पर्वत-आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा यहाँका एक युवा पक्राउ परेका छन्। भंगरा–८ का रामप्रसाद सुवेदी घटनाको ११ वर्षपछि पक्राउ परेका हुन्। घटनापछि उनलाई प्रहरीले पक्राउ गरेको भएपनि मानसिक असन्तुलन भएपछि उपचारका लागि काठमाडौं लगिएको र त्यहीबाट उनी फरार भएका थिए।लामो समय विदेश बसेर हालै मात्र सुवेदी घर फर्केका थिए। वैदेशिक रोजगारीका लागि अहिले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य भएपछि उनी जिल्ला प्रशासन कार्यालयमा सिफारिस लिन आएका थिए। सोही क्रममा उनलाई भदौ २७ गते पक्राउ गरेको र मंगलबार मुद्दा दर्ता गराएपछि मात्र सार्वजनिक गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए।
‘कर्मचारीबाट फरार अभियुक्त भएको सुचना पाएपछि पक्राउ गर्न निर्देशन दिएको हुँ' डिएसपी श्रेष्ठले भने, ‘अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको छ।’ उनका अनुसार घटना २०६० माघ १८ गते भएको हो। घटना भएको लामो समयपछि आफु पक्राउ नपर्ने अनुमानले उनी राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको प्रहरीले जनाएको छ।