काठमाडौं- लामो यात्रा गर्नेको सुरक्षाका लागि सरकारले दुई चालक राख्ने ऐन लागू गराउन सकेको छैन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको प्रक्रिया लागु गराउन चाडबाडका बेला झन् असफल भएको देखिएको छ।
प्रत्येक वर्ष असोज र कात्तिकमा ऐन लागु गराउन पत्राचार, छलफल र निर्देशन दिने गरे पनि यो बेला पनि यातायात व्यवसायी लागु गराउन समस्या रहेको बताउँछन्। यात्रुको चाप र चाडबाडले सबैलाई गन्तव्यमा पुग्न हतार हुने भएका कारण पनि यो ऐन लागु गराउन आवश्यक भइसकेको बताउँछन्, ट्राफिक इन्जिनियर आशिष गजुरेल।
दसंै र तिहारमा उपत्यकाबाट बाहिरिने र भित्रने एवं अन्य सहरी क्षेत्रदेखि गन्तव्यमा पुग्ने यात्रुको एकैपट्टिबाट मात्र हुल हुने भएकाले यो लागु हुन समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। उनका अनुसार वैज्ञानिक रुपले चालकले आठ घन्टासम्म सवारी चलाउन सक्छन्।
'ऐनले ६ घन्टामा चालक फेर्नुपर्ने बताउँछ,' उनले भने, 'तर साधारण चालकले आठ घन्टा राम्ररी चलाउन सकिरहेको यथार्थ हामीसँग छ।' उनले आठ घन्टाभन्दा बढी यात्रा गर्नुपर्ने बेला दुइटा चालकको व्यवस्था गरिरहेको दाबी गरे। दसैंतिहार मनाउन जाने तथा मनाएर गन्तव्यमा फर्कनेहरु सार्वजनिक यातायातमा कतिको सुरक्षित होलान्? 'सवारी चालकले जिम्मेवारीसाथ दैनिक सवारी हाँकिरहेका छन्, हामी उनीहरुलाई वैज्ञानिक आधारमा सवारी चलाउन अनुरोध गरिरहेका छौं,' सिटौलाले भने।
ऐनले चालकले पालो फेर्नुपर्ने व्यवस्थाअनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुइटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घन्टापछि आलोपालो सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीको रहेको प्रष्ट पारेको छ।
भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि देशभरका सवारी कम्पनीलाई ऐन कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। 'दसैंतिहारमा सर्वासाधारण अत्यधिक रुपले यात्रा गरिरहेका हुन्छन्, सरकारले यसलाई पूर्णरुपमा लागु गर्न आग्रह गरिसकेको छ,' कार्यालयका सहसचिव लक्ष्मण अर्यालले नागरिकसँग भने, 'यसमाथि सरकारले जोखिम र अप्ठ्यारा सडक अनुगमन पनि सकिएको छ। काठमाडौंबाट बाहिरिने थानकोट–गजुरी सडकको काम पनि ९० प्रतिशत सकिएको छ।'
त्यसैगरी यातायात व्यवस्था विभागले पनि यसको कार्यान्वयनका लागि भदौ ६ गते निर्देशन दिइसकेको छ। विभागका महानिर्देशक काशीराज दाहालले अनिवार्य रुपमा ऐन कार्यान्वयनमा लागेको बताए। उनका अनुसार सवारी प्रस्थान गर्ने विन्दुबाट बस छुट्नुअघि यात्रुको नाम र सवारीले व्यवस्था गरेका दुइटा सवारी चालकको विवरण महानगरीय ट्राफिक प्रहरीलाई अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। काठमाडौंको हकमा थानकोटमा यात्रु संख्या र चालकको विवरण बुझाउने र पूर्वको हेटौंडा, पश्चिमको बुटबल, नेपालगन्ज लगायत छछ घन्टाको दुरीमा सो विवरण चेक गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले अनुगमन गर्ने व्यवस्था छ। 'यो योजना हामीले पहिलोपटक ल्याएका हौं,' उनले भने, 'एकपट्टिबाट जाँदा अर्कापट्टिबाट फर्कंदा सवारी खाली कुदाउनुपर्ने व्यवसायीको बाध्यता छ। तर यात्रुको ध्यान गरेर सुरक्षित बनाउन ऐनअनुसार हामी जानैपर्छ।'
लामो यात्रामा सवारी चालक तनाव, थकित र निद्रामा हुँदा पूर्णरुपमा सवारी चलाउन योग्य नहुँदा ऐनलाई ढाकछोपको प्रयास हुन नहुने ट्राफिक इन्जिनियर गजुरेलको भनाइ छ। 'बर्खामा सवारी चिप्लने अवस्था हुन्छ, चालकले सबै ठाउँमा सवारी सन्तुलनमा ल्याउन सक्दैनन्,' उनले भने, 'त्यसमाथि चाडबाडको रौनकले चालकमा मानसिक व्यस्तता थपिन्छ। ठुल्ठूला सवारी हुँदा पनि सवारी चलाउन समस्या पैदा हुन सक्छ।' सवारी व्यवस्थापकलाई नै सबै कुराको व्यवस्थापन गर्न भनिने हुँदा उनीहरुले लागु गरे/नगरेको पहिचान गर्न समस्या पैदा हुने उनले बताए।