गोलबजार कालोपत्रेमा अनियमितताः साइट इन्जिनियरलाई पेलेर धमाधम काम
०३ मंसिर २०७८
•
२ मिनेट पाठ
गोलबजार कालोपत्रेमा अनियमितताः साइट इन्जिनियरलाई पेलेर धमाधम काम
सडक डिभिजन कार्यालयले ठेकेदारमार्फत गर्दै आएको कालोपत्रेको काममा व्यापक अनियमितता भएको पाइएको छ। सिरहाको गोलबजार नगरपालिका–६गोलचक्करदेखि उत्तर लामाटोलसम्म भइरहेको कालोपत्रेको काम बेसदेखि पिचसम्म कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको पाइएको हो।




सडक डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७७/७८ मा ४५ प्रतिशत तल झरेर विकास निर्माण सेवा र जेएनएस जेभीसँग २ करोड १९ लाखमा सडक कालोपत्रेको सम्झौता गरेको डिभिजन सडक कार्यालयका प्रमुख रामकुमार देवले बताए। उक्त सडकको कालोपत्रेका लागि लागतअनुमान ५ करोड थियो ।

७ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त कालोपत्रे सडक निर्माणका काममा बेसदेखि कालोपत्रेसम्म अनियमितता भएको साइट इन्जिनियर नरेश चौधरी स्विकार्छन्। ‘बेसको ग्राभेलमा माटोको मात्रा पाइएको थियो। त्यो बेला हामीले ठेकेदारलाई सच्याउन लगायौं,’ इन्जिनियर चौधरीले भने, ‘कालोपत्रेको काम अहिले नगर्नू भन्दाभन्दै रातारात गरिहालेछन्।’ उनले थपे, ‘रकम निकासा रोक्न भनेको छु ।’ ठेकेदार कम्पनीले कार्यालयबाट सम्झौताको करिब २५ प्रतिशत निकासा पाइसकेको इन्जिनियर चौधरीले बताए।‘जबसम्म काम सच्याउँदैन, तबसम्म निकासा रोक्न भनेको छु,’उनले भने।

स्थानीयका अनुसार कालोपत्रे भइसकेको सडक अहिले नै उप्किन थालिसकेको छ। ‘बेस नै कमजोर बनाएपछि कालोपत्रे कसरी टिकाउ हुन्छ?’ एक स्थानीयले भने। नजिकैको खेतबाट धुलोमाटो भएको ग्राभेल खन्याएर बेस तयार पार्ने काम भएको स्थानीय वल्लु लामाले बताए। ‘बालुवामाटोमाथि झारु मारेर गरिएको कालोपत्रे कति समय टिक्ला? कालोपत्रे सडक कतिपय स्थान चर्किसक्यो, कति ठाउँमा उप्किसक्यो,’ उनले भने।

ठेकेदारले सम्झौताअनुसार गुणस्तरीय काम गरोस् भनेर कार्यालयबाट प्राविधिक खटाइएका हुन्छन्। तर, यहाँ प्राविधिकलाई समेत बेवास्ता गरेर ठेक्केदारले आफूखुसी काम गरेको पाइएको हो। इन्जिनियर चौधरीका अनुसार ठेक्केदारलाई रोक्दारोक्दै पनि आफूखुसी काम भएको छ। ‘हामीले यसबारे कार्यालय प्रमुखलाई जानकारी दिएका छौं,’ चौधरीले भने। 

कालोपत्रेको काम पालिका र अन्य ठाउँमा पनि भएको देखेको स्थानीय सन्तोष साहले बताए। ‘टालटुले काम भएपछि रोक्न खोज्यौ तर सकिएन। सडक डिभिजन कार्यालयले पनि कमसल कामलाई नै अघि बढाइरह्यो,’ उनले भने, ‘बेस बलियो कसिलो भए पो कालोपत्रे बलियो र टिकाउ हुन्छ ।’ साहका अनुसार बालुवाको बेसमाथि पिच गरिएको छ। बेसमा गिट्टीको मात्रा त देखाउन मात्र प्रयोग गरिएको उनले बताए। कार्यालयलाई अनियमित काम भइरहेको आफूहरूले जानकारी गराउँदा बेवास्ता भएको उनले बताए।‘ठेक्केदारलाई भन्दा टेरपुच्छर नै लगाएनन्,’ उनले भने, ‘कतैबाट कुनै सुनवाइ नभएपछि थाकेर बस्यौं।’ 

कालोपत्रे सडक निर्माण कार्यमा अनियमितता भएको स्थानीयको व्यापक गुनासोपछि साइट इन्जिनियर नरेश चौधरी निर्माणस्थलमा आएको स्थानीय बताउँछन्। स्थलगत निरीक्षणपछि उनले पनि काम गुणस्तरहीन भएको स्थानीयसमक्ष स्वीकार गरेका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस