पोखरा- जागिरको करार सम्झौता रद्द गरेको भन्दै आन्दोलित शिक्षकहरुले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन्। विश्वविद्यालयको कार्यकारी समितिले असोज २ गतेबाट ८० शिक्षक र ६ कर्मचारीको करार रद्द गरेको आन्दोलितहरुले जनाएका छन्। आइतबार बिहानैदेखि जम्मा भएका उनीहरुले उपकुलपति, रजिस्ट्रार र डिनलगायतको कार्यकक्षमा तोडफोड गरेका हुन्।विश्वविद्यालयले आफ्नो नियमानुसार कसैलाई पनि १ वर्षभन्दा बढी करारमा राख्नन नमिल्ने भन्दै हटाएको स्रोत बताउँछ। तर आफूहरुलाई त्यसरी हटाउनुभन्दा नियम संशोधन गरी जागिर थमौती गर्नुपर्ने माग गरेका छन्। आन्दोलितले तोडफोड गर्दा कार्यालयका फर्निचर र कम्प्युटरमा क्षति पुगेको छ।
आफ्ना माग राख्ना विश्वविद्यालय पुग्दा प्रहरी दमन गरिएकाले तोडफोडमा उत्रनुपरेको आन्दोलित शिक्षकमध्येका एकले जानकारी दिए। उपकुलपति खगेन्द्र भट्टराईले भने नियमानुसार शिक्षकहरुको सेवालाई निरन्तर गरिने बताए। उनका अनुसार पोखरा विश्वशविद्यालयको नियमानुसार नयाँ प्रक्रियाबाट शिक्षकलाई राख्नन अख्तियारले समेत भनेकाले त्यसो गर्नुपरेको हो। 'नियमबद्ध तरिकाले उहाँहरुको सेवा अविछिन्न हुन्छ,' भट्टराईले भने।