काठमाडौं- काठमाडौं उपत्यकामा १६ वर्षदेखि शृंखलाबद्ध डकैतीमा सक्रिय रायमाझी समूहका नाइके तथा योजनाकार पक्राउ परेका छन्। प्रहरीले उक्त समूहका सदस्यलाई फाट्टफुट्ट पक्राउ गरे पनि समूहका नाइके मदन रायमाझी २०५६ देखि फेला परेका थिएनन्। महानगरीय प्रहरी अपराध महाशाखा टोलीले आइतबार रायमाझीलाई चार सहयोगी र हतियारसहित पक्राउ गरेको हो।महाशाखा प्रमुख पुष्कर कार्कीका अनुसार रायमाझी समूह काठमाडौं, ललितपुर र भक्तपुरमा भएका अधिकांश डकैतीमा संलग्न देखिएको छ। उपत्यकामा राति घरभित्र प्रवेश गरी पेस्तोल, खुकुरी, चक्कुलगायत हतियार देखाएर डकैती भएका घटना बढेका थिए। डकैतीको प्रकृतिका आधारमा एकै समूह सक्रिय रहेको निष्कर्ष निकाल्दै खोजीमा खटिएको महाशाखा टोलीले रायमाझी समूह फेला पारेको हो।
रायमाझीसँगै समूहका सह–नाइके मिङमार तामाङ, सदस्य मनोज तामाङ, जगत लामा र खड्ग तामाङ पक्राउ परेका छन्। केही महिनाअघि मूलपानी गाविस–५ स्थित चन्द्रबहादुर श्रेष्ठको घरमा डकैती गर्ने क्रममा स्थानीयको प्रतिकारमा देव लामा मारिएका थिए। ललितपुरमा चोरी अभियोगमा 'साइँला' भन्ने रामकृष्ण लोप्चन पक्राउ परेका थिए। यी दुवै रायमाझी समूहका सदस्य रहेको अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरूका साथबाट डकैतीमा प्रयोग गरिने कटुवा पेस्तोल र ५ राउन्ड गोली फेला पारेको छ।
प्रहरीका अनुसार रायमाझी समूह अहिलेसम्म पक्राउ परेकामध्ये सबैभन्दा संगठित डकैती समूह हो। उनीहरूले सम्बन्धित घरको निरन्तर अवलोकनपछि योजना बनाएर मात्र डकैती गर्ने गरेको एसएसपी कार्कीले बताए। 'घरमा को को बस्छन्, उनीहरूको आर्थिक पृष्ठभूमि, घर वरपर छिमेकीको अवस्था र उनीहरूको दिनचर्या अवलोकनपछि मात्र डकैती गर्ने गरेको पाइएको छ,' उनले भने।
प्रहरीका अनुसार उनीहरू छुट्टाछुट्टै बस्ने गरे पनि डकैतीको योजना बनाउन र डकैतीपछि सामान बाँडफाँटका लागि जोरपाटीको नयाँबस्तीमा कोठा भाडामा लिएका थिए। प्रारम्भिक अनुसन्धानमा १६ वर्षदेखि डकैतीमा सक्रिय उक्त समूहले दुई वर्षमा डकैती गरेका १४ स्थान खुलेको छ। महाशाखा प्रमुख कार्कीका अनुसार २०७० र ०७१ मा उपत्यकामा भएका डकैतीका घटना मात्र खुलेका छन्।
हालसम्म उनीहरूको संलग्नता खुलेको डकैती घटनाका आधारमा उनीहरूले एक वर्षमा ५० लाख रुपैयाँ बराबर धनमाल डकैती गरेको प्रहरी निष्कर्ष छ। गत वर्ष उपत्यकामा भएका १० र यस वर्षका दुई डकैतीमा उनीहरूकै संलग्नता पुष्टि भएको महाशाखाका डिएसपी ओम अधिकारीले जानकारी दिए।
ट्याक्सी चालकदेखी कराते गुरुसम्म
पक्राउ परेका समूह नाइके रायमाझी २०५५ देखि उपत्यकामा डकैतीमा सक्रिय देखिएका छन्। काभ्रे माझिफेदीका 'जीवन' भन्ने मिङमार तामाङ समूहका सह–नाइके हुन्। समूहका सदस्य काभ्रे माझिफेदीकै मनोज तामाङ पहिला थांका लेख्थे। उनी २०६० मा रायमाझी समूहमा लागेको प्रहरीले जनाएको छ।
अर्का सदस्य जगत लामा कराते गुरु हुन्। प्रहरीका अनुसार उनी २०६९ मा रायमाझी समूहमा संलग्न भएका हुन्। धादिङ, बैरेनीका उनी सुरुमा काठमाडौंमा ट्याक्सी चलाउँथे। पछि धादिङमा कराते सिकाउँदै आएका थिए। समूहका तेस्रो सदस्य रामेछापका खड्ग तामाङ सशस्त्र प्रहरीका पूर्व जवान हुन्।
प्रहरीको खोजीबारे उनीहरू जानकार थिए। प्रहरीको नजरबाट जोगिन उनीहरू दिउँसो हिँडडुल गर्दैनथे। बिहान र राति मात्र बाहिर निस्कन्थे। कुनै सदस्य पक्राउ परे जोगिन आपसमा मोबाइलमा कुराकानीसमेत गर्दैनथे। नियमित कुनै स्थानमा भेटेर योजना बनाउँथे र भोलि भेट्ने समय पहिल्यै तय गर्थे।
रायमाझीले पुराना सदस्य पक्राउ परेलगत्तै नयाँ सदस्य खोज्ने गरेका थिए। पक्राउ परेका मनोज र सशस्त्रका पूर्व जवान खड्ग उक्त समूहका नयाँ सदस्य हुन्। कार्यशैली सिक्दै गरेका नयाँ सदस्यको कमजोरीपछि उक्त समूह प्रहरीको पकडमा आएको हो।
सबै पटके
भक्तपुर चित्तपोलका ४६ वर्षीय रायमाझी उपत्यकामा डकैती र चोरीमा कहलिएका पटके अपराधी हुन्। उनी यसअघि २०५५ र २०५६ मा पक्राउ परी जेल परेका थिए। सह–नाइके तामाङ पनि उपत्यकाका आपराधिक घटनामा २०५८ देखि सक्रिय देखिएका छन्। उनी २०५८ माघ, २०५९ भदौ र २०६५ असारमा डकैती अभियोगमा जेल परेका थिए। त्यहाँबाट छुटेपछि पुनः डकैतीमा सक्रिय भएका थिए।
तामाङ २०६० असोज र २०६५ असारमा डकैती अभियोगमा पक्राउ परी जेल पुगेका थिए। लामा २०६९ मै चोरी अभियोगमा पक्राउ परी तीन महिना जेल परेका थिए। खड्ग २०६८ मा हातहतियार अभियोगमा जेल परेर एक वर्षमा रिहा भएपछि रायमाझी समूहमा संलग्न भएर डकैतीमा सक्रिय भएको अनुसन्धानमा खुलेको छ।
रिङरोडबाहिर बढी सक्रिय
प्रहरीका अनुसार यो समूह रिङरोड बाहिरका घरमा डकैतीमा बढी सक्रिय देखिएका छन्। उनीहरू मूलपानी, चापागाउँ, बालुवा, कपन, चाँगुनारायण, दधिकोट, साँखु, चुन्निखेल, दुवाकोट र गोठाटारमा बढी सक्रिय देखिएका छन्। उनीहरू उपत्यका बाहिरसमेत सक्रिय थिए। डकैतीको योजनासहित झापासमेत पुगेको अनुसन्धानमा खुलेको एसएसपी कार्कीले जनाए।