विन्ध्यवासिनीमा गणतन्त्र आएन, भेटी जति पुजारीको खल्तीमा
०६ असोज २०७१
•
६ मिनेट पाठ
विन्ध्यवासिनीमा गणतन्त्र आएन, भेटी जति पुजारीको खल्तीमा
पोखरा— राजाको छोरा राजा हुने जमाना गइसक्यो। मुलुकमा गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको प्रसिद्ध मन्दिरमा भने यो परम्पराको अवशेष बाँकी छ र यहाँ सधैँ पुजारीको सन्तान पुजारी नै भइरहेका छन्। विन्ध्यवासिनी मन्दिरमा कुनै जमानामा आफ्ना पुर्खा पुजारी थिए भन्ने आधारमै एउटा परिवार त्यही कर्म गरिरहेको छ र भक्तजनले चढाएको भेटी जति आफ्नो निजी सम्पत्ति बनाइरहेको छ।




विन्ध्यवासिनी मन्दिरमा भक्तजनले चढाएको भेटी महिनामा ५ लाख रुपैयाँ जति संकलन हुने अनुमान छ। 'मन्दिरबाहिर हामीले राखेको दानपात्रमा त एक लाख जति उठ्छ भने माताकै चरणमा भेटी चढाउने त त्योभन्दा धेरै गुणा बढी हुन्छन् नै,' विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले सोमबार नागरिकन्युजसँग भने। दानको पैसाबाटै समितिले मन्दिरको रेखदेख गर्ने, बिजुली—पानीको पैसा तिर्ने र आवश्यक बेला मर्मत सम्भार लगायत काम गर्छ ।

मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । त्यसबाहेक श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडेल पुजारी छन् । रुद्र र अरु भाइभाइका छोराहरु हुन् । आफ्ना बाजे पुजारी भएकै आधारमा मन्दिरमा पूजा गर्ने पालो उनीहरुले अंशवण्डा गरेका छन् । एक भाइका छोरा रुद्र एउटैमात्र भएकाले उनको पालो वर्षमा ६ महिना आउँछ भने अरुहरुको ६ महिना पर्छ । पहिलाको जमानामा राजाका छोरा राजा हुन देश भागवण्डा गरेजस्तो गणतन्त्रको युगमा पनि उनीहरु पुजारीकै सन्तान भएकाले मात्रै पुजारी बनेका छैनन्, मन्दिरको आम्दानी पनि भागवण्डा गरिरहेका छन् ।

कास्कीका तत्कालीन राजा सिद्धिनरंिसह शाहले लालमोहर लगाएर दिएकै भन्ने आधारमा पौडेल दाजुभाइहरुले विन्ध्यवासिनी मन्दिरमा पुजारी बनेर त्यहाँको भेटी लिने गरेका हुन् । ऊ जमानामा एउटा राजाले एकजनालाई दिएको त्यतिखेरको नियुक्ति उसका सन्तानमा सर्दैसर्दै आउँछ कि आउँदैन ? मन्दिर समितिका सचिव श्रेष्ठ भन्छन्, 'देशभरकै मन्दिरमा यो समस्या छ, एकमुष्ठ समाधान गर्ने गरी कानुन लाउनु आवश्यक छ ।' उनका अनुसार कानुन ल्याउन हरेकपटक आउने संस्कृति मन्त्रीहरुले आश्वासन दिए पनि काम हुन सकेको छैन ।

मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल सरकारले गर्ने कुनै पनि निर्णय स्वीकार्य हुने बताउँछन् । 'देउताको विकास हुन्छ भने हामी यहाँको केही टिपेर लैजाने पक्षमा छैनौं,' उनले सोमबार नागरिकसँग भने, 'तर अरुले भनेजस्तो यहाँ आम्दानी हुँदैन ।' उनले पुस्तौनीदेखि पूजाआजा गरेरै जीवन निर्वाह गरेकाले आफूहरुलाई गरिखाने सामान्य व्यवस्था गरिदिए स्वीकार्य हुने बताए । समिति पनि ती पुजारीहरुलाई हटाउने नै भन्ने भन्दा पनि तलबमा राख्ने पक्षमा छ । भेटी पुजारीको सट्टा सामाजिक काममा प्रयोग गर्ने समितिको योजना छ । निकट भविष्यमा एम्बुलेन्स चलाउने योजना बनाएको समितिले त्यसका लागि कोरियाली मोटर कम्पनी हुन्डाई र ओम फाइनान्सको सहयोग लिएको छ ।

विन्ध्यवासिनी परिसरमै शिव मन्दिर पनि छ । त्यसको आम्दानी भने समितिले नै लिन्छ र सामाजिक तथा धार्मिक कार्यमा खर्चन्छ । '२५ जना बटुकलाई खानेबस्ने पढ्ने सुविधा छौं,' श्रेष्ठले भने, '७-८ जना कर्मचारी पनि पालेर बेलाबखत आउने सन्तमहन्त पाहुनालाई पनि खानेबस्ने व्यवस्था गर्छाै ।'

तर समितिलाई रुद्रनाथ पौडेलले छ महिनाको दुई हजारका दरले वार्षिक १२ हजार बुझाउँछन् । अन्य पाँच जनाले पालोअनुसार मासिक मासिक १५ सयका दरले नौ हजार दिन्छन् । दैनिक कम्तीमा एक हजार र बढीमा चार÷पाँच हजारसम्म मन्दिरमा भक्तजन आउँछन् ।

मुलुककै प्रमुख मन्दिर पशुपतिनाथका लागि भने सरकारले एउटा ऐन नै बनाएर त्यसअनुसार सञ्चालक समिति र पदाधिकारी नियुक्त गर्दै आएको छ । तर अरु मन्दिरको हकमा भने कानुन अभाव छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस