काठमाडौं- हिमपातमा ज्यान गुमाउनेको संख्या आइतबार साँझसम्म ४० पुगेको छ। घाइते र उद्धार गरिएकाहरूको नाम र संख्या रेकर्ड राख्न सरकार असफल छ। हराइरहेका सर्वसाधारणतिर त ध्यान दिनै भ्याएको छैन।
उद्धार गरिएका पर्यटकले स्पष्ट शब्दमा भनेका छन्, 'हामीलाई खराब मौसमको सूचना कसैले दिएनन्।'
उच्च हिमाली क्षेत्रको मौसम छिनछिनमा फेरिन्छ। पदयात्रामा जाने पर्यटकलाई यसको नियमित जानकारी नभए जुनसुकै बेला जे पनि विपत आइपर्नसक्छ। यसपालि मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पालगायत जिल्लामा त्यस्तै भयो।
जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक मणिरत्न शाक्य पर्यटकलाई समयमै खराब मौसमको जानकारी दिन नसक्दा मानवीय क्षति बढी भएको स्वीकार गर्छन्।
मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी 'हुडहुड'को प्रभावबारे केही अनुमान गरे पनि यति ठूलो हिमपातको आँकलन गर्न सकेको थिएन। महाशाखाको दैनिक बुलेटिन र विज्ञप्तिमा 'हिमपात' भन्ने शब्द उल्लेखै थिएन। अन्तर्राष्ट्रिय संघ–संस्था र विज्ञले भने पूवार्नुमान गरिरहेका थिए।
हुडहुड नेपाल छिर्नुअघि अघिल्लो शुक्रबार अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका मौसमविद तथा अनुसन्धानकर्ता रायन मौले 'शनिबारदेखि बिहीबारसम्म हिमाली क्षेत्रमा हिमपात हुने' पूर्वानुमान आफ्नो टि्वटरमा सार्वजनिक गरेका थिए। हुडहुडका कारण भारतमा भारी वर्षा र नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याउँदै उनले हिमपातको मात्रासहित कम्प्युटर एनिमेसन तस्बिरसमेत सार्वजनिक गरेका थिए।
महाशाखाका मौसमविद सुवास रिमालले भने सोमबार सा“झ मात्र 'हिमाली क्षेत्रमा भारी हिमपात हुँदैछ' भन्ने मौखिक जानकारी दिए। हिमाली क्षेत्रको यात्रा स्थगित गर्न सर्वसाधारणलाई अपिल पनि गरे।
त्यतिन्जेल ढिला भइसकेको थियो। पदयात्रामा निस्किसकेका पर्यटकलाई यात्रा क्रममै मौसमसम्बन्धी जानकारी दिएर विपत टार्न सकिन्थ्यो, तर यसनिम्ति सम्बन्धित निकाय चनाखो भएनन्।
पर्यटन क्षेत्रकै कमाइबाट चल्दै आएको नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) ले समेत पर्यटकलाई मौसमको जानकारी दिन व्यवस्थित र प्रभावकारी संयन्त्र स्थापना गरेका छैनन्। कतिसम्म भने, बोर्डले पर्यटकलाई दिनुपर्ने सूचनाको सूचीमा 'मौसम' लाई समावेश गरेको छैन।
बोर्डका प्रवक्ता आदित्य बराल पर्यटकलाई मौसमसम्बन्धी जानकारी उपलब्ध गराउनमा पर्यटनसम्बन्धी संघ–संस्था चुकेको स्वीकार गर्छन्। 'सूचना दिनुपर्ने हामीले पनि हो, दिएको भए सायद यति धेरै क्षति हुँदैनथ्यो,' उनले नागरिकसँग भने, 'हामी पनि चुक्यौं।' पर्यटकलाई मौसमको जानकारी दिन समन्वय र संरचना नै बनाउन नसकेको उनले बताए।
बोर्डले पदयात्रामा निस्केका पर्यटकलाई अनुगमन गर्न टाइम कार्डको व्यवस्था गरेको छ। त्यसमा पर्यटकको ओहोरदोहोरलगायत अन्य गतिविधि अनुगमन गरिन्छ। मौसमसम्बन्धी सूचना भने पर्दैन।
बरालका अनुसार मौसमको सूचना उपलब्ध गराउने विषयमा पटकपटक छलफल नभएका होइनन्। ती छलफलभन्दा अगाडि बढ्नै सकेनन्। यसको कारण सूचनाको कमी होइन, तत्परताकै अभाव हो।
टानका अध्यक्ष रमेश धमलाले पनि मौसमको सूचना दिन कुनै संयन्त्र नभएको बताए। 'हामीले पनि सरकारकै पूर्वानुमानको सहारा लिने हो, त्यसलाई संगठनमा आबद्ध कम्पनीहरूलाई इमेलबाट पठाउँछौं,' उनले भने, 'तर, त्यो प्रभावकारी हुन सकेको छैन। हाम्रो मौसम विभाग कति बलियो छ भन्ने त सबैलाई थाहा छँदैछ।'
पर्यटकको जीउज्यानसँग सम्बन्धित सूचना दिन पनि नसक्ने यी संस्थाले यही क्षेत्रबाट हुने आम्दानी भने आपसमा बाँडफाँट गरिरहेकै छन्।
बोर्डको आम्दानी यो वर्ष १ अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान छ। अघिल्लो वर्ष ५९ करोड थियो। टान र बोर्डले टाइम कार्डबापत पर्यटकबाट शुल्क लिने गरेका छन्। त्यो ३३ प्रतिशत आ–आफ्नो खातामा र ३४ प्रतिशत संयुक्त खातामा राखेर काम गरिरेहका छन्।
हिमपातमा सबैभन्दा बढी मानवीय क्षति अन्नपूर्ण संरक्षण क्षेत्रभित्र भएको छ। भारी हिमपात र क्षति भएको पदमार्ग यही क्षेत्रमा पर्छ। यहा“ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति दुई सय र त्यसबाहिरका प्रत्येक पर्यटकबाट दुई हजार रुपैयाँ उठाउदै आएको छ। वार्षिक १७/१८ करोड रुपैयाँ उठ्छ। यो रकमले यहाँ आउने पर्यटकलाई नियमित मौसम परिवर्तनको जानकारी दिन सकिन्छ। तर, एक्यापले यसको संयन्त्र बनाएकै छैन।
'मौसमको सूचना हामीले पनि दिनुपर्ने हो तर हामीले नै थाहा पाएनौं,' एक्यापका प्रमुख लालप्रसाद गुरुङले भने।
उनका अनुसार एक्याप व्यवस्थापन पनि सरकारी सूचनाकै भरमा चलेको छ। कतैबाट आइहाले पर्यटकलाई जानकारी गराइए पनि आफैं खोजीनिती गर्ने चलन छैन। यो संस्थाले हिमपातबारे दुई–तीन दिनअघि नै सूचना पाएर पर्यटकलाई प्रवेशद्वारमै रोक्न सकेको भए यति ठूलो क्षति हुँदैनथ्यो।
मौसम पूर्वानुमान महाशाखा आफैं पनि साधनस्रोत सम्पन्न छैन। संसारमा मौसम र जलवायुको सूचनाका लागि धेरै स्रोत छन्। तिनका पूर्वानुमानको अध्ययन, अनुसन्धान र विश्लेषणलाई पनि आधार बनाउनुपर्ने शाक्य बताउँछन्। 'नासाको तस्बिर र त्यसको रिपोर्टमा हिमपातको अनुमान गरिए पनि हाम्रा मौसमविद्ले त्यसलाई पछ्याउन सकेनन्,' शाक्यले भने।
एक्कासि देखापर्ने मौसमी गतिविधि पूर्वानुमानका लागि दुईवटा प्रविधि अत्यावश्यक हुन्छ– राडार र रोडिओसोन बेलुन। विभागले यी प्रविधिबारे कुरा गर्न थालेको एक दशकभन्दा बढी भइसक्यो। स्थापनाको प्रक्रिया पनि सुरु भयो, तर त्यत्तिकै थन्कियो।
राडार नभए पनि रेडिओसोन बेलुन उडाउन सकिए धेरै हदसम्म मौसमी गतिविधिको सही पूवार्नुमान हुने शाक्य बताउँछन्। उनका अनुसार यसबाट कम लगानीमै बादलको गतिविधि, त्यसले पार्ने पानी र हिउ“को अवस्था, हावाको गति र दिशा पूर्वानुमान गर्न सहयोग पुग्छ।
यसअघि राडार स्थापनाका लागि नगरकोटमा जग्गा हेरिएको थियो। जडाननिम्ति अध्ययन गर्न भारतीय प्राविधिक नेपालसमेत आएका थिए। पहिलो प्रस्ताव गरिएको जग्गामा असफल भएपछि अर्को ठाउँ फूलचोकी छानियो। त्यहा“ पनि जडान भएन।
यतिमात्र होइन, भारतले सार्कमार्फत् नेपाललाई राडार उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। 'पूर्व, मध्य र पश्चिममा तीनवटा राडार जडान गरेर त्यहीअनुरुप जनशक्ति भयो भने मात्र पूर्वानुमान सही हुन सक्छ,' शाक्यले भने।