काठमाडौं- दुर्लभ वन्यजन्तु बाघ जोगाउन सहज छैन, त्यसमाथि नेपालका तीन संरक्षित क्षेत्रका बाघ आपसमा घुलमिल हुन नसकेको पाइएको छ। तीन वर्षको अनुसन्धानपछि चितवन, बर्दिया र शुक्लाफाँटाका बाघ आपसमा घुलमिल नभएको फेला परेको हो।
'नेपालमा बाघका तीन समूह देखिएका छन्, यी समूहबीच कुनै पनि किसिमको घुलमिल छैन,' बाघको आनुवंशिक अध्ययन गरेर प्रतिवेदन तयार पारेका अनुसन्धानकर्ता दिवश कर्माचार्यले नागरिकसँग भने, 'यो बाघको दीर्घकालीन संरक्षणमा ठूलो चुनौती हो।'
आपसमा घुलमिल नहुँदा बाघको आनुवंशिक विविधता र गुण कम हुँदै गएको अनुसन्धानले देखाएको छ। यसले प्रजनन शक्ति र रोगसँग लड्ने क्षमतामा ह्रास आउँदैछ। लामो समय बाघ बचाउन र तिनको संख्या बढाउन समस्या आउनसक्ने उक्त अध्ययनले देखाएको छ।
कर्माचार्यका अनुसार चितवन, बर्दिया र शुक्लाफाँटाका बाघ एउटै समूहमा घुलमिल छन्। फरक समूहसँग उनीहरूको सम्पर्क छैन। घुलमिल गराउन तिनको बासस्थान आपसमा जोड्न आवश्यक छ। यसका लागि वनजंगल संरक्षण गरेर जैविक मार्ग बनाउनुपर्छ।
बाघको समूह घुलमिल नहुँदा रोगसँग लड्ने क्षमता कमजोर हुने कर्माचार्यले बताए। 'आनुवंशिक विविधता जति धेरै भयो, बाघको स्वास्थ्य अवस्था त्यति राम्रो मानिन्छ,' उनले भने, 'आनुवंशिक विविधता कम भए दीर्घकालमा प्रजनन क्षमता घट्दै जान्छ र रोगसँग लड्ने क्षमता पनि घट्छ।'
उनका अनुसार बाघको समूह आपसमा घुलमिल भए वंशाणुगत गुण धेरै हुन्छ र त्यसले प्राकृतिक मृत्युदर घटाउन सहयोग गर्छ। रोगसँग लड्ने क्षमता पनि बढाउँछ। कर्माचार्यले मानिसको उदाहरण दिँदै भने, 'फरक–फरक जातको सम्पर्कबाट जन्मिएको बच्चा जति स्वस्थ देखिन्छ, बाघमा पनि लगभग त्यही अवस्था हुन्छ।'
अनुसन्धानअनुसार चितवनमा ६२ प्रतिशत आनुवंशिक विविधता देखिनुपर्नेमा ४७ मात्र देखिएको छ। बर्दियामा ४९ प्रतिशत हुनुपर्नेमा ४० र शुक्लाफाँटामा ५१ प्रतिशत हुनुपर्नेमा ४६ मात्र देखिएको छ। उनको टोलीले नेपालका १ सय २५ वटा बाघको डिएनए फिंगर प्रिन्ट पत्ता लगाएको छ। टोलीस“ग ती बाघको आनुवंशिक तथ्यांक छ।
'यीमध्ये कुनै बाघ मारियो वा त्यसको आखेटोपहार फेला पर्योस भने कुन संरक्षित क्षेत्रको कुन बाघ मर्योक भनेर पत्ता लगाउन सकिन्छ,' कर्माचार्यले अध्ययनको फाइदा उल्लेख गर्दै भने।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्जयन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७ र पछिल्लो निकुञ्ज बाँके र त्यसको मध्यवर्ती क्षेत्रमा ४ वटा बाघ फेला परेका छन्। बाँके निकुञ्ज र मध्यवर्तीका बाघलाई बर्दियाकै समूहमा र पर्साका बाघलाई चितवनको समूहमा राखेर अनुसन्धान गरिएको थियो।
तीन समूहमा रहेका बाघलाई आपसमा घुलमिल गराउने वातावरण तयार पार्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको कर्माचार्यले बताए। 'अमेरिकामा पछिल्लोपटक बिरालो जातिमा गरिएको परिणाम जे आएको थियो, यहाँ पनि ठ्याक्कै त्यस्तै आएको छ,' उनले भने।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट महेश्वर ढकाल पनि बाघको दीर्घकालीन संरक्षणका लागि बासस्थान व्यवस्थापन अपरिहार्य भएको बताउँछन्। उनका अनुसार बाघको आहारा प्रजातिको व्यवस्थापन पनि त्यत्तिकै आवश्यक छ। 'चोरीसिकार, रोग, अन्तर्राष्ट्रिय व्यापार र मानवबीचको द्वन्द्व नियन्त्रण अहिलेका प्रमुख चुनौती हुन्,' उनले भने।
सन् २०११ देखि २०१३ को अन्तसम्म बाघको आनुवंशिक तथ्यांक तयार गर्न यो अध्ययन गरिएको थियो। यो पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटाका बाघमा गरिएको थियो। ती क्षेत्रबाट दिसाका ९ हजार २ सय ८५ नमूना संकलन गरिएका थिए। तीमध्ये ६ सय ६० नमूना बाघकै दिसा थिए। तिनलाई केलाएर दोहोरिएका बाघको दिसा छुट्ट्याइएको थियो।
चितवनमा १ सय २५ बाघको दिसा संकलन भएको थियो। त्यसमध्ये भालेका ७७ र पोथीका ४६ नमूना थिए। बर्दियामा संकलित १ सय १६ नमूनामध्ये नदोहोरिएका ३२ थिए, जसमा भालेका १७ र पोथी बाघका १५ नमूना थिए। त्यस्तै, शुक्लाफाँटामा संकलित ७९ नमूनामध्ये नदोहोरिएका बाघको नमूना १९ र तीमध्ये ८ वटा भाले र ११ वटा पोथीका थिए।
दुई करोड रुपैयाँ खर्च गरेर यो अनुसन्धान गरिएको थियो। 'यस्तो अनुसन्धान बर्सेनि गर्नुपर्छ,' कर्माचार्यले भने, 'त्यसपछि मात्र राम्रो तथ्यांक आउँछ। यो त सुरुआत मात्र हो।'
बाघ पाइने मुलुकहरूले सन् २००८/०९ को तुलनामा २०२२ सम्म यसको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका छन्। नेपालमा सन् २००८/०९ मा १ सय २१ बाघ भेटिएका थिए। सन् २०२२ सम्म २ सय ५० पुर्यािउने अन्तर्राष्ट्रिय लक्ष्य छ।
पछिल्लो गणनाअनुसार बाघको प्रमुख आहारा मानिएका चित्तल, जरायो, बँदेल, बाह्रसिंगा, लगुना, रतुवा र बाँदरको घनत्व पनि बढेको देखाएको छ। बाघको संख्या धेरै बढेको वन क्षेत्रमा आहारा पनि बढेको तथ्यांकबाट देखिन्छ। बर्दियामा आहारा प्रजातिको घनत्व प्रतिवर्गकिलोमिटर ९२ दशमलव ६०, शुक्लाफाँटामा ७८ दशमलव ६२, चितवनमा ७३ दशमलव ६३, पर्सामा २५ दशमलव ३३ र बाँकेमा १० दशमलव २७ पाइएको छ।
निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रबाहेक कैलालीको बसन्ता र छत्तिवन जंगल, बर्दियाको कतरनियाघाट, चितवनको माडी र बरन्डाभार, बारा, दाङ र कपिलवस्तुको राष्ट्रिय वन बाघका सम्भावित बासस्थान मानिन्छन्।
अघिल्लो गणनामा चितवनमा ९१, बर्दियामा १८, शुक्लाफाँटामा ७, पर्सामा ४ वटा मात्र बाघ थिए। नेपालमा क्यामरा ट्र्यापिङबाट पहिलोपटक २०६५ मा गणना गरिएको थियो। यसअघि बाघको पाइला (पद) हेरेर गणना गरिन्थ्यो। पछिल्ला तथ्यांकअनुसार नेपालमा सन् २००५ मा १ सय २६, सन् २००० मा १ सय ९ र १९९८ मा ९८ वटा बाघ पाइएका थिए।
पछिल्ला दिनमा सार्वजनिक भएका बाघका छाला, हड्डीलगायत अंगको तस्करी र सिकारीका घटनाले पनि बाघको वास्तविक संख्या सबैका लागि महत्वपूर्ण मानिएको छ। सन् १९९९ देखि २००६ बीच नेपालमा प्रत्येक वर्ष ५ वटा बाघ सिकारीले मारेका छन्। पछिल्लो तथ्यांक उपलब्ध छैन। संसारभर पाइने र पाइएका ८ प्रजातिमध्ये तीन प्रजाति बाली, जाभा र क्यासपियन सन् १९८० को दशकमै लोप भइसकेका छन्।
बाघ स्वस्थ पारिस्थितिक प्रणालीको सूचक मानिन्छ। यो एसिया महादेशका १३ राष्ट्रमा र पाँच प्रजातिका मात्र पाइन्छन्। ती प्रजातिमध्ये नेपालमा पाइने बंगाल टाइगर हो। अन्य प्रजातिको तुलनामा यसको संख्या धेरै छ। विश्व वन्यजन्तु कोष (ग्लोबल) का अनुसार भारत, नेपाल, बंगलादेश र भुटानमा गरी बंगाल टाइगरको संख्या करिब १ हजार ८ सय ५० छ। यसमध्ये सबैभन्दा बढी भारतमा १ हजार ४ सय हाराहारी रहेको तथ्यांक छ। अन्य प्रजाति साइवेरियन (४५०), साउथ चाइना (३०–८०), इन्डोनेसियन (३००) र सुमात्रा (४००) गरी विश्वका १३ मुलुकमा बाघको अनुमानित संख्या ३ हजार ५५ हाराहारी छ।