संसद विकास समितिको निर्देशन- यातायात ऐन कडाइसाथ कार्यान्वयन गर्नू
१६ कार्तिक २०७१
•
८ मिनेट पाठ
संसद विकास समितिको निर्देशन- यातायात ऐन कडाइसाथ कार्यान्वयन गर्नू
काठमाडौं- व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटना कम गर्न यातायात व्यवस्था ऐन कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गृहसचिव, यातायात सचिव लगायतको उपस्थितिमा आइतबार भएको समितिको बैठकमा सवारी दुर्घटना कम गराउने गरी ऐन संशोधनका लागि २ महिनाभित्र प्रस्ताव तयार गर्न पनि निर्देशन दिइएको छ। यस्तै, समितिले सिन्डिकेट खारेज गर्न र सडक निर्माणको काम रातमा गर्न पनि निर्देशन दिएको छ।

दैनिकजसो हुने सवारी दुर्घटना कम गर्ने विषयमा छलफल गर्न बोलाइएको उक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले राजमार्गबाट आधा घन्टाको दुरीमा कुनै पनि मदिराजन्य सामग्री राख्न निषेध गर्नुपर्ने बताए। उनले राजमार्गका होटलमा बियरको बिक्रीसमेत निषेध गर्नुपर्ने जनाए।

गृहमन्त्री गौतमले सम्बन्धित क्षेत्रका व्यक्ति तलदेखि माथिसम्म घूसखोरीमा संलग्न भएकाले कानुन कार्यान्वयन नभएको टिप्पणी गरे। 'जुन काम गर्न पाइँदैन भनेर कानुनमा उल्लेख छ भने त्यो काम कसरी भइरहेको छ?' उनले भने, 'यस्तो काम गर्न सम्बन्धित निकायमा तलदेखि माथिसम्मका व्यक्ति घूसखोरीमा संलग्न छन्।'

समितिमा प्रस्तुत गरिएको तथ्यांकअनुसार ८० प्रतिशत सवारी दुर्घटना चालकको कारणले हुने गरेका छन्। विगत तीन वर्षमा भएका २५ हजार ७ सय ८२ सवारी दुर्घटनामा परी ५ हजार ४ सय ४० जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परी ११ हजार ५ सय २० जना गम्भीर घाइते भएका छन् भने २३ हजार ६ सय ९० सामान्य घाइते भएका छन्। बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल देखिएको छ। तर, मानवीय क्षतिका हिसाबले बस ट्रक दुर्घटना बढी संवेदनशील देखिन्छ। त्यसमा पनि चाडपर्वका बेला बढी सवारी दुर्घटना हुने गरेका छन्।

सवारी दुर्घटना कम गर्न गृहमन्त्री गौतमले अर्को पनि उपाए सुझाएका छन्– सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, छतमा समेत यात्रु चढाउँदा नियन्त्रण गर्ने निकाय चुप लाग्नुको कारण खोज्ने र सवारी दुर्घटना गराउने चालकलाई जेल सजाय हुनुपर्ने। 'नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्नुपर्छ,' उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र वितरणका लागि अलग्गै स्वायत्त निकाय गठन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री निधिले जानकारी दिए। मन्त्रालयले दुर्घटना हुनेबित्तिकै घटनाको स्तर हेरेर छानबिन गर्ने तयारी गरेको पनि उनले बताए।

गृहमन्त्री गौतमले भने चालक बन्न कुनै संस्थाबाट कम्तीमा पनि ६ महिना पढेर पास गर्नुपर्ने, अनुमति नभएको सडकमा सवारी चलाउने चालक, सवारी धनीलाई कारबाही गर्नुपर्ने र सवारी दुर्घटना गराउने चालकलाई अनिवार्य जेल चलान गर्ने गरी सवारी ऐन संशोधन गर्नुपर्ने सुझाव दिए।

मन्त्री निधिले चालक अनुमतिपत्र वितरणलाई सरकारले यसअघि नै कडाइ गर्न लागे पनि विभिन्न सरोकारवालासँग पटक–पटक छलफल गर्दा कडाइ नगर्न दबाब आएको विवशता सुनाए। 'अधिकांश युवा रोजागारीको खोजीमा खाडीमा गएका छन्। नेपालमा भएका युवाले समेत बेरोजगार बन्नुपर्ने अवस्थामा अहिलेको प्रक्रिया कडाइ गर्दा रोजगारी गुम्ने भन्दै मलाई कडाइ नगर्न दबाब आयो,' उनले भने।

पछिल्ला समयमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही बढी देखिएको छ। नेपाल प्रहरीको अध्ययनअनुसार दुर्घटनाको दर बढ्दो क्रममा छ। आर्थिक वर्ष ०६८/६९ मा सवारी दुर्घटनाा परी मृत्यु तथा घाइते हुनेको संख्या ७ हजार ८ सय १३ थियो भने यो संख्या आर्थिक वर्ष ०६९/७० मा ८ हजार पुगेको छ। यसैगरी, ०७०–७१ मा ७ हजार ८ सय ७७ जना मृत्यु तथा घाइते भएका छन्। यस वर्ष दसैंयता अहिलेसम्म सवारी दुर्घटनामा परी करिब २ सय जनाको मृत्यु भएको छ।

दसैंका बेला डोल्पामा भएको सवारी दुर्घटनामा परी करिब ३३ जनाले ज्यान गुमाए। लगत्तै तिहारका बेला नुवाकोटमा भएको सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गयो। तिहारलगत्तै ओखलढुंगामा भएको सवारी दुर्घनामा ११ जनाको मृत्यु भयो। तीनवटै सवारी दुर्घटनाको कारण भने एउटै थियो, क्षमताभन्दा बढी यात्रु। सडकको खस्कँदो गुणस्तर, क्षमताभन्दा बढी यात्रु र तीव्र गतिमा सवारी हाँक्ने कारणले नै अधिकांश सडक दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। नेपालमा बर्सेनि औसत १५ प्रतिशतले सवारी दुर्घटना बढिरहेको छ।

देशको सडक दुर्घटना र त्यसपछि मानवीय नोक्सानीसँगै हुने कानुनी कारबाही फितलो भएकाले पनि दुर्घटनाको आँकडा उकालो लागेको अध्यनले देखाएको छ। राज्यले दरिलो कानुन ल्याउने र सडक प्रयोगकर्ता पनि संवेदनशील बने सडक दुर्घटना कम गर्न सकिने सरोकारवालाको भनाइ छ।

अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) गणेश राईले धेरै अधिकार यातायात व्यवस्था विभागलाई दिएको जनाउँदै ट्राफिक प्रहरीमा अधिकार कम भएकाले सडक दुर्घटना रोक्न नसकिएको बताए। राईले हाल २ हजार २ सय १८ जना मात्र ट्राफिक प्रहरी रहेको उल्लेख गर्दै त्यो संख्या बढाएर ३ हजार ४ सय ६५ बनाउनुपर्ने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस