मकवानपुर दुर्घटना : 'यस्तो शोक देख्‍न नपरोस्' (फोटो फिचर)
१६ कार्तिक २०७१
•
४ मिनेट पाठ
मकवानपुर दुर्घटना : 'यस्तो शोक देख्‍न नपरोस्' (फोटो फिचर)
इलाम- 'शत्रुले पनि यस्तो भोग्न नपरोस्' मकवानपुर बस दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक हिजोदेखि भन्दैछन्, 'पढ्न पढाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हुँदै मरेको देख्नुपर्यो।' इलामबाट राजधानी जाँदै गरेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुर बसामाडीमा विपरीत दिशाबाट आइरहेको शुभश्री डिलक्ससँग जुद्धा १० को मृत्युको भएको थियो।हिजो बिहान सवा २ को उक्त घटनामा ज्यान गुमाउनेमध्ये इलामका आठ थिए। इलाम नगरपालिकाकै पाँच जनाको मृत्यु भएपछि हिजोबाटै बजारवासी शोकमा छन्। आठमध्ये छ जना क्षमतायुक्त विद्यार्थी हुन्, जो जिल्लाबाट एसएलसी उत्तीर्ण गरी राजधानीका कलेज पढ्दैथिए। दसैं–तिहारमा घर आएका उनीहरु छुट्टी सकिएपछि अध्ययननिम्ति फर्किंदा दुर्घटना भएको थियो।




मृत्यु भएकामध्ये इनपा–८, पिपलबोटेका रोशन भट्टराई, इनपा–६, तिल्केनीका प्रिजज दाहाल र नामसालिङका मिलन अधिकारीको स्थानीय माइखोलामा अन्त्येष्टि भइरहेको छ। मृतकका घरमा बिहानैदेखि शुभचिन्तक र आफन्तको घुइँचो छ। खोलामा तीनटा शव जल्दा धेरै स्तव्ध छन्। इनपा–४, गोलाखर्ककी इशा कार्की र बरबोटे धारापानीका प्रवीण आचार्यको शव घर ल्याइँदैछ।

'जन्मेपछि मान्छे मर्नु अनौठो होइन' पिपलबोटेमा धेरैका मुखबाट उस्तै आशयको थकथकी सुनिन्थ्यो, 'तर, एकैपल्ट यसरी धेरैजनाको दुःखद मृत्यु हुनु जीवनभर नबिर्सने पीडा हो।' इनपा–२, सिलिखानकी रक्षा श्रेष्ठ र भानुरत्नल टोलकी सुजाता काफ्ले तथा बरबोटेकै आश्था तोलाङ्गीको पनि मृत्यु भएको थियो। श्रेष्ठ, काफ्ले र तोलाङ्गीको शव इलाम नल्याई उतै अन्त्येष्टि गरिँदैछ।

bus accident ilam-1

मकवानपुर बस दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव अन्त्येष्टि गर्नुअघि आइतवार भक्कानिँदै शोकाकुल आफन्तजन।


bus accident ilam-2

मकवानपुर बस दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव हेर्दै गाउँले। दुर्घटनाको भोलिपल्ट आइतवार शव आइपुग्दा गाउँमा रुवावासी मच्चिएको थियो। दुर्घटनामा ज्यान गुमाएका १० मध्ये आठ इलामका छन्। त्यसमध्ये पाँच जनाको शव इलाममै अन्त्येष्टि गरिँदैछ।


bus accident ilam-3

इलाम नपा–८, पिपलबोटेका रोशन भट्टराईको शव हेरेर आइतवार मर्माहत हुँदै गाउँले। मकवानपुर बस दुर्घटनामा मृत्यु भएका भट्टराईको इलाम माइखोलामा अन्त्येष्टि गरिँदैछ।


bus accident ilam-5

मकवानपुर बस दुर्घटनामा मृत्यु भएकी इलाम नपा–४, गोलाखर्ककी इशा कार्कीकी आमा नैनकलालाई रुँघ्दै छिमेकी र आफन्त। छोरीको मृत्युले नैनकला शनिवार उज्यालो नहुँदैदेखि बेहोस छन्। इशाको शव अपरान्ह ४ बजेतिर मात्रै इलाम आइपुग्ने छ।


bus accident ilam-4

दुर्घटनामा इलाम नपा–८, पिपलबोटेका रोशन भट्टराईको मृत्यु भएपछि घरमा शोकाकुल आफन्त। भट्टराईको स्थानीय माइखोलामा अन्त्येष्टि हुँदैछ।




bus accident ilam-6

दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव हेर्दै आफन्त। उनको स्थानीय माइखोलामा अन्त्येष्टि हुँदैछ।

सबै तस्बिर : बेनुप भट्टराई
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस