गुल्मी- गुल्मीको अश्लेवामा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ। १६ जना भने घाइते भएका छन्। घाइतेमध्ये १३ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। हँसरा खैरेनीबाट बनभोजका लागि अश्लेवा गएको लु१च ४८७७ नम्बरको जीप फर्किने क्रममा अश्लेवा-६ को दमार भन्ने स्थानमा दुर्घटना भएको हो। जीप सडकबाट ३ सय ५० मिटर तल खसेको छ।
अर्को समाचार
बनभोज गएको जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते
अर्को समाचार
बनभोज गएका बालबालिका चढेको ट्रयाक्टर दुर्घटना
एकको मृत्यु, १५ घाइते-
धनगढी, कार्तिक ७ (नागरिक)- बनभोजमा गएका बालबालिका चढेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १५ बाल बालिका घाइते भएका छन्। कैलालीको गोदावरी-७ बुढेतोला पिकनिक खान गएका गोदावरी गाविस-२ ओलानीको सन्तोषी बाल क्लबका बालबालिका चढेको से.१त.२८८९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो।
बुढीतोलामा पिकनिक खाएर घर फर्किरहेका बालबालिका चढेको सो ट्रयाक्टर शुक्रवार राती साढे ८ बजे तेघरी व्यारेक नजिक दुर्घटनामा भएको थियो। दुर्घटनामा परि ओलानीकै १७ वर्षीय गणेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते वालवलिकाको अत्तरिया स्थितपदमा अस्पताल र सेवा नर्सिङ्ग होममा उपचार भइरहेको छ। पद्मा अस्पतालमा तुलराम साउद, कलसी विक, रणजित विक, सुन्तली विक, द्यौमा साउद, रतन साउद, कालु साउद, सुन्तली साउद, पवित्रा साउद, पुरन साउद, पुष्कर साउद, कालु साउद र सरस्वती साउदको उपचार भइरहेको छ।
त्यस्तै सेवा नर्सिङ्ग होममा लक्ष्मीराज जोशी र कलसी विकको उपचार भइरहेको अस्पतालले जनाएको छ। ट्रयाक्टर चालक राम चौधरी फरार रहेका छन्। उनको खोजी भइरहेका मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