डडेल्धुरा- डोटीको छत्तीवनमा सोमबार दिउँसो बस दुर्घटना हुँदा कम्तीमा २७ को मृत्यु भएको छ। घटनामा ६२ भन्दा बढी घाइते छन्। शव संकलन र घाइतेको उद्धार जारी रहेकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
डोटीको जोरायलबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायात ना३ख ५७०७ नम्बरको बस सोमबार दिउँसो ३ बजे डोटीको छतिवन–५ कटपत्तेमा दुर्घटना भएको थियो। दसैं मनाएर रोजगारीका लागि भारत फर्कन लागेका स्थानीय दुर्घटनामा परेका हुन्।
स्थानीय तीर्थ भट्टका अनुसार क्षमताभन्दा तेब्बर यात्रु बोकेको बस अधिक भारले साँघुरो घुम्ती काट्न नसक्दा सडकबाट करिब अढाइ सय मिटर तल खसेको थियो।
प्रहरीले रातिसम्म १८ शव मात्र सनाखत भएको जनाएको छ। मृत्यु हुनेमा डोटी सरस्वतीनगरका कृष्णा मल्ल (२८), चक्र विक, कर्ण शाही, राजेन्द्र शाही (४०), भूमिराज भण्डारी, हरिश कठायत (३२), शकुन्तला मल्ल (३५), दानबहादुर साउद (५०), टेकराज भट्ट (३०), डम्बरी जोशी (३५), पशुपति भट्ट (२४), कृष्णराज भण्डारी (४५), लक्ष्मीनगरकी शान्ति मल्ल (२७), टेकेन्द्र गिरी (३०), शान्ति कँडेल (३) र इन्द्रा मल्ल (२५), अमरगढी–५ का लक्ष्मण ठकुराठी छन् र कैलाली–लम्कीकी भागरथी बडुवाल (२८) छन्।
घाइतेमध्ये ६२ को उद्धार गरी कैलाली अत्तरियास्थित नर्सिङहोम र धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक दानसिंह कार्कीले जानकारी दिए। 'थप घाइतेको उद्धार र शव संकलन जारी छ,' कार्कीले नागरिकसँग भने।
स्थानीयका अनुसार बसमा सवार अधिकांश रोजगारीका लागि भारत जाँदै थिए।
प्रहरी ढिलो पुगेकाले स्थानीयले उद्धार थालेका थिए। प्रहरीले घटनाबारे एक घन्टा ढिलो खबर पाएको जनाएको छ। उद्धारमा २ सयभन्दा बढी स्थानीय र ३० भन्दा बढी प्रहरी सक्रिय छन्।
प्रहरीले क्षमताभन्दा बढी यात्रु र साँघुरो सडक दुर्घटनाका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। तीन दिनअघि मात्र मर्मत भएको सडकमा बसको क्षमताभन्दा तेब्बर यात्रु बोक्दा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।
सरस्वतीनगर शोकमा
दुर्घटनामा डोटी सरस्वतीनगरका मात्र एक दर्जनभन्दा बढीको मृत्यु भएको छ। दसैंमा घर आएका अधिकांश व्यक्ति रोजगारीका लागि भारततिर फर्कने क्रममा दुर्घटनामा परेर ज्यान गुमाएपछि सिंगो गाउँ शोकमा डुबेको छ।
‘दसैंको टीका सकेर काममा फर्कंदै थिए,’ स्थानीय भट्टले फोनमा भने, ‘सरस्वतीनगरका धेरै परे।' एक वर्षयता डोटी छतिवनको भीमदत्त राजमार्ग र शाखा सडकमा मात्र दर्जनभन्दा बढी दुर्घटना भइसकेको र ७० भन्दा बढीको मृत्यु भएको प्रहरी तथ्यांक छ।