स्वरोजगार कोष: बेरोजगारले पाउँदैनन्, पाएकाले तिर्दैनन्
०९ कार्तिक २०७१
•
६ मिनेट पाठ
स्वरोजगार कोष: बेरोजगारले पाउँदैनन्, पाएकाले तिर्दैनन्
पोखरा-इलम गर्ने इच्छा भएका तर पैसा नभएका बेरोजगार युवालाई लक्ष्य गरेर सरकारले बिनाधितो ऋण दिने योजना ल्यायो। युवा तथा साना व्यवसायी स्वरोजगार कोष नै स्थापना गरेर सरकारले थालेको अभियानअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले पोखराका लागि १ करोड रुपैयाँ ल्याएको थियो। तर, उसले अघिल्लो वर्ष ल्याएको त्यो रकमबाट जम्मा ५ जनालाई एक/एक लाख लगानी गर्योक। ९५ लाख फिर्ता गयो।




त्यही पाँच लाख उठाउन पनि वाणिज्य बैंकको तालचोक शाखालाई अहिले हम्मे परेको छ। लेखनाथ–११ का भीमबहादुर गुरुङले गाईभैंसी पाल्न भनेर २०६९ चैत २१ गते १ लाख लगेका थिए। त्यसयता एक किस्ता बुझाएका उनको अत्तोपत्तो छैन। अब उनले बैंकलाई ९० हजार बुझाउन बाँकी नै छ।

लेखनाथ—९ की शोभा बास्तोलाले गाईभैंसी पाल्न भनेरै २०७० वैशाखमा स्वरोजगार कोषबाट ऋण लिइन्। उनले अलिअलि ब्याज बुझाइन् त्यसपछि बैंकमा नाकमुख देखाएकी छैनन्।

खड्कबहादुर परियार अर्का त्यस्तै युवा हुन्, जसले बैंकबाट लगेको ऋण अहिलेसम्म तिरेका छैनन्। आधा बुझाएपछि उनले बैंक टेकेका छैनन्।

'सरकारी पैसा हो तिर्नुपर्दैन भन्ने ठान्छन्,' बैंकका लेखापाल तुलसी भण्डारीले भने, 'त्यही मानसिकता भएकाहरु धेरै भएकाले बैंकले थप लगानी गरेको छैन।' पोहोर १ करोड आएकोमा पाँचजनालाई र यसपालि फेरि त्यति नै आएकोमा दुईजनालाई मात्रै लगानी गरेको उनले जानकारी दिए। 'अब ९८ लाख रुपैयाँ बाँकी छ,' उनले भने।

बेरोजगारलाई इलमी बनाउन सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण वाणिज्य बैंकबाट पोखराका ५ सहकारीले दिन्छन्। वाणिज्य बैंकले १ करोड ल्याएजस्तै सहकारीले ५०/५० लाख रुपैयाँ ल्याएका छन्। बैंकले ७ र सहकारीले १ सय ४२ जनालाई लगानी गरेको कोषका जिल्ला सदस्य सचिव रमेश नेपाली बताउँछन्।

विशुद्ध बेरोजगार युवालाई उद्यमी वा व्यवसायी बनाउने उद्देश्यले सरकारले कोषमार्फत ऋण दिने नीति बनाएको हो। तर, कास्कीमा धेरैजसो सहकारीले पहिल्यै उद्योग–व्यवसाय थालेकालाई लगानी गरिरहेका छन्। बिबी क्षेत्रीले गण्डकी माछापुच्छे्र सञ्चार सहकारीबाट भर्खरै २ लाख रुपैयाँ ऋण पाएका छन्। उनी ऋण पाउनुअघि बेरोजगार थिएनन्। नयाँबजारमा उनको आफ्नै कपडा पसल थियो। 'चार लाख लगानी गरेको थिएँ, सहकारीबाट ऋण लिएर दुई लाख थपें,' उनले नागरिकसँग भने। व्यवसाय विस्तार गर्ने उद्देश्यले ऋण वितरण गर्नु कोषको मर्मविपरीत हो। तर, सहकारीले त्यसै गरेका छन्। दिएको ऋण उठ्ने कन्फर्म हुने ठानेर पहिल्यै व्यवसाय गरिरहेकालाई नै उनीहरुले ऋण दिएका हुन्। तर, सरकारको उद्देश्य भने कहिल्यै पेसा–व्यवसाय नगरेको र लगानी गर्ने पूँजी नभएकालाई ऋण दिएर स्वरोजगार बनाउने भन्ने हो।

पोखराको हङकङ बजारमा कपडालगायत पसल गरिरहेका पुरानै व्यवसायीलाई ऋण दिइएको आरोप सहकारीलाई लागेको छ। तर, गण्डकी माछापुच्छे्र सहकारी सचिव एलपी बन्जारा भने उत्पादन बढाउने खालको प्रस्तावलाई स्वीकृत गरिएको बताउँछन्। 'जम्मा ५० लाख आएको थियो, त्यो पनि ४३ जनालाई दियौं, त्यसैले सरकारले भनेजस्तो सबैका भागमा दुई लाख रुपैयाँ परेको पनि छैन,' उनले भने, 'ऋण लगेजतिले राम्रो काम गरेर किस्ता बुझाइरहेका छन्, बरु ऋण पाँच लाख रुपैयाँसम्म चाहियो भन्ने माग आइरहेको छ।'

कोषमार्फत वितरण हुने ऋणमा वार्षिक १२ प्रतिशत ब्याज लाग्छ। यो ऋण लिन धितो राख्नुपर्दैन। त्यसैले युवा बेरोजगारका लागि यो लाभदायक छ। धितो नराखी ऋण दिने अरु बैंक तथा वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी ब्याज लिन्छन्। कोषले लिने १२ प्रतिशत ब्याजमध्ये ६० प्रतिशत पछि फिर्ता हुन्छ। तर, त्यसका लागि ऋणीले सबै सावाँ र ब्याज बुझाइसक्नुपर्छ।

कोषको ऋण दिन उद्योग वाणिज्य संघका अध्यक्षको संयोजकत्वमा एउटा समिति हुन्छ। त्यही समितिको सिफारिसमा सहकारी र बैंकले ऋण दिने हो। पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जीव कोइराला कोषको ऋण पुरानै व्यवसायीमध्येमा पुगेको बताउँछन्। 'धेरैले आफ्नो व्यवसाय विस्तार गर्न ऋण लगेका छन्,' उनले भने, 'नयाँ व्यवसाय सुरु गर्ने कम छन्, यो कमजोरी कास्कीमा छ।' ऋण लगेकाले के–कस्तो व्यवसाय र उद्यम गरेका छन् भन्ने अनुगमन गर्न गतिलो संयन्त्र छैन। कोषका जिल्लास्थित सदस्य सचिव एक्लैले त्यो भ्याउन सम्भव छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस