पोखरा-सरकारले कुनै रोजगारी देला भन्ने आस त युवाले गर्नै छाडे। यहीँ कतै कुनै इलम वा पेसा व्यवसाय गरौं त नि भन्ने युवाले गाडी चलाएर जीवन गुजारा गर्छु भन्ने सोच्यो भने पोखरा र आसपासमा त्यस्तो योजना पूरा हुन सक्दैन। सरकारले चारपांग्रे सवारी साधनको चालक अनुमतिपत्र दिन छाडेको डेढ वर्ष भइसक्यो। अब कहिले दिने हो, त्यो पनि टुंगो छैन।‘प्रयोगात्मक परीक्षालाई चाहिने पूर्वाधार पूरा गर्न नसकेर रोकिएको हो,' यातायात व्यवस्था कार्यालय, सवारी अनुमतिपत्र गण्डकीका प्रमुख लक्ष्मणविक्रम थापाले नागरिकसँग भने, ‘छिट्टै सुरु हुन्छ।' उनले जस्तै यसअघिका कार्यालय प्रमुखले छिट्टै हुन्छ भनेको डेढ वर्ष बितिसक्यो। र यसबीचमा ३ जना प्रमुख फेरिए।
एकातिर निजी सवारी चलाउने पनि अनुमतिपत्र लिन नपाउँदा सास्ती छ भने अर्कातिर गाडी चलाएर जीविकोपार्जन गर्न चाहनेलाई समस्या भएको छ। पोखरामा पोहोर वैशाखदेखि सबैखाले सवारीको लाइसेन्स वितरण रोकिएको थियो। मोटरसाइकलको लाइसेन्स वितरण भने केही समयपछि नै सुरु भयो। सवारी साधन चलाउन जाँच लिन आवश्यक मापदण्ड फेरिएसँगै त्यसअनुसार पूर्वाधार बन्न सकेको छैन। चारपांग्रेको लाइसेन्स सोही कारण अझै रोकिएको हो।
‘नयाँ मापदण्डअनुसार र्याकम, युटर्न, ट्राफिक लाइट, सिसी क्यामेरा र हडल्स पिच सबै पूरा भएका रहेनछन्,' भर्खर कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थापाले भने, ‘टी, ट्राफिक लाइट, युटर्न र पिच पूरा भएपछि लाइसेन्स वितरण सुरु भइहाल्छ।' बाँकी पूर्वाधार पूरा गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरी सोहीअनुसार इस्टमेट विभागमा पठाएको जानकारी थापाले दिए। त्यो बजेट पास भएर आएपछि पूर्वाधार बनाउन थाल्ने उनले बताए।
यातायात व्यवस्था कार्यालय गण्डकीले महिनामा १ हजार ५ सय जनालाई चालक अनुमतिपत्र वितरण गर्दै आएको थियो। तीमध्ये चारपांग्रेको अनुमतिपत्र लिने उल्लेख्य हुन्थे। अहिले भने चारपांग्रेको लिन काठमाडौं धाउनुपर्ने बाध्यता छ। ‘काठमाडौंमा देशभरिबाट आएर भीड लाग्दो रैछ,' लाइसेन्स लिन चाहेका युवा राजकुमार सुनारले भने, ‘काठमाडौं जाउआउ गर्दा र पालो पर्खंदा दिक्क भइने, खर्च पनि धेरै हुने।'
यातायात व्यवस्था विभागले लाइसेन्स वितरण गर्दा नयाँ तरिकाले प्रयोगात्मक परीक्षा लिने नियम बसाउँदै अघिल्लो माघमा नयाँ निर्देशिका जारी गरेको थियो। नयाँ निर्देशिका अनुसार पूर्वाधार पूरा गर्न यतिका समय लागेको हो। ड्राइभिङ स्कुल संघ गण्डकीका भूतपूर्व अध्यक्ष शिव बस्ताकोटीका अनुसार स्वदेशमै बसेर गाडी चलाउन चाहने र वैदेशिक रोजगारीमा जाने दुवैथरिलाई यो समस्याले पिरोलेको छ। ‘यहाँ लाइसेन्स बनाएर जाँदा विदेशमा पनि त्यहीअनुसार काम पाउन सजिलो हुन्थ्यो,' बस्ताकोटीले भने। लाइसेन्सजस्तो आधारभूत कागजपत्र वितरण रोक्नुलाई उनले नागरिक अधिकारमाथि रोकावटको संज्ञा दिए।
यातायात व्यवस्था कार्यालय गण्डकीले आर्थिक वर्ष २०६८/६९ मा करिब १५ हजार लाइसेन्स वितरण गरेको थियो। आव २०६९/७० को वैशाखसम्म करिब १६ हजार ५ सय लाइसेन्स वितरण गरेको थियो। लाइसेन्स वितरण रोकिँदा करोडभन्दा बढी रुपैयाँ राजस्व गुमेको अधिकारीहरु बताउँछन्।