सर्लाही-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट तरकारी लिएर जनकपुर तर्फ जाँदै गरेको ना४ख ६८९० नम्वरको ट्रकको ठक्करबाट बिरगञ्ज–१९ का ४७ वर्षीय पुन्यदेव साहको घटना स्थालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले बताए।
व्यक्तिलाई ठक्कर दिएको ट्रक पनि नजिकै सडक भन्दा बाँया तर्फ पल्टिएको प्रहरी निरीक्षक सोतीले बताए। तरकारी बोकेको ट्रकले अनियन्त्रित भई बिहान ५ बजे सडकमा हिडिरहेका सहालाई लालबन्दी–४ स्थित जनवादी चोक नजिकै ठक्कर दिएको हो। दुर्घटना पछि ट्रकका चालक फरार भएपनि सहचालकलाई लालबन्दी प्रहरीले नियन्त्रणमा लिएको छ।