स्वास्थ्य कर्मचारीको भरमा चल्दै रौतहटका पालिकाहरू
१२ मंसिर २०७८
•
२ मिनेट पाठ
स्वास्थ्य कर्मचारीको भरमा चल्दै रौतहटका पालिकाहरू
रौतहटका पालिकाहरुमा स्वास्थ्यका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने होड नै चलेको छ। स्थानीय तहका निर्वाचित प्रमुखको नजिकका स्वास्थ्य कर्मचारीहरुले धमाधम निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्।




नगरपालिकामा उपसचिवस्तरको प्रशासकीय प्रमुख हुनुपर्नेमा रौतहटका अधिकांश पालिकामा नियमानुसार कार्यालय प्रमुख रहेका छैनन्। झन् स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले स्थानीय तहको प्रशासनिक नेतृत्व गरिरहेका छन्।

माधव नारायण नगरपालिकामा गत शुक्रबार जियालाल राय यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। नगरपालिकाका मेयर वीरेन्द्र राय यादवको गाउँ दीपहीकै र आफन्त भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न कुनै अप्ठ्यारो परेन। गत छ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका प्रलभ कायस्थको सरुवा भएपछि मेयरको गाउँकै स्वास्थ्यकर्मीले नपाको प्रशासन हाँक्ने जिम्मेवारी पाएका हुन्।

रौतहटको माधव नारायण, राजदेवी, बौधीमाई र गुजरा नगरपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेहरु स्वास्थ्यकर्मी नै हुन्। यसैगरी यमुनामाई र दुर्गा भगवती गाउँपालिकाका प्रशासकीय प्रमुखहरु स्वास्थ्यकर्मी नै हुन्।

राजदेवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सुबोध साह, बौधीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामेश्वर यादव, गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु यादव र गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवाल रहेका छन्। जिल्लामा रहेका दुई गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परमानन्द पाठक र यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुखमा परमानन्द पाठक रहेका छन्।

स्थानीय तहको निर्वाचन आउन थालेको भन्ने हल्ला रहेको समयमा आफूले अह्राएको मान्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकांश पालिकाका निर्वाचित प्रमुखहरुले खोजिरहेका छन्। पालिकाको निगरानीमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवाका कर्मचारीहरु आएपछि अधिकांश पालिकाका निर्वाचित प्रमुखहरुले स्वास्थ्यकर्मीलाई रोज्न थालेका छन्।

रौतहटमा रहेको १८ पालिकामध्ये एक तिहाई पालिकामा स्वास्थ्यकर्मी नै निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्नुले यसै कुरालाई पुष्टि गरेको छ। शिक्षामा प्रथम श्रेणीको शिक्षक रहेको ठाउँमा पनि स्वास्थ्यका पाँचौबाट छटौँ तहमा बढुवा भएका तृतीय श्रेणीका स्वास्थ्य अधिकृतहरुले पालिका चलाइरहेका छन्।

अहेव, एचए र आयुर्वेद एचएबाट बढुवा भएर छैटौँ तहमा पुगेकाहरुको भरमा स्थानीय तह चल्न थालेपछि पालिकाहरुले खासै प्रगति गर्न सकेका छैनन्। देशको स्वास्थ्य सूचकांकमा रौतहट निकै तल रहेको छ। झन् स्वास्थ्य क्षेत्रका कर्मचारीले पालिकाको प्रशासन चलाउनमा जोडबल गर्न थालेपछि जिल्लाको स्वास्थ्य सूचकांक अझ प्रभावित हुने स्थानीयको भनाइ छ।
अर्को समाचार
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
२९ माघ २०८०
•
२ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
फाइल तस्वीर
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामहरूसमेत प्रभावित भएका हुन्।




लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिकाका कामहरू भइरहेका छन्। जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण कामहरू प्रभावित हुने गरेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीलाई तोकिएको थियो।

फेरि बिचमा दानबहादुर एडी प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक दिन हाजिर भएका थिए। एक महिना पुग्दासमेत एक दिन हाजिर भएर फर्केका एडी पुनः नगरपालिकामा फर्केर आएका छैनन्।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयमार्फत एडी अन्तै सरुवाको तयारीमा रहेका छन्। आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्दा विकास योजना लगायतका कामहरूको भुक्तानी, कर्मचारीको तलबलगायतका काममा बर्सेनि समस्या झेल्ने गरेको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कर्मचारी भेट्नै मुस्किल हुने गरेको स्थानीय गणेश शाहीले बताए।

नगरबाट दसैंपछिबाट तलब निकासा नभएको आठबिस नगरपालिका–८ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डरेन्द्रबहादुर चन्दले बताएका छन्। ‘तीन महिनाको अन्तरमा तलब आउनुपर्नेमा दसैंपछि एक पटक पनि तलब आएको छैन्।’

प्रधानाध्यापक चन्दले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब खान नपाइएको हो।’

तलबका लागि आठबिसमा शिक्षक महासंघले विज्ञप्ति निकालेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई बुझाएका छन्।

तलब समयमा नपाउँदा निकै सकस हुने गरेको शिक्षकहरूको दुखेसो छ। नगरमा ५९ विद्यालयमा ४०२ शिक्षक कार्यरत छन्। ५९ विद्यालयका कुनै पनि शिक्षकले दसैंयता तलब खान नपाएको आठबिस नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठबिस नगरपालिकामा कार्यरत कर्मचारीले पनि लामो समयदेखि तलबभत्ता खान नपाएको स्वास्थ शाखा प्रमुख देवबहादुर तिमिल्सेनाले बताए।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस