'पैसा लिने तर सूचना नदिने गर्दा हिमपातमा धेरैको ज्यान गयो'
०१ कार्तिक २०७१
•
९ मिनेट पाठ
'पैसा लिने तर सूचना नदिने गर्दा हिमपातमा धेरैको ज्यान गयो'
पोखरा-फ्रान्सेली नागरिक पास्कल ग्रेलेट अन्नपूर्ण क्षेत्रमा हिमपात हुँदा उतै पदयात्रा गर्दै थिए। पहिल्यैदेखि त्यो बाटो हिँडिरहेको अनुभवले उनी हिमपातबाट भाग्दैभाग्दै जोमसोम आइपुगेर ज्यान जोगाए। केही दिनयता पोखरामै फुर्सदको समय बिताइरहेका उनलाई आफू बाँचेको हर्षभन्दा बढी अरु नै कुराले विस्मित बनाइरहेको छ। आफू अघिअघि हिँड्नाले बाँचे पनि पछि रहेकाहरु हितपातमा पुरिएर ज्यान गुमाए भन्ने खबरले उनलाई स्तब्धसँगै विस्मित पारिरहेको छ।

झन्डै ३ दर्जनको संख्यामा मानवीय ज्यान गुम्नुको कमजोरी उनी तिनै पदयात्रीलाई दिन चाहन्नन्। उनका विचारमा बेलामा मौसमी खबर नदिने नेपालको सरकारी निकायको कमजोरीका कारण ती नादान पदयात्रीको ज्यान गएको हो। यो साता आएको समुद्री आँधी हुडहुडपछि नेपालको हिमाली क्षेत्रमा भएको हिमपातका कारण अन्नपूर्ण क्षेत्रको पदयात्रामा गएका पदयात्रीले ज्यान गुमाए। थुप्रैको अत्तोपत्तो छैन।

यो क्षेत्रमा प्राकृतिक प्रकोपले त्यतिका पर्यटकको ज्यान पहिलोपटक गयो। पास्कलका विचारमा यस्तो घटना अहिले अनौठो भए पनि कुनै समय हुनसक्थ्यो। 'किनभने मौसम कतिसम्म खराब हुन्छ भन्ने जानकारी दिने निकाय अन्नपूर्ण पदमार्गमा भेटिएन,' उनले समस्याको बेलीविस्तार लगाए, 'न हिमपात हुन्छ भन्ने पूर्व जानकारी दिइएको थियो, न त्यसो भइहाल्यो भने गर्न सकिने कुनै उपायको बन्दोबस्ती। पर्यटकलाई नजाऊ भनिएन।'

लमजुङको बेसीसहरबाट सुरु भई मनाङ—मुस्ताङ हुँदै म्याग्दीसम्म आइपुग्ने अन्नपूर्ण फेरोको पदयात्रा मार्ग अत्यन्तै विकट र जोखिमपूर्ण मानिन्छ। पास्कलका अनुसार यो बाटोमा धेरै लामो हिँडाइ निर्जन र अनकन्टार ठाउँमा गर्नुपर्छ। 'घन्टौं हिँड्दा पनि एक छिन सुस्ताउने पाटीपौवा भेटिन्न,' उनी भन्छन्, 'त्यस्तो पाटी भएको भए हिउँ पर्दा त्यहाँ बसेर ज्यान जोगाउन सकिन्थ्यो।' टिनको छानो छाएर बनाउन सकिने सानो कटेरो र गोठजस्तो आश्रयस्थल पनि यो बाटोका निर्जन ठाउँमा नभेटिनुले पर्यटकको चित्त दुखाउने उनले बताए।

पदयात्रा क्षेत्रमा जाँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले प्रत्येक पर्यटकसँग २० अमेरिकी डलर शुल्क लिन्छ। त्यस्तै नेपाल पर्यटन बोर्डले पनि त्यति नै रुपैयाँ पर्यटक सूचना व्यवस्थापकनका लागि उठाउँछ। पास्कल त्यसरी उठाइएको पैसाबाट पदमार्गमा कुनै पनि पूर्वाधार तयार नगरिँदा यतिको मानवीय क्षति भएको औंल्याउँछन्। उनका अनुसार थोरङ्ला भन्ज्याङको फेदी वा मनाङ र मुस्ताङका विकट वस्तीमा एक दिनमा डेढ सय पर्यटकलाई मात्रै बास दिनसक्ने क्षमतामा होटल र लज छन्। तर एक्यापले भने जति पर्यटक आए पनि प्रवेश शुल्क २० डलर लिँदै पठाउने गर्छ।

'रातभर जाडोमा कठ्याङ्ग्रिएर बस्नुपर्छ, सुत्ने ठाउँ हुँदैन भन्ने जान्दाजान्दै प्रवेश दिनु भएको पैसा उठाउनेबाहेक अरु कुनै उद्देश्य नहुनु हो,' पास्कलले नागरिकसँग भने। एक्यापले प्रवेश शुल्क लिएर बेसीसहर र मनाङको चामेमा त्यो शुल्क तिरेनतिरेको जाँच्ने अफिसबाहेक कुनै सूचना केन्द्र पदमार्गमा नखोलेको उनी बताउँछन्। 'सूचना व्यवस्थापनलाई भनेर लिइने 'टिम्स' शुल्कबाट पनि अहिलेसम्म केही गतिलो काम नगरिएको उनको अनुभव छ। हुन पनि नेपाल पर्यटन बोर्डले लिने उक्त शुल्क अघिल्लो वर्षसम्म मात्रै पनि १६ करोड रुपैयाँ जम्मा भएको थियो। त्यो रकम अझै बढेर गए पनि थन्किएको मात्रै छ। त्यसबाट अहिलेसम्म अन्नपूर्ण पदमार्ग क्षेत्रमा बोर्ड माखो मारेको छैन। यसै पनि भ्रष्टाचार प्रकरणले विवादमा परेपछि बोर्डबाट कुनै काम भएका छैनन्। बोर्ड सदस्य टीकाराम सापकोटा बोर्डले कुनै काम गर्न नसकेको स्वीकार्छन्। 'हामी नीति नियम बनाउँछौं, व्यवस्थापन लफडा परेर अल्झिनाले कुनै काम हुन सकेको छैन,' उनले नागरिकसँग भने।

एक्याप पोखराका प्रमुख लालप्रसाद गुरुङ मौसमको पूर्वानुमान नहुनाले पर्यटकलाई बेलामा सूचित गर्न नपाएको बताउँछन्। 'पहिला त मौसम राम्रै थियो र पर्यटकलाई प्रवेश दियौं,' उनले नागरिकसँग भने, 'जब बिग्रियो अनि रोक्यौं तर गइसकेकाहरुको त्यो हालत भयो।' समुद्री आँधी आउँदा नेपालको हिमाली क्षेत्रसम्म त्यसको प्रभाव पर्छ भन्ने मौसमी अनुमानको जानकारी एक्याप आफैंलाई नभएकाले यस्तो दुर्घटना भएको उनको भनाइ छ। तर उनी पास्कलले भने झैं बीचबीचमा पाटीपौवा बनाउनुपर्ने कुरामा भने सहमत देखिए। बेलैमा मौसमी पूर्वानुमान गर्नसक्ने संयन्त्र बनाए अबका दिनमा यस्तो मानवीय क्षति नहुने गुरुङ बताउँछन्।

अहिलेसम्म जति जनाको मृत्युको खबर आए पनि सयौंको संख्यामा पर्यटक वेपत्ता भएको हुनुपर्ने पास्कलको अनुमान छ। कति नेपाली गएका छन् र कति आए भन्ने जानकारी सरकारी निकायहरुसँग नभएकाले उनको अनुमान सत्यको नजिक हुनसक्छ। पास्कल यसअघि पनि ४ पटक अन्नपूर्णको यात्रामा गइसकेकाले बन्दोबस्तीका साथ गएका थिए। 'तर अरुलाई यस्तो ठाउँमा यस्ता यस्ता उपकरण लिएर जानुपर्छ भन्ने कोही भएन,' उनी भन्छन्, 'टिम्स शुल्क उठाउने र एक्याप दुवैले पैसा उठाउनेबाहेक केही सोचेनन्।'

जोखिमपूर्ण पदयात्रामा जाँदा राम्रा पथप्रदर्शन र भरिया दिन नसक्नु ट्रेकिङ एजेन्सीहरुको कमजोरी भएको उनी औल्याउँछन्। बाटोघाटोमा भेटिने सर्वसाधारण नेपालीको मायाबाहेक सरकारी निकाय पदमार्गमा कतै जिम्मेवार नदेखिएको उनको अनुभव छ। 'यस्तो पाराले यहाँको पर्यटन उद्योग चल्न सक्दैन,' आफैं पनि फ्रान्समा रेस्टुरेन्ट व्यवसाय गर्ने पास्कलले भने, 'इन्टरनेटमा यहाँको अनुत्तरदायीपनाको बारे धेरै प्रचार भइसकेको छ। बेलैमा सोच्नुपर्छ। गएको २१ वर्षदेखि ३० पटकसम्म नेपाल आइसकेका पास्कल पर्यटकबाट पैसा कमाउने हो भने उनीहरुको बाटोमा सुविधा पनि दिन सुझाउँछन्। 'राम्रो सूचना पाइन्छ भने र सुविधा हुन्छ भने हामी २० त के १०० डलर तिरेर पनि जान तयार हुन्छौं,' उनले भने, 'यति राम्रो नेपालको हिमाली क्षेत्रमा व्यवस्थापकीय कमजोरी हुन सुहाएन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस