काठमाडौं– हृदयाघात भएर शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।
'अहिले उहाँको स्वास्थ्यस्थिति स्थिर छ। अझ एक दुई दिन अस्पतालमै राख्नुपर्छ,' उपचारमा संलग्न मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टले अाइतबार बिहान नागरिकन्युजसँग भने, 'एक दुई दिनको अवस्था हेरेर घर पठाउन सकिन्छ। अहिले उहाँको मुटुको चाल ठिक छ।'
शनिबार बेलुका पौने १० बजेतिर अचानक चिटचिट पसिना आउने र रिँगटा लाग्ने समस्या देखिएपछि शाहलाई परिवारका सदस्यले तत्काल थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए।