बलेवा (बागलुङ)—बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन्। रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि रु १२ लाख सहयोग गरेका हुन्।उक्त गाविसबाट अस्ट्रेलिया गएकाले बिहुँ अस्ट्रेलिया समाज गठन गरी एम्बुलेन्स खरिदका लागि सङ्कलन गरेको रकम आइतबार प्रमुख जिल्ला अधिकारीको रोहवरमा उपशाखालाई हस्तान्तरण गरिएको हो ।
समाजका सदस्य प्रदीप कँडेलले रेडक्रस उपशाखाका आग्रहअनुसार उक्त रकम सङ्कलन गरी सहयोग गरेको जानकारी दिए।
बिहुँ उपशाखाले एम्बुलेन्स खरिद गरेपछि छिमेकी एक दर्जन गाविसका बासिन्दाले सुविधा पाउनेछन् । रासस
समाजका सदस्य प्रदीप कँडेलले रेडक्रस उपशाखाका आग्रहअनुसार उक्त रकम सङ्कलन गरी सहयोग गरेको जानकारी दिए।
बिहुँ उपशाखाले एम्बुलेन्स खरिद गरेपछि छिमेकी एक दर्जन गाविसका बासिन्दाले सुविधा पाउनेछन् । रासस