चितवन-बाघले आक्रमण गर्दा चितवन मंगलपुर-५ का भीम बोटे गम्भीर घाइते भएका छन्। आइतबार बिहान साढे १० बजे तिर बोटेलाई ज्ञानेश्वर सामुदायिक वनभित्र पर्ने नारायणी नदी किनारमा बाघले आक्रमण गरेको हो।
ज्ञानेश्वर सामुदायिक वनका पूर्वअध्यक्ष सुरबिर पोखरेलका अनुसार बोटेको घाँटीमा चोट लागेको छ। सो क्षेत्रमा असोज २१ यता बाघ आक्रमणको यो तेस्रो घटना हो। जस्मा दुईजनाको ज्यान गएको गइसकेको छ। बाघले आक्रमण गर्दा असोज २१ मा मंगलपुरदेखि पश्चिम दिब्यनगका एकजना बोटेले ज्यान गुमाएका थिए। त्यसको चार दिनपछि असोज २५ मा मंगलपुरसँगै जोडिएको मझुवा सामुदायिक वनका हेरालु गोपी तमाङलाई बाघले आक्रमण गरेर मारेको थियो।
दिश्यनगर, मझुवा र ज्ञानेश्वर सामुदायिक वनमा आक्रमण गर्ने बाघ एउटै भएको स्थानीयको भनाइ छ। निकुञ्जले सो बाघ खोज्न हात्तीसहितको टोली परिचालन पनि गरेको थियो। तर बाघ नियन्त्रणमा आउन गाह्रो भएको निकुञ्जले जनाएको छ। घाइतेको उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ।