सार्वजनिक यातायातको बेथिति: जरिवाना तिर्दा पनि ड्राइभरलाई फाइदा
१७ कार्तिक २०७१
•
७ मिनेट पाठ
सार्वजनिक यातायातको बेथिति: जरिवाना तिर्दा पनि ड्राइभरलाई फाइदा
पोखरा— बागलुङको सिंगानाका सज्जनकुमार सुनार आइतबार कोरिया उड्नुअघि पोखराबाट माइक्रो बसमा काठमाडौं पुगेका थिए। तर ५ घन्टाको त्यो माइक्रो बस यात्रा उनका लागि यातनै बन्यो। १५ जनाको सिट क्षमता भएको बसमा २० जना कोचेपछि सबैलाई उकुसमुकुस भयो। ड्राइभरसँग अगाडि ३ जना यात्रु कोचिएका थिए। पोखराबाट लेखनाथ नगरपालिकाको डाँडाको नाक पुग्नै आँटेपछि ड्राइभरले अगाडिको एकजनालाई ओर्लिएर एकैछिनका लागि पछाडि भित्र बस्न भने। यात्रुले आदेश माने। ढोका राम्ररी लगाएर माइक्रो आफ्नै गतिमा कुद्‌यो।डाँडाको नाक पुग्दा प्रहरीले गाडी रोके। सरर बाहिरबाट नजर लगाए अनि जाऊ भन्ने इशारा गरिदिए। अल्लि अघि पुगेपछ बस रोकेर फेरि अघिको यात्रुलाई अगाडि राखियो। यस्तो राजमार्गका अन्त कुनै ठाउँमा पनि गर्नुपरेन। काठमाडौं पुग्नै लाग्दा नागढुंगामा भने डाँडाको नाक पुग्नुअघि झैं यात्रु ओरालेर भित्र पठाउने र पछि फेरि अघि बढेर अगाडि नै ल्याउने काम भयो।

१५—१६ सिट क्षमताका माइक्रो बसले धेरै यात्रु ओसार्न यस्तै गर्छन्। अगाडि चालकसँगै दुईजनाको सट्टा ३ जनालाई राख्छन् । भित्र पनि सिटबाहेक हिँड्ने बाटोमै मुढामा राखेर थप यात्रु ओसार्छन् । 'प्रहरीले ढोकै खोलेर भित्र नहेर्दा रैछन्,' सज्जनले नागरिकसँग भने, 'बाहिरबाट हेर्यो्, अगाडि दुई यात्रु देखेपछि जाउ भनेर पठायो।' उनले भनेभन्दा फरक संयोग परेर यदि प्रहरीले हेरे पनि चालकलाई खास फिक्कर हुँदैन । किनभने धेरै यात्रु राखेको भन्दै चालकलाई प्रहरीले लगाउने अधिकतम जरिवाना भनेको १ हजार रुपैयाँ हो, नत्र ५ सयमै उम्किन दिन्छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीका अनुसार क्षमताभन्दा बढी यात्रुलाई नझार्ने हुँदा चालक जरिवाना तिर्न हिच्किचाउँदैनन् । 'जरिवाना तिरे हदै भए दुइटा यात्रुको भाडा जान्छ,' उनले नागरिकसँग भने, 'अरु तीनजनाको त फाइदै हुन्छ ।' १५ जना सिट क्षमताको माइक्रो बसमा २० जना यात्रु ओसार्दा जरिवाना तिरे पनि फाइदा पुग्ने हुँदा चालकहरुमा सुधार नआएको केसी बताउँछन् । 'सबैभन्दा पहिला त यात्रु आफैं नै सिटभन्दा बाहेक नचढे समस्यै हुँदैनथ्यो,' केसी भन्छन्, 'त्यसपछि प्रहरीले त्यस्ता यात्रु बाटोमै झारिदिए सुधार आउँथ्यो ।'

बस सञ्चालक समिति क्षमताभन्दा बढी यात्रु ओसार्ने, मोबाइल प्रयोग गर्ने र तीब्र गतिमा हाँक्ने चालकको व्यवहारसँग भलिभाँती भुक्तमान छ । तर आफूहरुले सरकारी निकाय र यात्रुहरुको साथ नपाएको गुनासो गर्छन् केसी । 'हामी १५ जनाभन्दा बढीको टिकट काट्दैनौं,' उनी भन्छन्, 'काउन्टरमा गएर टिकट काट्यो भने पूरै पैसा तिर्नुपर्छ भनेर यात्रु पनि जहाँ पायो त्यहींबाट चढ्न मन पराउँछन् ।' चालकले रक्सी पिए, मोबाइल चलाए, नराम्रो व्यवहार गरे वा धेरै प्यासेन्जर बोके गुनासो गर्नाेस् भनेर पृथ्वीराजमार्ग बस सञ्चालक समितिले प्रत्येक माइक्रो बसमा ६ वटा नम्बरसहितको स्टिकर पनि टाँसेको छ । त्यो स्टिकर निकाल्ने, कपाल झ्यापुल्ले बनाउने र मुन्द्रा लगाउने चालकलाई पनि नसिहत दिने गरेको छ केसीले बताए ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका नायब निरीक्षक (सई) शिव थापा चोकचोकमा चेकिङ गरी माइक्रो बसका विकृति सुधार गरिरहेको बताउँछन् । तर सुधार सन्तोषजनक भने छैन । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले आफ्ना चालकलाई तीब्र गतिमा हाँकेको र मोबाइल चलाएको अनि बढी यात्रु ओसारेको आरोपमा कारबाही गर्दा उठाएको जरिवाना शुल्कमात्रै पोहोर साल ४ लाख रुपैयाँ पुगेको थियो । यो समितिले पोखरा—काठमाडौं चलाउने माइक्रो बसको संख्या ४३ मात्रै छ । देशभर चल्ने सानाठूला गाडी भने ११ सय छन् । ५ सय रुपैयाँ खाले जरिवाना गर्दा पनि त्यतिका संख्याका गाडीबाट ४ लाख रुपैयाँ जरिवाना उठ्नुले नै चालकहरुको लापरबाहीलाई उदांगो पार्छ । त्यसबाहेक ट्राफिक प्रहरीले उठाएको जरिवाना भने बेग्लै हुन्छ ।

माइक्रो बसको सबैभन्दा डरलाग्दो पक्ष यिनीहरुको हँकाइ हो । काठमाडौं—पोखरा गर्दा कि त्रिशुलीतिर कि गन्तव्य जस्तो गरी हाँक्छन् भने पोखरा—काठमाडौं गर्दा पनि त्यही हुन्छ । मिजुरे कास्कीका वसन्त अधिकारी केही महिनाअघि त्यस्तै हँकाइको सिकार भए र महिनौं औछ्यान परेर अचेल अलिअलि हिँडडुल गर्दैछन् । बा २ ख १८०३ नम्बरको माइक्रो बसको अगाडि सिटमा बसेर काठमाडौं जाँदा दू्रत गतिमा हाँकिएको गाडी धादिङको गजुरीमा अरु सवारीसँग ठोक्कियो र वसन्तको खुट्टामा गहिरो चोट लाग्यो । १० लाख रुपैयाँ खर्च गर्नुपर्दा सगुन यातायातको माइक्रो बसले उनको पूरै उपचार गर्न तिर्न आनाकानी गरिरहेको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस