काठमाडौं- कोटेश्वरका रविन बस्नेतको तीस किलोमिटरभन्दा बढी मोटरसाइकल यात्रा गर्नु दैनिकी हो। बिहान कार्यालय समय सुरु भएदेखि गौशाला, चाबहिल, महाराजगन्ज, ठमेल, नयाँबजार, पाटन लगायत क्षेत्रमा औषधिको थोक बिक्रीका लागि उनी कुदिरहन्छन्। हावामा हिँड्दा हप्तैपिच्छे नाक चिसिन उनलाई सामान्य भएन। आँखा र घाँटीमा धुलो जम्दा अस्पताल पुग्नुपर्ने बाध्यता उनमा थपिएको छ। अव्यवस्थित सडक र पुराना सवारीबाट निस्कने धुलोले नाक, कान र घाँटीको समस्या बल्झाइरहेको छ।
धुलोको एलर्जी पनि समयसमयमा निम्तिरहने उनले बताए। 'हेल्मेट खोल्ने र लगाउने पटकपटक गरिरहँदा चश्मा र मास्क लगाइरहन भ्याइँदैन,' उनी सुनाउँछन्, 'पसलपसल डुल्दै गर्दा केही भ्याइँदैन। बेलुका घर पुग्दा कपडादेखि अनुहार धुलैधुलो हुन्छ।'
बाटोमा मोटरसाइकल गुडाउँदै गर्दा हेलमेटको सिसा (भाइजर) धुलोले छोपिन्छ र लड्ने डर थपिने उनले सुनाए। दैनिक काममा हिँड्नेको व्यथा यस्तो रहे पनि चोकमा पसल सञ्चालन गर्नेमा पीडा पनि कम छैन। पुतलीसडक चोकमा फेन्सी पसल चलाइराखेका कालिगण्डकी फेन्सी पसलका सञ्चालक उत्तम पाण्डे दैनिक व्यापार नै घटेको सुनाउँछन्। सरकारले सडक विस्तार गर्ने भनेर सडक फराक पारिरहँदा करिब दुई वर्षदेखि व्यापारमा समस्या पर्ने उनी बताउँछन्।
'बिहान पसल खोल्दा भित्र धुलैधुलो हुन्छ,' पाँच वर्षदेखि पसल गरिरहेका उनले भने, 'पसलमा पहेँलो, सेतो, हरिया जस्ता चम्किला कपडा झुन्ड्याए साँझमा पुराना देखिन्छन्। त्यसलाई सफा गरेर अर्को दिन राख्दा किन्नेले पुरानो भन्दिन्छन्।' दैनिक हुने व्यापार ५० प्रतिशत कम भइरहेको उनले सुनाए। 'बाटो फराक गर्ने भन्दै काम हुन थालेपछि घरधनीले घर भत्काउँदै गए तर समयमा सडक निर्माण हुन सकेको छैन,' उनले भने, 'फलस्वरुप बिहान र बेलुकी कार्यालय समयमा बस्न पनि गाह्रो हुन्छ।' दिनहुँ कार्यालय धाउनेलाई पनि सजिलो छैन। मास्क लगाएर बाटो र सार्वजनिक सवारीमा यात्रा गरिरहेका देखिन्छन्। सडक विस्तार अभियान चलिरहेका कारण समयमै निर्माण हुन नसक्दा हावा प्रदूषण भएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक प्रशान्त खनालले बताए। सो संस्थाले असार ३ गते सार्वजनिक गरेको अध्ययनमा सडकको धुलोले वातावरण, सर्वसाधारणको स्वास्थ्य र आर्थिक क्रियाकलापमा समस्या पारेको उल्लेख छ।
'सडक निर्माणमा वातावरण व्यवस्थापनको प्रयोगात्मक योजना नबनाई यस्तो समस्या देखिएको छ,' उनले भने, 'यसमा हावा प्रदूषणलाई वास्ता गरेको देखिएन। सरकारले न त हावाको स्तर मापन गर्ने व्यवस्था गर्योि न हावा प्रदूषण कम गर्ने कार्यक्रम नै ल्यायो।' अध्ययनमा सडक निर्माणको काम भइरहेको पुतलीसडक, महाराजगन्ज र सोह्रखुट्टे क्षेत्रमा बिहानको कार्यालय समयमा दुई घन्टा परीक्षण गर्दा बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर र १० माइक्रोमिटर आकारका धुलोका कण फेला परेका थिए। जुन सोझै फोक्सोमा पुग्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६ गुना र नेपालको बाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्ड सात गुना बढी प्रदूषित हावा पुतलीसडकमा पाइएको अध्ययनले देखाएको खनालले बताए। 'सरकारले सडक विस्तार गर्दै निजी सवारी सवारी केन्द्रित यातायात योजनालाई नितन्तरता दियो भने हावाको गुण झन् बिग्रँदै जान्छ,' उनले भने, 'त्यसैले हामीले सफा हावा चाहने हो भने सार्वजनिक सवारी र साइकल जस्ता यातायात प्रणालीको विकास गर्नुपर्छ।' बन्दै गरेको सडक र अत्यधिक संख्याका सार्वजनिक सवारीका कारण घुलो प्रदूषण अत्यधिक देखिएको वातावरणविद भूषण तुलाधरले जानकारी दिए। अत्यधिक मसिनो धुलो हुँदा दीर्घकालीन रोग लाग्ने डर रहेको उनको बुझाइ छ। उनी काठमाडौंको हावा प्रदूषणमा धुवाँ र धुलो प्रमुख रहेको ठान्छन्।
'जति धेरै सडक विस्तार भइरहेको छ, त्यति नै सवारी साधन बढ्ने हुनाले धुलोधुवाँ एकैपटक हावामा मिसिँदा मानिसको स्वास्थ्य निकै घातक भइरहेको छ,' उनले भने, 'सडक समयमै निर्माण नहुँदा र पुराना सवारी नहटाउँदा समस्या विकराल बनेको छ।' नेपाल स्वस्थ्य अनुसन्धान परिषदको 'काठमाडौं उपत्यकामा खस्कँदो वातावरण प्रदूषण सम्बन्धी अनुसन्धान' ले बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण बिहान र बेलुकाको समयमा अत्यधिक पाइएको देखाएको थियो। जुन कण श्वास लिद सोझै फोक्सोमा पुग्ने गर्छन्।
परिषदले फागुनदेखि छ महिनासम्म गरेको अध्ययनले बिहानबेलुकी वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम देखिएको निचोड निकालेको छ। उपत्यकाको वायुमा यस्ता कण विहान ६ बजेदेखि ९ बजेसम्म नेपालको बाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा करिब दुई गुना बढी पाइएको छ। त्यसैगरी लोडसेडिङका समयमा पनि पिएम २.५ को मात्रा ३० देखि ४० प्रतिशतसम्मले वृद्धि भएको देखिने परिषदका सदस्यसचिव खेमबहादुर कार्कीले जनाए। काठमाडौंको हावालाई लिएर अमेरिकी यल विश्वविद्यालयललेे 'वातावरण प्रदर्शन सूचकांक २०१४' अध्ययनमा १ सय ७७ आंै देशमा नेपाल पारेको थियो। जसमा विश्वका १ सय ७८ देश सहभागी थिए भने अन्तिममा रहेको बंगलादेशभन्दा नेपालमा हावा स्वच्छ थियो।
कात्तिक १ देखि धुलो सफाइ
सडकको धुलोलाई कम गर्न काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि दैनिक ३ वटा ब्रुमर सञ्चालन गर्ने तयारी गरिरहेको छ। तर विज्ञहरु यस्ता ब्रुमरले काठमाडौं धुलो नियन्त्रण गर्न नसक्ने बताउँछन्।
वातावरणविद भुषण तुलाधरका अनुसार सम्म सडक र खाल्डाखुल्डी नभएका क्षेत्रमा बाहेक ब्रुमरले काम गर्न सक्दैन। 'ब्रुमर खोज्नुभन्दा भएका सडकमा धुवाँ बढी आउने गाडी कम गर्नु बुद्धिमानी हुन्छ,' उनले भने, 'तर जतिसक्दो चाँडो सडक पिच गर्नु उपयुक्त हुन्छ।' तर दीर्घकालीन रुपमा पनि सवारी कम गरे धुलो कम गर्न सकिने उनले बताए।
महानगरपालिकाले सडक कात्तिक १ देखि पानीले सफा गर्ने योजना धुलो रोक्नका लागि ल्याएको छ। यसबाहेक तीन ब्रुमरले मुख्य सडकमा सफाइको कार्यक्रम पनि तय भएको महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। 'फुटपाथ मर्मत चाँडो गर्ने तयारी छ। मुख्य मार्ग जोड्ने धुले सडकबाट मुख्य मार्गमा पनि धुलो जान्छ,' उनले भने, 'ब्रुमरले सडक क्षेत्रमा भएको धुलोलाई तान्नेमात्र काम गर्छ।'