डडेल्धुरा-जिल्ला वन कार्यालयले गत वर्ष महाभारत क्षेत्र संरक्षणका नाममा आएको १५ लाखभन्दा बढी रकम होर्डिङ बोर्ड र गोष्ठी सञ्चालनमा खर्च गरेको खुलासा भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, डोटी र अछामले महाभारत क्षेत्र संरक्षणका नाममा बर्सेनि लाखौं रकम खर्च गर्ने गरेका छन्। तर, अहिलेसम्म संरक्षणको काम सुरुसम्म हुन सकेको छैन।सरकारी क्षेत्रबाट चुस्त रुपमा संरक्षणको काम नगर्दा महाभारत क्षेत्र सखाप भइरहेको छ। ‘योजना बन्छन्, पैसा आउँछ,' नेपाली कांग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, ‘महाभारत संरक्षणका नाममा बह्मलुट भइरहेको छ।' जिल्ला वन कार्यालयले संरक्षणका नाममा गोष्ठीबाहेक केही काम गरेको छैन। सुदूरपश्चिमका अछाम, डोटी र डडेल्धुराले पाँच वर्षमा ३ करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ।
गत वर्ष जिल्ला वन कार्यालयमा आएको पैसा वनकर्मीले २/४ वटा गोष्ठी गरेर सिध्याएका थिए। डिएफओ धनचन्द ठकुरीको पालामा ६ वर्षपहिले महाभारत संरक्षण गुरुयोजनाको तयारी सुरु भएको थियो। त्यसैबेलादेखि प्रत्येक वर्ष महाभारत संरक्षणको नाममा ठूलो रकम खर्च हुने गरेको छ। ‘प्रत्येक वर्ष बजेट आउँछ भन्ने सुनेकी छु,' सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) डडेल्धुराकी महासचिव कमला बिष्टले भनिन्, ‘कर्मचारीकै मिलेमतोमा एक/दुई गोष्ठी गरेर सकिँदो रहेछ।' जिल्ला वन कार्यालयले अतिक्रमणकारी हटाउने भन्दै वर्षमा एकपटक अन्तर्क्रिया गर्ने गरेको छ।
महाभारत संरक्षणको रकम कार्ययोजनाअनुसार नै खर्च भएको निमित्त जिल्ला वन अधिकृत लक्ष्मीदत्त जोशी बताउँछन्। तर, फेकोफन डडेल्धुराका महासचिव बिष्टले अहिलेसम्म महाभारत संरक्षणका लागि कुनै काम भएको नदेखेको बताइन्। ‘आफूले अहिलेसम्म महाभारत संरक्षणका लागि कुनै काम गरेको देखेकै छैन,' उनले भनिन्, ‘हामी सोही क्षेत्रमा वषर्ौंदेखि काम गरिरहेका छौं।' ५/६ वर्षदेखि वन कार्यालयले महाभारत संरक्षणमा कुनै समन्वयसमेत गरेको छैन।' वन कार्यालयकै कर्मचारी र केही स्थानीयलाई जम्मा गरेर डडेल्धुरा र भित्रीमधेसको जोगबुढामा गत वर्ष वन कार्यालयले गोष्ठी सञ्चालन गरेको थियो।
बर्सेनि आउने रकमबारे वनले असार मसान्तपछि मात्रै जानकारी दिने गरेको डडेल्धुरा कांग्रेस सचिव लोकराज भट्ट बताउँछन्। ९५ किलोमिटर क्षेत्रमा बर्सेनि तीन जिल्लाले गर्ने खर्च करोड पुग्छ। पाँच वर्षमा वन कार्यालयले महाभारत क्षेत्रमा भएको अतिक्रमणको एक बस्ती पनि हटाउन सकेको छैन। महाभारत क्षेत्रमा भएको लगानी पारदर्शी गर्न राजनीतिक दलले माग राखेका छन्। डडेल्धुरा, अछाम र डोटी जिल्लाले खर्च गर्ने लाखौं रकमले अहिलेसम्म कुनै उपलब्धि नगरेको दलको दाबी छ।
महाभारत अतिक्रमण गर्दा चितुवा, भालु, घोरल र जरायोजस्ता महत्वपूर्ण जनावर लोप भइरहेका छन्। सुगन्धबाल, अमला, रिट्ठा, हर्रो र बर्रोसहित ६ प्रकार महत्वपूर्ण जडीबुटी मानव अतिक्रमणका कारण नाश हुँदै गएका छन्। डडेल्धुराको साउखर्क, मेलखर्च, रुपालको भागेश्वर, काफलीलगायत क्षेत्रमा अतिक्रमण तीव्र छ।
महाभारत वन क्षेत्रमा पाइने लोपोन्मुख पाटेबाघ, हरिण र अन्य जंगली जनावर बचाउन काम सुरु भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ।