काठमाडौं-दुर्लभ वन्यजन्तु सालक कारोबारको अभियोग पुष्टिसँगै १५ वर्ष कैदसजाय पाएका चिनियाँ नागरिक जु याङ वा मिलेमतोमा भगाइएको देखिएको छ।दाँत उपचारका लागि पाटन अस्पताल लगिएका जु सोमबार अस्पतालबाट भागेका थिए। जुलाई लगाएको हत्कडी अस्पताल पुग्नुअगाडि नै खोलिदिएर सुरक्षामा नखटिएको सुरक्षाकर्मीलाई जिम्मा लगाएको अवस्थामा उनी सहजै अस्पतालबाट भागेका थिए भने सुरक्षामा नखटिएका नख्खुका एक प्रहरी जवान र मुख्य नाइके सो समय कारागारमा पुगेको खुलेको छ।
प्रारम्भिक अनुसन्धानमा जुलाई अस्पताल लैजाने कारागारका सुरक्षाकर्मीले चरम लापरबाही गरेको देखिएपछि महानगरीय प्रहरी आयुक्त कार्यालयका एसएसपी हेमन्त पालको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाएको छ।
मंगलबार गठित समितिमा पालसँगै महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी ओम अधिकारी, महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी पवन गिरी र केन्द्रीय कारागारका प्रहरी निरीक्षक नगेन्द्र देउजा सदस्य छन्।
‘ट्याक्सीमा राखेर अस्पताल लैजानु र कैदीको हत्कडी खोल्नु गम्भीर सुरक्षा त्रुटि हो,' अनुसन्धानको संयोजन गरेका एसएसपी पालले नागरिकसँग भने, ‘चिनियाँ कैदी भाग्नुमा सुरक्षा त्रुटि देखियो, अन्य पाटोबारे अनुसन्धान भइरहेको छ।'
सालक कारोबारको अभियोगमा जुलाई जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले १५ वर्ष कैद र १ लाख जरिवाना सुनाएपछि कैद काट्न उनलाई २०७० माघ १५ गते ललितपुरको नख्खु कारागार ल्याइएको थियो।
दाँतका रोगी जुलाई सोमबार बिहान ८ बजे कारागारका सुरक्षाकर्मी हवल्दार बोध कुँवर र प्रहरी जवान शिव गिरीले पाटन अस्पतालको डेन्टल विभाग लगेका थिए। उनीहरुलाई सई उमाशंकर सिंहले खटाएका थिए।
प्रहरीले सोमबार जु शौचालय जाने क्रममा भागेको दाबी गरे पनि मंगलबारको प्रारम्भिक अनुसन्धानमा शौचालयमा लगेर ल्याएर राखेको अवस्थामा सहजै भागेको देखिएको छ। एक अनुसन्धान अधिकारीका अनुसार अन्य सवारीसाधनमा कैदीलाई अस्पताल लैजाँदा कैदी भाग्ने क्रम बढेपछि कारागारकै गाडी प्रयोग गर्न निर्देशन दिए पनि सोमबार कारागार सुरक्षाकर्मीले जुलाई ट्याक्सीमा अस्पताल लगेका थिए।
स्रोतका अनुसार ट्याक्सीमा चढेलगत्तै कुँवर र गिरीले उनको हातमा लगाएको हत्कडी खोलिदिएका थिए। अस्पतालबाहिर ट्याक्सी रोकेर जुलाई प्रहरीले अस्पताल परिसरमा लैजाँदासमेत उनको हातमा हत्कडी थिएन।
कुँवरले जुलाई हत्कडीविहीन रुपमा आफूसँगै राखेर प्रहरी जवान गिरीलाई दाँतको टिकट काट्न पठाएका थिए। त्यो बीचमा जुले आफूलाई पिसाब लागेको भनेपछि उनले शौचालय लगेर ल्याएका थिए। कारागारका नाइकेलाई लिएर किनमेल गर्न नख्खु कारागारबाट बाहिरिएका अर्का प्रहरी जवान रमेश चाईं भाइनाइकेसँगै पाटन अस्पताल पुगेको अनुसन्धानमा खुलेको छ।
दाँत उपचारका लागि २ हजार २ समय मागिएपछि प्रहरी हवल्दार कुँवरले जुलाई प्रहरी जवान चाईंको जिम्मामा छाडेर विभागको टिकट काटिने ठाउँ गएका थिए। उनी फर्केर आउँदा जु त्यहाँ थिएनन्।
अनुसन्धानमा खटिएको समूहले ट्याक्सीमा राखेलगत्तै जुको हत्कडी खोलिनु र सुरक्षामा नखटिएका प्रहरी जवानलाई जुको जिम्मा लगाउने प्रहरी हवल्दार कुँवरको गतिविधिलाई शंकाको घेरामा राखेको छ।
किनमिलेका लागि भन्दै कारागारबाट बाहिरिएका जेलका अस्पताल नाइके अनुपसागर लामा र प्रहरी जवान चाईं एक्कासि अस्पताल परिसर पुग्नु र चाईंले जुको सुरक्षा जिम्मेवारी लिएका बेला उनी फरार हुनुलाई समेत अनुसन्धानका अधिकारीहरुले गम्भीर रुपमा लिएका छन्। फरार रहेका थुनुवा डी ब्लकका हुन् भने लामा सी ब्लकका अस्पताल नाइके हुन्।
नख्खु कारागारका जेलर चक्रपाणि गौतमले थुनुवालाई अस्पताल लिएर जाने २ जना सुरक्षाकर्मीको म्याद लिएर अनुसन्धान प्रारम्भ गरेको जानकारी दिए। घटनासँग जोडिएका अन्यलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले बताए।
‘प्रारम्भिक अनुसन्धानमा थुनुवा लिएर जाने २ जनाबाट अनुसन्धान सुरु गर्दैछौं,' उनले भने, ‘उनीहरुबाट खुलेको आधारमा अन्य व्यक्ति खुले उनीहरुलाई पनि अनुसन्धान दायरामा ल्याउँछौं।'