काठमाडौं- तीन दिनअघि घरमा 'पेन्टिङ गर्दिन्छौं' भन्दै केही व्यक्ति आएपछि शान्तिनगरस्थित ६७ वर्षे मथुरा श्रेष्ठ अचम्म परिन्। दस वर्षदेखि पेन्ट नगरेको घरमा 'निःशुल्क गरिदिने' भन्दा उनी मक्ख परिन्। नजिकिँदो सार्क सम्मेलनमा सहर सिँगार्न सरकारले विशिष्ट व्यक्तिहरुको सवारी हुने केही क्षेत्रमा यसरी नै पेन्ट गरिरहेको छ। देशकै पहिलो चौडा माइतीघर–तीनकुने सडकछेउको श्रेष्ठको घर पनि सरकारको आँखामा पर्यो । दस वर्ष पुरानो रङलाई नयाँ रङले पुर्न पाउँदा भर्खरै बन्दैगरेको चिल्लो सडकअगाडिको घर पनि उज्यालियो।
सरकारले झ्याल र घरमा रङमात्र लगाइदिने मौकामै उनले घरको अगाडिका सिसा पनि टल्काउन लगाइहालिन्। 'भर्खरै बाटो ठूलो भएको छ, सोलार पनि आएको छ र अब त घर नै सरकारले पेन्ट गर्दिन लागेको छ,' उनले मुसुक्क हाँस्दै भनिन्, 'यस्तो सम्मेलन त वर्षैपिच्छे आइदिए हुन्थ्यो नि!'
माइतीघर–तीनकुने सडककै नयाँबानेश्वर चोक नजिकै पेन्टिङ भएको आफ्नो घर चर्को घाममा हेर्दै थिए ८३ वर्षे राम महर्जन। 'पल्लो घरमा लगाएको देखेका थियौं। हिजो (शनिबार) बाट यहाँ पनि लगाउने भन्दै आए,' पल्लोघरतिर इसारा गर्दै उनले भने, 'वैशाखमै लगाएका थियौं। हिजोदेखि घरका झ्यालमा काम गरिहनुभएको छ।' सार्क सम्मेलनले गर्दा यो क्षेत्रमा सोलार सडक बत्ती, व्यवस्थित सडक र घरदेखि पर्खालमा पेन्टिङ भइरहँदा यो क्षेत्रका स्थानीय दंग देखिन्छन्। रङ राख्न एउटा स्टोर रुम र पानीको व्यवस्था गरिदिएपछि आफूहरुले भनेकै रङ लगाउन पाएको घरधनीहरुले बताए।
एयरपोर्टदेखि सिंहदरबारसम्म रहेका मुख्य सडक वारपार रङ लगाउने जिम्मा पाएको गौरीशंकर काष्ठमण्डव उमा एन्ड कम्पनी जेभीका सुपरभाइजर नवराज खड्काले करिब पाँच सय घरमा रङ लगाउन थालेको जानकारी दिए। उनका अनुसार आफ्नो ३२ वटा समूहले घरहरुको सडकपट्टिको भाग रंगाइरहेको छ। 'विशेषगरी सडक विस्तारमा भत्किएका घरलाई प्राथकितामा राखेका छौं,' उनले भने, 'यसबाहेक अत्यन्त पुरानामा पनि पेन्टिङ गरिरहेका छौं।'
कतिपयले आफैं लगाइरहेको उनले जानकारी दिए। 'हामीलाई ५ गतेसम्म सक्काउने भनेका छन् तर २५ गतेसम्म सक्ने हाम्रो योजना छ,' उनले भने, 'कतिपयलाई आफैं लगाउन आग्रह गरेअनुसार केहीले लगाउनुभएको पनि छ।' यतिमात्र होइन, सम्मेलनमा आउने विशिष्ट अतिथि हिँड्न सक्ने क्षेत्रमा सरकारले यसरी घर र पर्खालमा रङ लगाउनका लागि १२ करोड ८८ लाख छुट्टाएको काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।
'मुख्य सडक क्षेत्रमा फर्किएका घरमा रङ लगाउने योजना हो। विशेषगरी सडक विस्तारमा भत्किएका र पुराना घरमा,' उनले भने, 'सडकका भित्ता, सरकारी र निजी घरमा पेन्टिङ भइरहेको छ।' उनका अनुसार १३ लाख वर्गफिट क्षेत्रफलमा रङ लगाउने कार्य भइरहेको छ। यसबाहेक शितल निवास, पुलिस हेडक्वार्टर, थीरबम मार्ग, गौशाला, लैनचौर, महाराजगन्ज, जमल लगायत क्षेत्रमा पनि पेन्टिङ भइरहेको उनले जानकारी दिए। छ महिनाअघिको निर्णयअनुसार घरमा रङरोगन भइरहेको उनले बताए।
काठमाडौं महानगरपालिकाले भने सर्वसाधारणलाई करिब २० दिनअघि आआफ्नो घरमा पेन्टिङ गर्न अनुरोध गरेको छ। थापाथली, त्रिपुरेश्वर, हुलाक कार्यालय, वीर अस्पताल, दरबार हाइस्कुलतिरका सडक तथा पर्खालमा रङ लगाउन थालिएको महानगरपालिकाले जनायो। 'हाम्रो क्षेत्रमा धेरैजसो सरकारी कार्यालय छन्,' उनले भने, 'यसबाहेक मठमन्दिरमा रङ लगाउने काम तीव्ररुपमा भइरहेको छ,' महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, 'कात्तिक मसान्तसम्म रङरोगन सम्पन्न हुन्छ।'
आफ्नो क्षेत्रका घरहरुमा रङ लगाइदिनुपर्ने अवस्था नरहेको उनले बताए। चाहिएको क्षेत्रमा लगाउन घरधनीलाई नै अनुरोध गरेको महानगरपालिकाले सर्वसाधारणका घरमा रङ नलगाउने योजना नरहेको उनले जानकारी दिए। मंसिर १० र ११ को सार्क शिखर सम्मेलनमा सार्क सदस्य आठ देशका प्रधानमन्त्री आउने कार्यक्रम छ।