पक्राउ परिने डरले सैनिक सहचरी फेरियो
०७ असोज २०७१
•
७ मिनेट पाठ
पक्राउ परिने डरले सैनिक सहचरी फेरियो
काठमाडौं-नेपाली सेनाले ‘मानवअधिकार हनन' आरोप लागेका महासेनानी (कर्णेल) सागरबहादुर केसीलाई सैनिक सहचरी बनाउन बेलायतबाट आएको ‘एग्रिमो' रद्द गर्दै अर्को नाम सिफारिस गरेको छ।बेलायतको लन्डनस्थित नेपाली दूतावासमा सैनिक सहचरीका रूपमा पठाउन सेनाले सागरको सट्टा अर्का महासेनानी प्रदीपजंग केसीको नाम सिफारिस गरेको हो।
करिब दुई वर्षअघि लन्डन प्रहरीले सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिई बिदामा बेलायत पुगेका सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरी ‘गम्भीर मानवअधिकार हनन' को मुद्दा चलाएको थियो। सागरलाई पनि यसैगरी पक्राउ गरी मुद्दा चलाइने आँकलन गर्दै सेनाले अन्तिममा एग्रिमो आइसकेपछि पनि उनलाई सहचरी नबनाउने निर्णय लिएको हो।
‘२०६२/६३ को जनआन्दोलनपछि गठित रायमाझी आयोगले बोलाएर महासेनानी सागरलाई बयान लिएकाले उहाँको ठाउँमा अर्को नाम पठाएका हौं,' नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले मंगलबार नागरिकसँग भने, ‘पछि गम्भीर घटना हुन नदिन अहिले नै रोकिएको हो।' 
जनआन्दोलन दमन छानबिन गर्न सरकारले कृष्णजंग रायमाझीको संयोजकत्वमा आयोग गठन गरेको थियो। २०६२/६३ को जनआन्दोलन दबाउन तत्कालीन राजा ज्ञानेन्द्रले सेना खटाएका थिए। आन्दोलन दबाउने नाममा आन्दोलनकारीको मानवअधिकार हनन गरेको भन्दै रायमाझी आयोगले सागरसँग बयान लिएको थियो। 
आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उनको नाम कारबाहीका लागि सिफारिस भएकाले अन्तिम घडीमा बेलायतका लागि नेपाली सैनिक सहचरीबाट हटाइएको परराष्ट्र स्रोतले जनायो।
बेलायतस्थित नेपाली दूतावासमा हाल सैनिक सहचरीका रूपमा विश्वनाथ घिमिरे छन्। महासेनानीलाई सैनिक सहचरीमा पठाउने प्रावधान छ। 
महासेनानीबाट सहायक रथीमा बढुवा भइसकेका घिमिरेको कार्यकाल करिब दुई महिनाअघि नै सकिएको थियो। उनी अहिलेसम्म फर्केका छैनन्। घिमिरेको कार्यकाल सकिनुअघि नै सेनाले सागरलाई बेलायतका लागि सैनिक सहचरीमा सिफारिस गरेको थियो जसलाई मन्त्रिपरिषदले पनि अनुमोदन गरिसकेको थियो। 
मन्त्रिपरिषदले अनुमोदन गरेपछि सागरको एग्रिमो परराष्ट्रमार्फत बेलायत पठाइएको थियो। बेलायत सरकारले सागरका नाममा पठाइएको एग्रिमो स्वीकृत गरेपछि लन्डनस्थित नेपाली दूतावासले गत जुलाई अन्तिम साता उनको एग्रिमो नेपाल पठाएको थियो। परराष्ट्र स्रोतअनुसार एग्रिमो आएपछि लन्डन जान सागरले भारतको नयाँदिल्लीस्थित बेलायती दूतावासमा भिसाका लागि आवेदनसमेत दिएका थिए। 
‘त्यसपछि अचानक सागरको नाम रद्द गरिएको भन्दै सेनाले उनको ठाउँमा अर्का महासेनानी प्रदीपजंग केसीको नाम सिफारिस गरिएको भनेर पत्र पठायो। बुझ्दा सागरमाथि मानवअधिकार हनन गरेको आरोपमा उजुरी परेको छ भन्ने आयो। प्रदीपको एग्रिमो बेलायत पठाइसकिएको छ, तर स्वीकृत भएर आइसकेको छैन,' स्रोतले भन्यो, ‘एउटाको नाममा एग्रिमो आइसकेपछि रद्द गरेर अर्को नाम सिफारिस गर्दा राम्रो भएन। सेनाले आफ्ना सैनिकको रेकर्ड हेरेर मात्र नाम पठाउनुपर्थ्यो। सेनाको उच्च तह होसियार नहुँदा एक सैनिक (सागर) पीडित हुनुपर्योग।' 
२०६९ पुस १९ गते बिदा मनाउन लन्डन पुगेका महासेनानी कुमार लामालाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि द्वन्द्वकालमा गम्भीर मानवअधिकार हनन गरेको आरोप छ। २०६२ मा कपिलवस्तुस्थित गोरुसिंगे ब्यारेकको हिरासतभित्र दुई युवालाई चरम यातना दिएको र दुर्व्यवहार गरेको आरोप लगाउँदै लन्डन प्रहरीले लामामाथि अदालतमा चलाइएको मुद्दा फैसला हुन बाँकी छ।
अदालतले लामालाई सुरुमा धरौटीमा समेत छाड्न नमानेको थिएन। पछि १० हजार पाउन्ड धरौटी लिएर मुक्त गरेको थियो। राहदानी जफत गरी उनलाई बेलायतमै नजरबन्दमा राखिएको छ।
नेपालको एड्भोकेसी फोरम तथा बेलायती कानुन व्यवसायी निकम्यान एन्ड रोजले पीडिततर्फबाट बेलायती अदालतमा लामाविरुद्ध मुद्दा दायर गरेका थिए।
बेलायतको सन् १९८८ को फौजदारी न्याय ऐनले गम्भीर किसिमका मानवअधिकार हनन घटनामा आरोपी विदेशी नागरिक पक्राउ गर्ने, अनुसन्धान गर्ने र कारबाही अघि बढाउने जिम्मेवारी स्कटल्यान्ड यार्डलाई दिएको छ। यस्ता अनुसन्धान मेट्रो पुलिस तथा क्राउन प्रोसिक्युटर सर्भिसको कडा निर्देशन सिद्धान्तअनुसार हुने गरेका छन्। 
‘सागरको नाम पठाउँदा गल्ती भएको हो। उनलाई सहचरी बनाएर पठाएको भए कुनै न कुनै एनजिओ तथा आइएनजिओले उजुरी दिन्थे र उनको अवस्था पनि महासेनानी लामाको जस्तै हुने थियो। यही घटना नदोहोरियोस् भनेर अन्तिम अवस्थामा भए पनि सागरलाई रोक्दै अर्का महासेनानीलाई सैनिक सहचरीका रूपमा बेलायत पठाउन लागेका हौं,' सैनिक स्रोतले भन्यो।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस