तेस्रो लिंगीलाई पनि एमआरपी
२३ असोज २०७१
•
६ मिनेट पाठ
तेस्रो लिंगीलाई पनि एमआरपी
काठमाडौं- सरकारले तेस्रो लिंगीको पहिचान खुल्ने गरी मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) जारी गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले राहदानी नियमावली, २०६७ संशोधन गर्दै महिला तथा पुरुषको अलावा तेस्रो लिंगीको पनि लैंगिक पहिचान खुल्ने गरी राहदानी जारी गर्ने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै अब तेस्रो लिंगीले महिला तथा पुरुषमध्ये एकको परिचय नभई तेस्रो लिंगीको पहिचान खुलेको राहदानी पाउनेछन्। 'अदालतको आदेश र मानवअधिकारको सम्मान गर्दै तेस्रो लिंगीलाई उनीहरूको छुट्टै लैंगिक पहिचान खुल्ने गरी राहदानी उपलब्ध गराउन राहदानी नियमावली संशोधन गरिएको छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले नागरिकसँग भने। 
नागरिकताका आधारमा राहदानी जारी गरिने हुँदा नागरिकता प्रमाणपत्रमै तेस्रो लिंगी खुलाइएको भए मात्र राहदानीमा पनि तेस्रो लिंगीको पहिचान खुलाइने संशोधन गरिएको नियमावलीमा उल्लेख छ। नियमावलीअनुसार नागरिकतामा जे उल्लेख गरिएको छ, त्यही पहिचान दिइनेछ। 
'राहदानीको लिंग (जेन्डर) सम्बन्धी महलमा महिला वा पुरुषबाहेक अन्य लिंग उल्लेख गरेको भए र सम्बन्धित निवेदकको नागरिकताको प्रमाणपत्रमा समेत त्यस्तो व्यहोरा उल्लेख भएको पाइए सोहीबमोजिमको लैंगिक पहिचान उल्लेख गरी राहदानी जारी गरिनेछ,' राहदानी (पहिलो संशोधन) नियमावली, २०७१ मा थपिएको छ। राहदानी नियमावलीको नियम ८ मा एउटा बुँदा थपी तेस्रो लिंगीले लिने राहदानीमा छुट्टै पहिचान खुलाइने व्यवस्था गरिएको हो। 
हालसम्म जारी गरिएका राहदानीमा पुरुष तथा महिलामध्ये एकको मात्र लिंग खुलाइएको हुन्थ्यो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार महिलाको राहदानीमा अंग्रेजी वर्णमालाको 'एफ' अक्षर र पुरुषको राहदानीमा 'एम' अक्षरको सिम्बोल राखी बाहकको लैंगिक पहिचान दिंदै आइएको थियो। तेस्रो लिंगीको राहदानीमा पनि 'एफ' तथा 'एम' मध्ये एक सिम्बोल राखिन्थ्यो। 'तेस्रो लिंगीलाई दिने राहदानीमा अब लिंग छुट्ट्याउने कुन सिम्बोल राख्ने भन्ने निर्णय भने भइसकेको छैन। बल्ल नियमावली संशोधन भएको छ, छलफलपछि मात्र सिम्बोल निर्क्योल गरिन्छ। त्यसको अन्तर्राष्ट्रिय अभ्यास के कस्तो छ त्यो पनि हेरिनेछ,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने। 
आइकाओले तोकेको मापदण्डभित्र रही विश्वका सबै देशले राहदानी जारी गर्छन्। आइकाओको मापदण्डमा तेस्रो लिंगीको पहिचान राहदानीमा छुट्ट्याउने नभए पनि विश्वका केही देशले राहदानीमा तेस्रो लिंगीलाई छुट्टै पहिचान दिँदै आएका छन्। अस्ट्रेलिया, न्युजिल्यान्ड र जर्मनीले तेस्रो लिंगीलाई अंग्रेजी वर्णमालाको 'एक्स' अक्षर सिम्बोल राखी राहदानी दिँदै आएका छन्। भारतले पनि तेस्रो लिंगीलाई 'इ' अक्षर सिम्बोल राखी राहदानी दिँदै आएको छ। 
'आइकाओको प्रावधान नभए पनि राहदानीमा तेस्रो लिंगीको पहिचान खुलाउँदा कानुनी रूपमा कुनै अप्ठेरो पर्दैन,' प्रवक्ता अधिकारीले भने। महानिर्देशक थापाका अनुसार छुट्टै पहिचान खुल्ने गरी तेस्रो लिंगीलाई राहदानी दिन केही समय लाग्नेछ। नयाँ व्यवस्थाका लागि हालको राहदानी सफ्टवेयरले काम नगर्ने उनले जनाए। 'यो प्राविधिक विषय पनि भएकाले कार्यान्वयनमा ल्याउन केही समय लाग्छ। सबैभन्दा पहिला अब हामीले सफ्टवेयरमा केही परिवर्तन गर्नुपर्छ,' थापाले भने। 
नेपालमा दोस्रो जनआन्दोलन २०६२/०६३ पछि तेस्रो लिंगीहरूले संगठित भई सुरुमा आफ्नो छुट्टै लैंगिक पहिचान खुल्ने गरी नागरिकता प्रमाणपत्र जारी गर्न सरकारलाई दबाब दिएका थिए। सर्वोच्च अदालतले उनीहरूले मागेअनुसार नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन आदेश दिएपछि सरकारले नागरिकतामा तेस्रो लिंगीको पहिचान खुलाउन थालेको थियो। त्यसपछि उनीहरूले राहदानीमा पनि तेस्रो लिंगीको पहिचान खुलाइनुपर्ने माग राख्दै आएका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस