पोखरा- सर्वसाधारण उपभोक्ताप्रति व्यक्ति वा निजी संस्थाभन्दा सरकारी निकाय नै बढी संवेदनशील हुनुपर्ने हो तर पोखराको पानी वितरणका हकमा भने फरक तथ्य भेटिन्छ। यहाँ सरकार अधीनस्थ नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानी अरू निजी कम्पनीले उपलब्ध गराउनेभन्दा बढी नै अस्वस्थकर पाइएको छ।
‘विभिन्न कम्पनी र व्यक्तिले बोरिङ गरेर निकालेको पानीमा कोलिफर्म जीवाणु भेटिएन,' जनस्वास्थ्य कार्यालयका निरीक्षक केशव चापागाईंले नागरिकसँग भने, ‘तर सरकारले वितरण गरेको धाराको पानीमा कोलिफर्म छ।' उनका अनुसार कोलिफर्म जीवाणुले मान्छेमा कामज्वरो र पखालाजस्ता समस्या निम्त्याउँछ। त्यस्तो जीवाणु भएको पानीले नै महामारी फैलाउँछ। ९० डिग्री तापक्रममा मर्ने त्यस्तो जीवाणु भएको पानी उमालेर खाँदा भने कुनै समस्या हुँदैन।
संस्थानको सेवाले नपुग्ोका ठाउँमा केही व्यक्ति तथा कम्पनीले जमिनमुनिको पानी मोटरले तानेर प्लास्टिकको घैंटो र संस्थानले जसरी नै पाइप प्रणालीद्वारा बिक्री गर्दै आएका छन्। सरकारी निकायबाट पर्याप्त पानी उपलब्ध नभएका कारण थुप्रै उपभोक्ता निजीको भर पर्नुपरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रहमा राष्ट्रिय स्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले पोखराको पानी जाँचेको थियो। २० ठाउँका नमुना संकलन गरी केही अघि गरिएको जाँचले सरकारी निकायमै पनि बोडिङबाट निकालिएको पानीमा कोलिफर्म जीवाणु नरहेको तथ्य भेटेको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बोरिङ गरी आफूलाई आवश्यक पानी निकालेको छ। त्यहाँको पानीमा कोलिफर्म नरहेको रिपोर्ट सार्वजनिक भएको छ।
विज्ञका अनुसार सामान्यतया ३७ डिग्री तापक्रम हुने मानव र अन्य जीवजन्तुको शरीरमा पनि कोलिफर्म जीवाणु हुन्छन्। मान्छे र गाईभैंसीको आन्द्रामा हुने कोलिफर्म दिसापिसाबको माध्यमबाट बाहिरिन्छ। त्यस्तो जीवाणु मिसिएको पानी पिउँदा पखाला लाग्ने र ज्वरो आउने हुन्छ। ‘प्रति एक सय मिलिलिटर पानीमा एकदेखि तीनसम्म कोलिफर्म हुनु सामान्य हो तर पोखराका थुप्रै ठाउँको पानीमा ८० सम्म देखियो,' रिपोर्टमा भनिएको छ।
टोलीले पर्यटकीय लेकसाइडमा संस्थानबाट वितरित पानी जाँच गरेको थियो। त्यहाँको पानीमा अत्यधिक कोलिफर्म पाइएको रिपोर्टमा छ। पोखरामा वितरण हुने पानी विभिन्न स्रोतबाट ल्याएर विन्ध्यवासिनीमा जम्मा गरेर मात्रै घरघरमा पुग्छ। संस्थानको त्यहीँको ट्यांकीकै पानीमा कोलिफर्म जीवाणु भेटिएको थियो। त्यहाँ कोलिफर्मको मात्रा ५ भेटिए पनि वितरण भएर उपभोक्ताको घरका धारामा पुग्दा जीवाणु वृद्धि भई ८० सम्म भेटिएका थिए।
व्यवस्थित पाइप प्रणाली हुनु, चुहिने पाइपमा ढल तथा अन्य फोहोर पानी मिसिनुलगायत कारणले यस्तो अवस्था निम्तिएको विज्ञको अनुमान छ। पोखरा आउने पानीका मुहानमै पनि मानव र पशुको मलमूत्र मिसिन्छ। सबैभन्दा बढी मात्रामा पानी ल्याइएको मर्दीखोलामा त लाससमेत जलाइन्छ। त्यो पानी बिनाकुनै …टि्रटमेन्ट' उपभोक्ताको घर पुग्ने गरेको छ।
मर्दीखोलाबाट १६ र २० इन्चको पाइपबाट दैनिक ३ करोड ८० लाख लिटर पानी ल्याइएको छ। भोटी र कालीखोला यहाँको पानीका अर्का दुई स्रोत हुन्। ती दुई खोलाबाट क्रमशः ५० र ३० लाख लिटर पानी दैनिक आउँछ।
खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख बुद्धिरत्न महर्जनका अनुसार शुद्धीकरण गरी स्वस्थ पानी उपलब्ध गराउन …टि्रटमेन्ट प्लान्ट' को योजना बनाइएको छ। त्यसका लागि मर्दीखोला किनारमा २३ रोपनी जग्गा अधिग्रहणसमेत गरिएको छ। २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको यो योजनाका लागि जापान सरकारले सघाउने जनाइएको छ।