काठमाडौं-भारतको आन्ध्र प्रदेशबाट आइतबार प्रवेश गरेको समुद्री आँधी ‘हुडहुड' धेरै मानवीय क्षतिसहित नेपालको मध्यपश्चिमका उच्च हिमाली भेगमा पुगेर टुंगिएको छ।मौसमविदहरूले यो आँधीको मुख्य भाग भारतका बिहार र उत्तर प्रदेशमा रोकिने र त्यससँगै आउने जलवाष्पयुक्त बादलले नेपालका मध्य तथा पश्चिम क्षेत्रमा क्षति पुर्या उने अनुमान गरेका थिए। यो पूर्वानुमानलाई गलत साबित गर्दै हुुडहुडको मुख्य अंश नै नेपाल छिरेर यहाँ ठूलो वर्षा र हिमपात गराएको मौसम पूर्वानुमान महाशाखा प्रमुख सुमनकुमार रेग्मीले बताए।
‘हुडहुडले ल्याएको जलवाष्पयुक्त बादल पश्चिमतिर लाग्छ र ती क्षेत्रमा मात्र वर्षा हुन्छ भन्ने सबैको अनुमान थियो,' रेग्मीले बुधबार नागरिकसँग भने, ‘तर, यसको मुख्य अंश नै नेपाल छिर्यो्, त्यससँगै आएको जलवाष्पयुक्त बादल पनि पहिलेको अनुमानअनुसार पश्चिमतर्फ नमोडिएर मध्यपश्चिममा मडारिइरह्यो र हिमाली क्षेत्रमा गएर बर्सियो।'
हुडहुडले एक्कासि दिशा परिवर्तन गर्नाले नै भारी हिमपात र मानवीय क्षति भएको उनले जनाए। ‘यो पश्चिम मोडिएको भए सायद यति धेरै क्षति हुने थिएन,' उनले भने।
रेग्मीका अनुसार समुद्री आँधीको यस्तो चरित्र यसअघि कहिल्यै नदेखिएकाले अध्ययनको विषय बनेको छ। ‘हाम्रो मात्र होइन, यसको पूर्वानुमानमा प्रयोग भएका सबै मोडल फेल खाएका छन्,' उनले भने, ‘भारतलगायत विश्वव्यापी रूपमा गरिएका अनुमान पनि गलत साबित भए।'
हुडहुडसँगै आएको बादल नेपाल–भारत सीमा क्षेत्रमै रोकिने र त्यसले ल्याएको जलवाष्पयुक्त बादल मात्र मध्य तथा पश्चिम नेपालमा बर्सिने सोमबार बेलुकीसम्मको अनुमान थियो। सोमबार रातिबाट भने भने यो उत्तरपूर्व दिशामा मोडियो। मंगलबार त यसको मुख्य अंश नै भारतका बिहार र उत्तर प्रदेशका केही भाग हुँदै नेपाल छिर्योा। ‘यसरी समुद्री आँधीले ट्र्याक परिवर्तन गरेको पहिलोचोटि हो,' रेग्मीले भने।
अर्का मौसमविद वरुणप्रसाद पौडेलको अनुमानमा हुडहुडसँगै आएको बादल आइतबार साँझ नै नेपाल छिरेको थियो। यसले उच्च हिमाली क्षेत्रको तापक्रम निकै घटाएर हिमपात गरायो। यस अवधिमा लमजुङदेखि वीरेन्द्रनगरबीच भारी वर्षा भएको उनले बताए।
‘हुडहुडले आफ्नो दिशा परिवर्तन गरेपछि नै त्यस क्षेत्रमा हिमपात भएको हुनसक्छ, पर्यटकले मौसमको सधैं ख्याल राखेका हुन्छन् तर यसपटक उनीहरू पनि यो बादल पश्चिम जाँदैछ भनेर झुक्किए,' रेग्मीले भने। सामान्यतया हिमाली क्षेत्रमा मंसिर, पुस र माघमा मात्र भारी हिमपात हुन्छ। यही अनुमानमा हिमाली क्षेत्र घुम्न गएका पर्यटक परेको हुनसक्ने उनले बताए।
महाशाखाका मौसमविद सुवास रिमालले भने सोमबार साँझ नै ‘हिमाली क्षेत्रमा भारी हिमपात हुँदैछ' भन्ने जानकारी दिएका थिए। हिमाली क्षेत्रको यात्रा स्थगित गर्न सर्वसाधारणलाई अपिल पनि गरेका थिए।
