएपछि विद्यालयले गत वर्ष असार २५ गते उक्त जग्गामा अस्थायी संरचना बनाउन मिल्ने गरी २२ वर्षलाई भाडामा दिने सूचना प्रकाशित गरेको थियो। नयाँसँग करार गर्न थालेपछि पहिलेदेखि बस्दै आएकाले आपत्ति जनाए। त्यसपछि अधिवक्ता विष्णुहरि कोइराला, विद्यालय कर्मचारी शंकर कुमाल र सर्वसाधारण चन्द्रकला कोइरालाले असोज १६ गते सर्वोच्चमा रिट हालेका थिए।
अदालतले उक्त मुद्दामा कात्तिक ११ गते प्रारम्भिक सुनुवाइ गर्दै सूचना कार्यान्वयन नगर्न आदेश दिइसकेको छ। न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले गरेको आदेशमा ‘विद्यालयले असार २५ मा निकालेको टेन्डर सूचना कार्यान्वयन नगर्न' उल्लेख थियो।
अधिवक्ता कोषराज काफ्ले शिक्षा ऐन २०२८ अनुसार विद्यालयको जमिन सार्वजनिक सम्पत्ति हुने भएकाले बेचबिखन वा कसैलाई करार गरेर दिन नमिल्ने बताउँछन्। ‘विद्यालयको जग्गा सार्वजनिक सम्पत्ति हो। यसलाई बेच्ने वा करार गरेर अरूलाई दिने प्रावधान ऐनमा छैन। विद्यालयले ऐनविपरीत कार्य गरेको छ,' सार्वजनिक जग्गाको उपयोगबारे अभियान चलाउँदै आएका उनले भने। सार्वजनिक सम्पत्तिको भोगाधिकार अर्को व्यक्तिमा सर्ने गरी करार गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिसँग नरहने काफ्लेको भनाइ छ। ‘त्यसैले चितवन उमाविले बेचेर, करारमा दिएर बनेका संरचना हटाउन र नयाँ टेन्डर रद्द गर्न माग गर्दै रिट परेको हो,' उनले भने।
मंसिर २२ गते जिल्ला शिक्षा समिति सदस्यसमेत रहेका जिल्ला शिक्षा अधिकारीले सर्वोच्चलाई पठाएको पत्रमा पनि सरकारी विद्यालयको सम्पत्ति बेच्ने प्रावधान नरहेको उल्लेख गरेका छन्।
त्यसको दुई दिनपछि विद्यालयले अदालतलाई लेखेको जवाफमा भने भवन, पुस्तकालय, खेलमैदान र बालउद्यान बनाएर बाँकी जमिन विद्यालय सम्पत्ति संरक्षण समितिको अनुमतिमा नै बिक्री तथा भाडामा लगाएको खुलाएको छ। पत्रमा ‘विद्यालयको शैक्षिक एवं भौतिक व्यवस्थापन तथा निजी स्रोतमा राखिएका शिक्षक–कर्मचारीको तलबभत्ताका लागि स्रोत जुटाउन जग्गा बिक्री तथा भाडामा लगाउनु कानुनविरुद्ध नहुने' दाबी गरिएको छ।
अधिवक्ता काफ्ले भने शिक्षा ऐनबमोजिम विद्यालय कोषमा सरकार, शिक्षाकोष, स्थानीय निकायले दिने अनुदान वा स्थानीय स्तरमा संकलित चन्दा र दानबाट प्राप्त रकम मात्र हुनुपर्ने बताउँछन्। उनका अनुसार विद्यालय कोष बढाउन जमिन भाडामा दिने वा बेचबिखन गर्नै अधिकार विद्यालय प्रशासनलाई हुँदैन। ‘सार्वजनिक सम्पत्तिको व्यवस्थापन सरकार आफैंले गर्छ। कुनै व्यक्ति वा संघसंस्था विशेषलाई करारमा दिँदैन,' अधिवक्ता काफ्लेले भने। यो मुद्दामा आउँदो मंसिर १८ गते पेसी तोकिएको छ।