काठमाडौं- आमा बित्दा उनले भर्खर ६ महिना टेकेका थिए। बाबुले नै आमासमेतको माया दिएर उनलाई हुर्काए। तर, उनी ४ वर्षको हुँदा बाबुको पनि मृत्यु भयो। त्यसपछि काठमाडौंको सडकमै भौंतारिन थाले, वासु राई।
उनले भिख मागे। प्लास्टिक बटुले। होटलमा भाँडा माझे। कहिलेकाहीँ अर्काको घरमा काम पनि गरे। सिविन नेपाल नामक गैरसरकारी संस्थाको सहारामा पुगेपछि भने उनको दैनिकी फेरियो। भारतको ‘बचपन बचाओ आन्दोलन' का संस्थापक कल्यास सत्यासीलाई भेटेपछि उनले उच्चशिक्षासम्म पढ्ने मौका पनि पाए।
सारा बाल्यकाल काठमाडौंका गल्लीमा भौंतारिएर बिताएका २५ वर्षीय वासुले सोमबार राजधानीमा आफ्नो संस्मरणात्मक कृति सार्वजनिक गरेका छन्, ‘वासु राई– फ्रम द स्ट्रिट अफ काठमाडौं'।
पुस्तकमा सडक बालक हुँदादेखि अहिलेसम्मको जीवनयात्रा खोलेका उनी भन्छन्, ‘सडक संस्कृतिमा हुर्किंदा भोगेको डर, त्रास, जोखिम र मनका पीडालाई पुस्तकमा प्रस्तुत गरेको छु।' करिब पाँच महिनाअघि भारतको नयाँ दिल्लीमा सामाजिक अभियन्ता किरण वेदीले यो पुस्तक प्रथम पटक सार्वजनिक गरेकी थिइन्।
‘पहिलो दिन सडकमा पुग्दा अरू ग्याङले गाली गरे। पिटे। म उनीहरूसँगै लड्दै भिड्दै हुर्किएँ। एक जना साथीको पहलमा केही सर्तसहित मेरो सडक दैनिकी सुरु भयो,' स्नातक तहको पढाइ सकेर बालबालिकाको सुरक्षामै काम गरिरहेका वासुले भने।
उनी आफ्नी आमा बंगलादेशी र बाबु भारतीय नागरिक भएको बताउँछन्। आफू भने काठमाडौंमै जन्मिएको उनको भनाइ छ। काठमाडौंका गल्लीमा हुर्किएर बालअधिकार अभियानमा सक्रिय रहँदै विश्वका २० देश भ्रमण गर्नु आफ्नो निम्ति महŒवपूर्ण उपलब्धि भएको उनी बताउँछन्।
‘आमा नभएपछि बुवा नै मेरो निम्ति सबथोक हुनुहुन्थ्यो, उहाँ मलाई कहानी सुनाउनुहुन्थ्यो,' उनले भने।
उनीजस्तै सडकमा संघर्ष गरेर हुर्केका ३१ वर्षे विष्णु पौडेलले पनि सोमबारै एउटा गीति भिडियो सार्वजनिक गरेका छन्। जन्मेको नौ वर्षदेखि सडकमा हुर्केका उनलाई सन् १९९७ मा सिविन नेपालले नै उद्धार गरेको थियो।
कलंकीबाट लगनखेल जाने विक्रम टेम्पोमा खलासी बन्ने कामदेखि सडकमा प्लास्टिक बटुल्ने, सडकमै खाने र सुत्ने गरी जीवन बिताएका उनी पनि अहिले पुराना दुःख बिर्सेर आफ्ना इच्छा र चाहना पूरा गर्दै छन्।
‘मलाई गीत निकै मन पर्थ्यो, सबैको सहयोग पाएर यस्तो गीति भिडियो निकालेँ,' उनले भने। उनी आफूले पाएजस्तो दुःख अरूले नपाओस भनेर सिविनमै काम सम्हालिरहेका छन्।
‘दुई वर्षको हुँदा आमाले अर्को विवाह गर्नुभो, बुबा म छ महिनाको हुँदा बित्नुभो, म सहाराविहीन बनेँ,' उनले भने, ‘मामाघर बस्न थालेँ तर बस्न इच्छा भएन। अनि पर्साको नौलो मान्छेलाई काम गर्न चाहन्छु भनेँ, त्यसपछि उनले गाउँतिर लगेर गाई चराउने काम दिलाए।'
बासु र विष्णु दुवै जना सिविन नेपालमा सन् १९९८ मा भेट भएका थिए। बालश्रमविरुद्धको विश्वयात्रामा २० देश यात्रा गरेर उनीहरु फर्किएका थिए। ‘यात्रा भर र पछि हामी दुवैजना सँगै सुत्यो, हिँड्यौं र कुराहरु आदानप्रदान गर्यौं,' विष्णुले अनुभव सुनाए, ‘हामी दुवैले सिविनको साथ पाएर आज फेरि भेटिन पाउँदा निकै खुसी भयौं।'
सोमबारको कार्यक्रममा उपस्थित सिविन नेपालका संस्थापक गौरी प्रधानले दुवैलाई अनसाइनिक डायमन्डका रूपमा चित्रण गरे। ‘मेरो २५ वर्षे करिअरमा १० हजारभन्दा बढी बालबालिकासँग अनुभव सुन्ने मौका पाएको छु,' उनले भने, ‘सबैले बासु र विष्णुले जस्तै प्रगति गर्दै जाऊन्।'