इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिएको इलाम शोकमा डुबेको छ।दुर्घटनाको खबर पाएलगत्तै मृतकका आफन्त इलामबाट घटनास्थलतर्फ लागेका छन्। घाइतेको चितवन र मकवानपुरका अस्पतालमा उपचार भइरहेको छ। ३४ सिटको बसमा दसैं–तिहार मनाएर राजधानी फर्किने इलामेली थिए।
सदरमुकामबाट राजधानीका लागि शुक्रबार अपरान्ह साढे १ बजे छुटेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बस्तीपुरमा दुर्घटना हुँदा त्यसमा सवार १० जनाको मृत्यु भएको खबर शनिबार सबेरै जिल्लाभर फैलिएको थियो।
राजधानीबाट विराटनगरतर्फ आइरहेको शुभश्री डिलक्ससँग ठोक्किएर भएको दुर्घटनामा मेट्रो डिलक्समा सवार झण्डै ३४ यात्रुमध्ये १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा इलाम नगरपालिका–३ की रक्षा श्रेष्ठ र इलाम नगरपालिका–२ की सुजाता काफ्ले, इलाम नगरपालिका–४ की इसा कार्की, इलाम नगरपालिका–८ का रोशन भट्टराई, इलाम नगरपालिका–६ का प्रिजज दाहाल, बरबोटे धारापानीका प्रवीणराज आचार्य, नामसालिङका मिलन अधिकारी र आस्था नामकी थर नखुलेकी एक महिला छन्।
यस्तै, इलामबाट बस चढेकी रसियन युवती दरिया मल्चापोभाको पनि मृत्यु भएको छ। चिया सम्बन्धी अध्ययन गर्न इलाम आएकी उनी मंगलबारे–पानीटार क्षेत्रको स्थलगत अध्ययनपछि राजधानी फर्किंदै थिइन्। ठक्कर दिने बसमा सवार इटहरीकी शान्ता लुईंटेलको पनि मृत्यु भएको छ।
झण्डै सात सय किलोमिटर टाढाको राजधानीका लागि छुटेको बस दुर्घटनामा परेपछि मृतकका आफन्त बिहानै घटनास्थलतर्फ लागेका हुन्। मृतक रक्षाका ससुरा रामचन्द्र श्रेष्ठ, रोशनका बुवा माधव भट्टराई, सुजाताका बुवा सुरेश काफ्लेसमेत बस्तीपुरतर्फ लागेका छन्।
बस चालक अरविन्द तामाङको तिघ्रामा चोट लागेकाले उपचारका लागि राजधानी लगिएको छ भने शुभश्री डिलक्सका चालक फरार छन्।