इलाम- सुरक्षित गर्भपतनको शहर केन्द्रित सेवा अब गाउँमै फैलिँदैछ। औषधिमार्फत् सुरक्षित गर्भपतन गराउने सेवा विभिन्न ३१ जिल्लामा गाउ“स्तरमै विस्तार हुन लागेको हो। ग्रामीण क्षेत्रका सेवाग्राहीले गर्भपतननिम्ति शहर धाउनुपर्ने बाध्यता अन्त्य गर्न उप-स्वास्थ्य चौकीसम्मै यो सेवा दिन लागिएको हो।
यसबाट तोकिएका स्वास्थ्य संस्थामा ९ हप्तासम्मको गर्भपतन गराउन पाइनेछ। इलामका लागि १४ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने तयारी हुँदैछ। सदरमुकामका सीमित स्वास्थ्य संस्थामा मात्रै उपलव्ध गर्भपतन सेवा अब गाउँलेको पायक पर्ने उप–स्वास्थ्य चौकीसम्मै पुर्याइने भएको हो। यसअघि सदरमुकामका जिल्ला अस्पताल, परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरमा मात्रै गर्भपतन सेवा उपलब्ध हुँदै आएको थियो।
आइपास नेपालको सहयोगमा औषधिबाट गर्भपतन गराउने सेवा विस्तारका लागि जिल्ला स्वास्थ्य कार्यालयले १४ स्वास्थ्य संस्था छनोट गरेको छ। त्यसमा प्याङ्, पशुपतिनगर, फिक्कल र मंगलबारे गाविसका प्राथमिक स्वास्थ्य केन्द्र परेका छन्।
यस्तै, साँखेजुङ, सुलुबुङ्ग, बाँझो, चिसापानी, कोल्बुङ्ग र चुलाचुली गाविसका स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा दिइनेछ।
माइमझुवा, जितपुर र सिद्धिथुम्का गाविसका उप-स्वास्थ्य चौकीबाट पनि औषधिमार्फत् गर्भपतन गराइने जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोख्रेलले बताए। 'वर्थिङ्ग सेन्टर रहेका स्वास्थ्य संस्थामा गर्भपतन सेवा विस्तार गरिने भएको हो,' पोख्रेलले भने, 'तत्काललाई जनशक्ति र पूर्वाधार भएका गाविस छनोट भएका हुन्, क्रमशः अरु गाउँमा पनि सेवा दिइनेछ।'
यस्तै, जिल्ला अस्पतालको मातृ स्वास्थ्य शिशु क्लिनिकमा सञ्चालित गर्भपतन सेवालाई पनि प्रभावकारी बनाइने भएको छ। सन्तानको चाहना नहुँदा नहुँदै गर्भ रहन पुगेका महिला उक्त क्लिनिकमा आएर सुरक्षित गर्भपतन गराउँदै आएका छन्। त्यसक्रममा विगतमा मनपरी शुल्क लिने र प्रभावकारी सुविधा नदिइने जनगुनासो बढेपछि क्लिनिक व्यवस्थित गर्न लागिएको हो।
गाउँमा सुरक्षित गर्भपतन सेवा विस्तार गर्नुअघि सेवा प्रदायक संस्थाका प्रमुखलाई अभिमुखीकरण गराइने जनस्वास्थ्य कार्यालयले जनाएको छ। 'स्वास्थ्य संस्थाका प्रमुखलाई अभिमुखीकरण गरेपछि त्यहाँका प्रसुतिकर्मीलाई सुरक्षित गर्भपतन तालिम दिइनेछ,' आइपास नेपालका कार्यक्रम संयोजक केदार भण्डारीले भने, 'त्यसपछि स्वास्थ्य स्वयंसेविकाहरुलाई दक्ष बनाइनेछ।'
सुरक्षित गर्भपतनका लागि आवश्यक पर्ने औषधि सरकारले निःशुल्क उपलब्ध गराउने छ। सेवा शुल्कबापत स्वास्थ्य संस्थाले पाँच सय रुपैंयाँ मात्र लिन पाउने छन्। 'यो नाफामूलक नभएर सेवामूलक सुविधा हो,' भण्डारीले थपे, 'गर्भपतन गर्नुपर्ने अवस्थामा पुगेकालाई सस्तोमा भरपर्दो सुविधा दिनु मुख्य लक्ष्य हो।' आगामी पुसदेखि सेवा सुरु गरिने भण्डारीले जानकारी दिए।
जनस्वास्थ्य कार्यालयका अनुसार, इलाममा गत आर्थिक वर्षमा नौ सय ४१ जनाले गर्भपतन गराएका छन्। गर्भपतन सेवामा पहुँच नभएकाले ५० प्रतिशतले असुरक्षित गर्भपतन गराउने विश्व स्वस्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ। ज्यान जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने यो क्रम न्युनीकरण गर्न कार्यक्रम सार्थक बन्ने अपेक्षा गरिएको उनले बताए।
'विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा वर्षेनि २० करोड ८० लाख महिला गर्भवती हुन्छन्,' पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका उपनिर्देशक शतिष विष्टलले भने, 'त्यसमा ४१ प्रतिशत योजना अनुसारको गर्भ हुँदैन, योजना विना रहेको गर्भ ५४ प्रतिशतले गर्भपतन गराउँछन् त्यसमा आधाले असुरक्षित गर्भपतन गर्छन।'