इलाम— उच्चशिक्षा अध्ययननिम्ति राजधानी बस्ने इलाम नगरपालिका–३, गोलबस्तीकी मनिषा बस्नेत असोज ३ गते नै घर फर्किसकेकी छन् । बागबजारस्थित पद्मकन्या कलेजमा बिबिएस पहिलो बर्ष अध्ययनरत उनी दसैं–तिहार मनाउन परिवारजनस"ग भेलिएकी हुन् । सत्यको असत्यमाथि विजयको रुपमा मनाइने दसैं मनिषाको सबैभन्दा मनपर्ने चाड हो ।
'बर्षमा एकपल्ट आउने चाडपर्व परिवारस"ग मनाउनुको मज्जै अर्को हुन्छ' कार्तिक १० सम्म घर बस्ने योजनामा रहेकी बस्नेतले मुहार उज्यालो पार्दै भनिन्, 'फर्केपछि फेरि कहिले आइन्छ टुंगो हु"दैन, बसुञ्जेल रमाइलो गरिन्छ ।' बर्षभरीका दौडधूप, काम र थकान बिर्सेर दसैंमा मीठा–मीठा परिकार खा"दै रमाइलोपूर्वक मनाउन उनी आतुर देखिन्छिन् ।
राजधानीकै भैंसेपाटीस्थित एउटा निजी संस्थामा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत सा"खेजुङ–७ कि लक्ष्मी खनाल फूलपातीका दिन घर आइपुग्दैछिन् । विजयादशमीमा अभिभावकको हातबाट रातो अक्षता र पहेंलो जमरा लगाउन हतारिइरहेकी खनाल दसैंलाई पारिवारिक एकता झल्काउने पर्वका रुपमा लि"दै सातासम्म परिवारस"गै रम्ने मुडमा छिन् ।
'कामका सिलसिलामा धेरैजसो बाहिरै बसे पनि हरेक दसैंमा घर आइपुग्छु' देवीले महिषासुरलाई बध गरेको पर्व दसैंबारे बच्चैदेखि उल्लासपूर्वक मनाइरहेकी लक्ष्मी भन्छिन्, 'दशमीका दिन बुवाआमाका हातबाट आर्शिवचनसहित रातो अक्षताले निधार ढाक्दा अर्कैखाले खुसी छाउ"छ ।' दसैंले सबैमा समुदाय र धर्मावलम्वीमा खुसी ल्याउने उनी सुनाउ"छिन् ।
दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने दसैंमा मनिषा र लक्ष्मीजस्तै कर्मथलोबाट जन्मथलो फर्किने नरनारीको संख्या उच्च छ । अध्ययन, नोकरी, व्यापार र अन्य कारणले बाहिर रहेका महिला पुरुषहरु सकेसम्म छिटो घर फर्किन आतुर छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइने दसैंमा सयौं मानिस घर फिर्नेक्रममा छन् ।
'अचेल अध्ययन र नोकरीलाई राजधानी बस्ने इलामेली धेरै छन्, उनीहरु असोज सुरुबाटै फर्किनेक्रम सुरु भएको छ' रात्री बस व्यवसायी अनिल थापा भन्छन्, 'राजधानीबाट दैनिकरुपमा दर्जनौं मानिस घर फर्किरहेका छन् ।' थापाका अनुसार, इलामबाट राजधानी जाने रात्री बस खाली हुन्छन् भने उताबाट आउने बस दसैं–यात्रुले दिनहु" खचाखच छन् ।
दसैंमा विजयको प्रतीक रातो टिका र संवृद्धिको प्रतीक पहेंलो जमरा मान्यजनकै हातबाट पहिरिन राजधानीबाट हूलका हूल मानिस घर फर्किनेक्रम जारी रहेको कोटेश्वरस्थित इलामेली ट्राभल्स एण्ड टुर्स कम्पनीका प्रोपाइटर शेखर अधिकारी बताउ"छन् । उनका अनुसार, असोज ५ देखि १५ गतेसम्मलाई कम्पनीका पा"च बसका सबै सिट 'प्याक' छन् ।
'भदौ २५ देखि टिकट बुकिङ गर्नेको भीडले १५ गतेसम्म राजधानी–इलाम चल्ने सबै बसका सिट प्याक छन्' अधिकारीले फोनमा भने, 'जनही १६ सय रुपैया" तिरेर घर फर्किन चाहने तर टिकट नपाएर थकथकाउने पनि उत्तिकै छन् ।' ३५ जना अट्ने डिलक्स बसमा दसैं मनाउन घर फर्किनेको भीडले यातायात व्यवसायी भ्याइनभ्याई भएको उनले बताए ।
'इलाम जाने बस यात्रुले सधैं भरिभराउ छन्, फर्किनेमा चाहिं स्टाफमात्रै यात्रा गर्न बाध्य छन्' अधिकारीले नागरिकसित भने, 'दुईतर्फी यात्रु पाउन दसैंपछि मात्रै सम्भव हुन्छ । टिकट बुकिङ आधारमा, असोज ५ देखि १५ गतेवीचमै आफ्नो कम्पनीका पा"च बसबाट सात सयजना मानिस राजधानीबाट इलाम फर्किने पक्कापक्की भएको उनले सुनाए ।
दसैंलाई राजधानीबाट झापासम्म दिवा बस तथा हवाइजहाजमा यात्रा गर्नेको संख्या पनि कम छैन । पारिवारिक वातावरणमा दसैं मनाउन घर फर्किएकामध्ये विद्यार्थीहरु तिहारपछि मात्रै राजधानी फर्किने योजनामा छन् । कर्मचारी र व्यवसायी भने टिका लगाएपछि फर्किने योजनामा छन् । दसैं लक्षित गरी जिल्लाको शान्ति सुरक्षा प्रहरीले बलियो पार्दैछ ।
छुट्टी र फुर्सद भएका कतिपय तन्नेरी घर फर्केकै मौकामा टिका लगाएपछि घुम्ने योजनामा पनि छन् । 'बल्ल–बल्ल आइन्छ, टिका लगाउनसाथ साथीभाइस"ग घुम्न निस्किने हो' अनुकूल मौसमको प्रतीक्षामा रहेका तिल्केनीका सुवास राईले भने, 'स्कुल कलेज छुट्टी हु"दा पढाईको ह्याङओभर बिर्सेर दसैंका बेला घुम्नुको आनन्दै अर्को र नबिर्सिनेखालको हुन्छ ।'