काठमाडौं-सर्वोच्च अदालतले ‘अदालतको अवहेलना' मुद्दामा तीन दिनभित्र उपस्थित हुन प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका नाममा आदेश जारी गरेको छ।डिआइजी बढुवा प्रकरणमा सर्वोच्चबाट जारी भएको परमादेश पालना नगरेको भन्दै न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले लिखित कारणसहित उपस्थित हुन आदेश जारी गरेको हो। उनीहरूलाई आदेश प्राप्त भएको मितिले तीन दिनभित्र आफंै वा आफ्नो वारेसमार्फत आउन भनिएको छ।
न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले बढुवामा नपरेका डिआइजीलाई पनि बढुवा गर्न असोज ८ गते परमादेश जारी गरेको थियो। सर्वोच्चले मन्त्रिपरिषदको साउन २९ गतेको बढुवा निर्णयमा नपरेका डिआइजीहरू यादव अधिकारी, विश्वराजसिंह शाही, परशुराम खत्री र सुलीलवरसिंह थापालाई समेत विशेष पद सिर्जना गरेर भए पनि सोही मितिबाट लागु हुने गरी बढुवा गर्न भनेको थियो।
अदालतको फैसला कार्यान्वयन नभएपछि डिआइजी यादव अधिकारी अवहेलना निवेदन लिएर सर्वोच्च पुगेका थिए। तर, सरकारले भने आदेश नै त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन माग गर्दे निवेदन दर्ता गराएको छ।
डिआइजीहरूले दिएको निवेदनमा अदालतको आदेशअनुसार बढुवा भई कार्यक्षेत्रमा हुनुपर्नेमा आफूहरूलाई अवकाश दिइएकाले तत्काल हाजिर गराउन माग गरिएको थियो। तर, सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्ने भन्दै निवेदनका विपक्षीलाई अदालत बोलाएको हो।
सरकारले साउन २९ गते रिक्त सात एआइजीमा नौ जनालाई बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा, सुरेन्द्रबहादुर शाह, गणेशराज राई, प्रतापसिंह थापा, नारायणप्रसाद बस्ताकोटी, वीरेन्द्रबाबु श्रेष्ठ, केदार साउद र रमेशशेखर बज्राचार्य बढुवामा परेका थिए।
बढुवा सुचीमा परे पनि बढुवामा नपरेका डिआइजीहरू अधिकारी, शाही, खत्री र थापाले बढुवा रोक्न माग गर्दै साउन ३० गते र भदौ ३ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसपछि सर्वोच्चले भने उक्त बढुवा प्रक्रिया बदर गर्न औचित्यपूर्ण नदेखिए पनि निवेदकहरूलाई बढुवाबाट वञ्चित गर्न न्यायोचित नभएकाले सोही मिति लागू हुने गरी थप चारजनालाई बढुवा गर्न भनेको थियो।
समेत गरि नौ जनालाई वढुवा गर्ने निर्णय गरेको थियो।