पोखरा-मुलुकमा गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको विन्ध्यवासिनी मन्दिरमा त्यसको झल्कोसम्म छैन। यहाँ पुर्खौदेखि पुजारीका सन्तानले नै कब्जा जमाइरहेका छन्। भक्तजनले चढाएको भेटीजति सबै उनीहरूकै निजी सम्पत्ति बन्ने गरेको छ।विन्ध्यवासिनी मन्दिरमा जम्मा हुने भेटी महिनामा ५ लाख रुपैयाँजति पुग्ने अनुमान छ। ‘मन्दिरबाहिर हामीले राखेको दानपात्रमा त एक लाखजति उठ्छ भने मूल मूर्तिमै चढाइने भेटी त्योभन्दा धेरै गुणा बढी हुन्छ,' विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले सोमबार नागरिकसँग भने। दानको पैसाबाटै समितिले मन्दिरको रेखदेख, बिजुली–पानीको तिरोतारो र आवश्यक मर्मतसम्भारलगायत काम गर्छ।
मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन्। उनीबाहेक श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडेल पुजारी छन्। रुद्र र अरू भाइभाइका छोरा हुन्। आफ्ना बाजे पुजारी भएकै आधारमा मन्दिरमा पूजा गर्ने पालो उनीहरूले अंशबन्डा गरेका छन्। एक भाइका छोरा रुद्र एउटै मात्र भएकाले उनको पालो वर्षमा ६ महिना आउँछ भने अरूको ६ महिना पर्छ। कुनै जमानामा राजाका छोरा राजा हुन देश भागबन्डा गरेजस्तो उनीहरू पनि पुजारीको सन्तान भएकै आधारमा मन्दिरको आम्दानी आफूखुसी बाँडिरहेछन्।
कास्कीका तत्कालीन राजा सिद्धिनरसिंह शाहले ‘लालमोहर लगाएर दिएको' भन्ने आधारमा पौडेल दाजुभाइले विन्ध्यवासिनी मन्दिरको भेटी लिने गरेका हुन्। कुनै जमानामा एउटा राजाले एक जनालाई दिएको नियुक्ति उसका सन्तानमा सर्दै आउँछ कि आउँदैन? मन्दिर समितिका सचिव श्रेष्ठ भन्छन्, ‘देशभरकै मन्दिरमा यो समस्या छ, एकमुष्ट समाधान गर्ने गरी कानुन लाउनु आवश्यक छ।' उनका अनुसार कानुन ल्याउन हरेकपटक आउने संस्कृतिमन्त्रीले आश्वासन दिए पनि काम हुन सकेको छैन।
मन्दिरका मूल पुजारी पौडेल सरकारले गर्ने कुनै पनि निर्णय स्वीकार्य हुने बताउँछन्। ‘देउताको विकास हुन्छ भने हामी यहाँको केही टिपेर लैजाने पक्षमा छैनौं,' उनले सोमबार नागरिकसँग भने, ‘तर, अरूले भनेजस्तो आम्दानी यहाँ हुँदैन।' उनले पुस्तौंदेखि पूजाआजा गरेरै जीवन निर्वाह गरेकाले आफूहरूलाई गरिखाने सामान्य व्यवस्था गरिदिए स्वीकार्य हुने बताए। समिति पनि ती पुजारीहरूलाई हटाउनेभन्दा तलबमा राख्ने पक्षमा छ। भेटी सामाजिक काममा प्रयोग गर्ने समितिको योजना छ। निकट भविष्यमा एम्बुलेन्ससेवा चलाउने योजना बनाएको समितिले त्यसका लागि कोरियाली मोटर कम्पनी हुन्डाई र ओम फाइनान्सको सहयोग लिएको छ।
विन्ध्यवासिनी परिसरमै शिवमन्दिर पनि छ। त्यसको आम्दानी भने समितिले नै लिन्छ र सामाजिक तथा धार्मिक कार्यमा खर्चन्छ। ‘२५ जना वटुकलाई खानेबस्ने, पढ्ने सुविधा दिन्छौं,' श्रेष्ठले भने, ‘७/८ जना कर्मचारी पालेका छौं। बेलाबखत आउने सन्तमहन्त पाहुनालाई पनि खानेबस्ने व्यवस्था गर्छांै।'
समितिलाई रुद्रनाथ पौडेल ६ महिनाको दुई हजारका दरले वार्षिक १२ हजार बुझाउँछन्। अन्य पाँच जनाले पालोअनुसार मासिक १५ सयका दरले ९ हजार दिन्छन्। दैनिक कम्तीमा एक हजार र बढीमा चार/पाँच हजारसम्म भक्तजन आउने गरेका छन्। सरकारले मुलुककै प्रमुख मन्दिर पशुपतिनाथका लागि ऐन नै बनाएर सञ्चालक समिति र पदाधिकारी नियुक्त गर्दै आए पनि अन्य मन्दिरको हकमा भने त्यो लागू हुन सकेको छैन।