काठमाडौं-बारा घटनाको छनविन गर्न संसदीय समिति बन्ने भएको छ। गृहमन्त्री बामदेव गौतमले घटनाको छनविन गर्न संसदीय समिति गठन गर्ने आश्वसन दिएपछि संसद बैठक सुचारु भएको छ।
विपक्षीदलहरुले बारा घटनाको विषयलाई लिएर व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका थिए। अहिले संसदको शून्य समयमा विभिन्न दलका सभासदहरुले आफ्नो धारणा राखिरहेका छन्। गृहमन्त्री गौतमले विवपक्षी दलले उठाए जस्तै गरी मृतकलाई सहिद घोषणा गर्न तयार रहेको पनि बताए। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विकास माग्ने जनतालाई गोली हानेर सरकारले तानासाही प्रवृति देखाएको बताएका थिए। विपक्षीहरुले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार नभएसम्म सदन चल्न नदिने बताएपछि बैठक स्थगित भएको थियो। गत शनिबार सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली प्रहार गरेको थिए। प्रहरीको गोलीबाट जयनारायण पटेलको मृत्यु भएको थियो भने दुई जना गम्भिर घाइते भएका थिए।