यसअघि गत शुक्रबार अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका मौसमविद तथा अनुसन्धानकर्ता रायन मौले हुडहुडले पार्ने असरबारे आफ्नो टि्वटरमा पूवार्नुमान सार्वजनिक गरेका थिए। उनले हुडहुडले भारतमा भारी वर्षा र नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याएका थिए। उनले हिमपातको मात्रासहित कम्प्युटरको एनिमेसन सार्वजनिक गरेका थिए। शनिबारदेखि बिहीबारसम्म हिमाली क्षेत्रमा एक्कासि हिमपात हुने उनले जनाएका थिए।
हुडहुडको उत्पत्ति भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा आठ दिनअघि भएको थियो। त्यो आँधी चार दिनअघि आइतबार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्नम बन्दरगाह हुँदै भूक्षेत्रमा प्रवेश गरेको थियो। हावाको गति प्रतिघन्टा १ सय ९५ किलोमिटर रहेको जनाइएको छ। यसबाट प्रभावित क्षेत्र २ देखि ३ सय किलोमिटरभित्र हो। यसभन्दा बाहिर र जमिनमा आइसकेपछि आँधीको प्रभाव कमजोर हुँदै जान्छ। आइतबार साँझ नै त्यसको केही अंश नेपाल भित्रिएको थियो।
मौसम पूवार्नुमान महाशाखाले पर्वतारोहीका लागि गर्ने मौसम पूर्वानुमानमा हिमपातलगायत ठूला घटना समेटिँदैन। एक्कासि देखापर्ने यस्ता घटनाको पूर्वानुमान गर्ने प्रविधि नै नभएको महाशाखा प्रमुख रेग्मीले बताए।
‘हामीले भर्खरै कम्प्युटर मोडल प्रयोग गर्न थालेका छौं। हिमपात पूर्वानुमान गर्न छुट्टै मोडल चाहिन्छ,' रेग्मीले भने। अहिले महाशाखाले डब्लुडब्लुडब्लु डट एमएफडी डट जोओभी डटएनपीमार्फत पर्वतारोहीका लागि हिमाली क्षेत्रको हावा र तापक्रमको मात्र पूर्वानुमान गर्दै आएको छ। त्यसमा तीन हजार मिटर माथिको हिमाली क्षेत्रको २४ घन्टाको मौसम पूवार्नुमान दिइन्छ।
हुडहुडका कारण भएको वर्षाले धान भित्र्याउन नपाएका कृषकलाई मौसमविदहरूले चार दिनसम्म मौसम सामान्य रहने जनाएका छन्। ‘चार दिनलाई धान काट्ने र भित्र्याउने गरे हुन्छ,' महाशाखाका मौसमविद वरुणप्रसाद पौडेलले भने।
उनका अनुसार हुडहुडको प्रभाव बिहीबारबाट पूर्ण रूपले हट्नेछ। कहीँ कतै हल्का बादल र छिटपुट वर्षाको सम्भावना भए पनि ठूलो वर्षाको सम्भावना नभएको उनले बताए। ‘नेपाल मात्र होइन, बिहार र उत्तर प्रदेशको आकाश पनि सफा छ,' उनले भने।
पौडेलका अनुसार सुदूरपश्चिमको डडेल्धुरा क्षेत्रमा कमजोर खालको मौसम विकास भएको देखिन्छ। ‘कमजोर न्यूनचापीय रेखा बसेको देखिन्छ, त्यसले त्यहीँ मात्र वर्षा गराउन सक्छ,' उनले भने।
हुडहुडले ल्याएको वर्षाले तराई तथा पहाडका कतिपय क्षेत्रमा काटेको धान खेतमै भिजेर बिग्रिएको अवस्था छ। अधिकांश स्थानमा एक्कासि आएको वर्षाले धान काट्ने, छाट्ने काम रोकिएको छ। कतिपय सर्वसाधारणले धान काट्न बोलाएका खेतालालाई पानी पर्ने डरले सोमबारै फिर्ता पठाएका थिए।

महाशाखाले गर्दैन हिमपातको पूर्वानुमान

‘धान काट्दा हुन्छ'