पोखरा—कुनै चाडपर्व र मौका विशेष भए पनि र नभए पनि पोखराका तन्नेरी पार्टीमा रमाइहाल्छन् भन्ने एउटा इमेजले यो सहरको रंगरसिलो पाटो देखाउँदै आएको थियो । बिहीबारको साँझले फरक तस्बिर बाहिर ल्यायो—यहाँका युवा नाच्छन्, गाउँछन्, रमाउँछन् र पढ्छन् पनि। एउटा हातमा किताब अर्काेमा बियर अनि डान्सको दृश्य साहित्यलाई हेर्न पुरानो चश्माबाट अपत्यारिलो नै देखिन्थ्यो।
सयभन्दा बढी युवाले बिहीबार साँझ उपन्यास 'साया' का लेखक सुबिन भट्टराईलाई प्रत्यक्ष सुने । त्यसपछि किताबमा अटोग्राफ लिए अनि बियर पिउँदै हातमा किताब लिएर लेखकसँगसँगै नाचे । 'युवाले मस्तीमात्रै गर्दैनन्, पढ्छन् पनि र पढ्दैननमात्रै मस्ती पनि गर्छन् भनेर यो मेसो मिलाइएको हो,' आयोजक फ्रिक रिडर्स क्लबका संयोजक अर्जुन गिरीले भने । यसै पनि पार्टीमा रमाइहाल्ने युवालाई साहित्यसँगै जोडेर पढ्ने लत लगाउन 'बुकपार्टी' गरिएको उनले प्रस्ट्याए ।
प्रकाशक संस्था फाइनप्रिन्टका अजित बरालले लेखक पनि सेलिब्रेटी बन्न सक्छ भन्ने आफ्नो मान्यता सुनाए । 'झुस्स दारी पालेको, झोला भिरेको र चप्पल पिटीपिटी पार्दै फुटपाथमा हिँडेको लेखेको बिम्व भत्काउनुपर्छ,' बरालले बेलिविस्तार गरे, 'त्यसो भए पठन संस्कृति पनि बढ्छ ।'
सुबिनको स्वर पनि अजितकै जस्तो सुनियो, 'सोच्नेले जे सोचे पनि पठन संस्कृति बढ्नुपर्छ ।' आफूले समाज कता गइरहेको भन्ने प्रतिबिम्व लेख्दा चुरोट र रक्सीका किस्साहरु पनि आएको स्वीकारे । 'म नारा लेखेर उपदेश दिन चाहन्न,' उनले अझ प्रष्ट्याउने प्रयास गरे, 'तर रक्सी चुरोट खान हुन्न भन्ने किताबको सुरुमै लेखेको छु र विदेश जानेको पनि बिजोग देखाएको छु ।'
सहभागीहरुले सोधेका जिज्ञासालाई शान्त पार्ने क्रममा सुबिनले युवापुस्ताको प्रतिनिधित्व गर्ने साहित्यको खाडल पुर्न प्रेमकथामाथि उपन्यास लेखेको प्रष्टोक्ति दिए । समाजको प्रतिबिम्व उतार्न चाहने लेखकको खजाना कसरी प्राप्त हुन्छ त भन्ने पाठकीय जिज्ञासा थियो । 'मलाई एक झिल्को भए पुग्छ, एक लाइन भयो भने त्यसबाट हजार शब्दको स्तम्भ लेख्न सक्छु,' सुबिनले भने, 'उपन्यास लेख्नचाहिँ मुटु छुने खालका २÷४ वटा घटना हुनुपर्छु ।'
भारतीय फिल्महरुमा जस्तो गरी त्यति चल्तीमा नआइसकेको उपन्यास लेखनको उपक्रम अर्थात सिक्वेलको लेखनचाहिँ कस्तो हुँदो रैछ भन्ने जिज्ञासा पनि सुबिनसँग जान्न चाहे पाठकले किनभने पहिला समर लभ र त्यसको सिक्वेल साया लेखेका उपन्यासकारसँग साक्षात्कार जो भएको थियो । साया लेख्दा समर लभका पाना पाना पल्टाउँदै लेख्नुपरेको सुनाए सुबिनले । भने, 'यता उता कता कता भ्वाङ पर्दाे रैछ, मिलाउन गाह्रो भयो ।'
पोखरामा पठन संस्कृतिको विकास गर्न ¥यान्डम रिडर्स सोसाइटीले युवापुस्तालाई लक्ष्य गरी हालै भातृ संस्था फ्रिक रिडर्स क्लब सुरु गरेको हो । 'पोखरेली युवाकोे इमेज आउँदा नशा र ग्लामरमात्रै होइन पुस्तक पनि हेर्नु पर्छ भन्ने सन्देश दिन बुकपार्टी सफल रह्यो,' सोसाइटीका अध्यक्ष गनेस पौडेलले नागरिकसँग भने ।