कञ्चनपुर-गड्डाचौकी सीमा नाका छलेर अवैध बाटो भएर चरेस लैजाँदै गरेका रोल्पा इरिबाङ्गकी यकली पुनमगर र धनकुमारी पुनमगरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ।महाकाली नदीको शारदा ब्यारेज नजिक एसएसबीले बिहीबार १५ किलो ९८० ग्राम चरेससहित दुई नेपाली महिलालाई पक्राउ गरेको हो।
गड्डाचौकी नजिक जिमुवाको बाटो हुँदै भारत गइरहेका बेला दुवै जनालाई एसएसबीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले गड्डाचौकी नाका छलेर अवैध बाटोबाट भारततर्फ चरेस लैजाने क्रममा ती दुवै पक्राउ परेको बताए। रासस