टिकाको साइत बिहान १०:१५
०७ असोज २०७१
•
६ मिनेट पाठ
टिकाको साइत बिहान १०:१५
काठमाडौं-घटस्थापनको नौ दिनमै पर्ने यसपालिको बडादसंैमा टिका थाप्न बिहान १०:१५ मिनेटलाई शुभसाइत निकालिएको छ। शुभसाइतको समयबाहेक दिनभर नै टिका लगाउन उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले मंगलबार जनाएको छ।नवमी र दशमी एकै दिन परेपछि बिहान ९:५५ मिनेटमा नवरात्रिको पूजा समापन गर्नुपर्ने देखिएको समितिका सदस्यसचिव जोतिष पंडित सूर्य ढुंगेलले बताए। उनका अनुसार नवरात्रिको पहिलो दिन बिहीबारै जमरा राख्ने साइत बिहीबार बिहान १०:४५ निस्केको छ।
‘धेरै मानिसलाई आठ दिनको जमरा लगाउन मिल्दैन भन्ने भ्रम छ। जुन निकै गलत हो। एकै दिन दुई वटा तिथि परेपछि त्यो रातलाई पनि दुई रातकै रुपमा लिइन्छ,' उनले भने, ‘सर्वसाधारणले दिनलाई गन्दा यस्तो आएको हो तर ९ वटा तिथिको रात आठ दिनमा पूरा हुन्छ। यसमा कुनै चिन्ता लिनुपर्दैन।'
साउन १० गते बुधबार देशभरको सरकारी कार्यालयमा फराइएका नेपाली झन्डा पश्चिम फर्किएर बिहान ११:५५ मिनेटमा फेरिने समय पनि निकालिएको उनले बताए। वर्षको एक दिन सरकारी कार्यालयमा टाँगिएका पुराना झन्डालाई फेर्ने काम गरिने उनले बताए। साथै, असोज १५ गते सबैले फूलपाती भित्र्याउने साइत हेरिएको समितिले जनाएको छ। सोही दिन काठमाडौं र भक्तपुरमा तुलेजा भवानीको रथयात्राको कार्यक्रम पनि रहेको उनले जानकारी दिए। बिहान बिहान ७ः२५ मिनेटमा रथयात्रा सुरु गरेर बिहान ८:४३ मा भवानीलाई मन्दिरमा फिर्ता लाने प्रचलन रहेको उनले जानकारी दिए।

१६ गते महाअष्टमी र यसै दिन कालरात्रि पनि रहेको छ। १७ गते महानवमी र विजयादशमी रहेकाले नवमीमा गरिने पाठपूजा सम्पन्न गरेर दशमीको काम सुरु हुने उनले बताए। ‘महानवमीको दिन बिहान ९:५५ मा देवी विसर्जन गरेर विजयदशमी प्रारम्भ हुने गर्छ,' उनले भने।
‘सामान्यतया ९ दिन देवीको पूजा गरेर आफ्ना मान्यजनको हातबाट आशिर्वचन साथ देवीको प्रसादका रुपमा टिका र जमरा लगाउने चलन छ,' उनले भने, ‘देवीको प्रसाद लगाउन खासै साइतको आवश्यकता नपर्ने भए पनि शुभसाइत हेरेर टिका लगाउनेहरुका लागि १०:१५ को समय उपयुक्त छ।'
उनका अनुसार देशभरका शक्तिपीठमा नवरात्रिको समयमा पूजा गरिने परम्परा छ। पहिलो दिन शैलापुजी हुँदै ब्रह्माचारिणी, चन्द्रघण्टी, पुस्पाण्डा, स्कन्दमाता, कात्यानी, कालरात्रि, महागौरी र नवौं दिन नवौं सिद्धिजात्री नामका दुर्गाको पूजा हुने परम्परा रहेको उनले जानकारी दिए। ‘दसैं भनेको शक्तिको उपासना हो,' उनले भने, ‘सबै देवी महाकाली, महालक्ष्मी र महासरस्वतीका प्रतीक हुन्।'
वर्षको एक दिन दसैंको नवमीमा मात्र सर्वसाधारणका लागि हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु मन्दिर खोलिने परम्परा हुन्छ। मन्दिरका पुजारी उद्धव कर्मचार्यले सर्वसाधारणले अहिले पनि पुरानो जस्तै दर्शन गर्न पाउने बताए। ‘अत्यधिक भीडसहित सर्वासाधरण पूजामा संलग्न हुन्छन्,' उनले थपे।
हनुमानढोका दरबार क्षेत्रभित्र रहेको दसैंघरमा पनि जमरा र फूलपाती भित्र्याउने तयारी सम्पन्न भएको राष्ट्रिय पर्व पूजा शाखा नायव सुब्बा मिठाराम पुडासैनीले जानकारी दिए। ‘राष्ट्रप्रमुखदेखि सर्वसाधारणलाई प्रसादका रुपमा जमरा वितरण गरिने हुँदा यहाँ परम्परादेखि जमरा छर्ने परम्परा छ,' उनले भने, ‘साथै फूलपाती गोरखाबाट ल्याउनका लागि पनि तयारी भइसकेको छ।' 
उनका अनुसार हनुमानढोकाबाट दुई मगर, एक नेवार, एक बाहुन, एक बस्नेत र सर्मजंग कम्पनी भोटाहिटीबाट दुई जना सिपाही गोरखाको फूलपाती लिन १४ गते जाने तयारीमा छन्। ‘एक बोको र एक थुम्बोसहित आठ जनाको टोली धादिङको छत्रेदेउराली पुगेर पहिलो रात बिताएपछि भोलिपल्ट नुहाइधुवाइ गरेर बेलको रुखलाई बलि दिने र पूजा गरेपछि गोरखाबाट त्यहाँ ल्याइएको फूलपाती काठमाडौं ल्याउने परम्परा छ,' उनले भने।
छत्रेदेउरालीमा गोरखा दरबारबाट परम्परागत रुपमै फूलपाती पुगेपछि काठमाडौंबाट गएको टोलीले ल्याउने परम्परा रहिआएको उनले जानकारी दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस