काठमाडौं- एमाले सभासद तथा मनमोहन मेडिकल कलेजका अध्यक्ष राजेन्द्र पाण्डेले केही दिनअघि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा गएर भनेका थिए, 'म अख्तियारको पत्र ल्याउँछु, तपाईंहरू सम्बन्धन दिन तयार हुनुहोस्।'आइओएम फ्याकल्टी बोर्डले अहिलेकै क्षमता र पूर्वाधारमा थप कलेजलाई सम्बन्धन दिन नसकिने निर्णय गरेका कारण मनमोहन मेडिकल कलेजको सम्बन्धन लामो समयदेखि रोकिएको थियो। कलेजका सञ्चालक भने सम्बन्धन लिइछाड्ने चलखेलमा सक्रिय थिए। यही सिलसिलामा उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहारा लिन पुगेका हुन्।
'मनमोहन मेडिकलका सञ्चालक राजेन्द्र पाण्डे आफैं आएर 'म अख्तियारको पत्र ल्याउँछु, तपाईंहरू सम्बन्धन दिन तयार हुनुहोस्' भनेर जानुभएको थियो,' आइओएम डिन डा. राकेशप्रसाद श्रीवास्तवले सोमबार नागरिकसँग भने, 'त्यसको केही दिनमै अख्तियारको निर्देशन भन्दै त्रिविको पत्र आयो।'
अख्तियारले त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेर लामो समयदेखि सम्बन्धन नपाइरहेको मनमोहन मेडिकल कलेजको 'सम्बन्धन प्रक्रिया टुंगो लगाउन' निर्देशन दिएको हो। अख्तियारको पत्र प्राप्त भएलगत्तै त्रिविले मनमोहन मेडिकल कलेजको सम्बन्धन छिटो टुंग्याउन आइओएमलाई दबाब दिएको छ।
काठमाडौं नेसनल मेडिकल कलेजका हकमा पनि 'सर्वोच्च अदालतको भदौ ३१ को फैसला कार्यान्वयन गरी सम्बन्धन दिनू' भन्दै आइओएमलाई दबाब दिइएको छ। सर्वोच्चले काठमाडांै नेसनल कलेजले दायर गरेको मुद्दामा 'सम्बन्धन दिने विषयलाई कानुनबमोजिम निर्णय गर्न' परमादेश दिएको थियो।
त्रिविले दुवै मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे केही दिनअघि आइओएमलाई छुट्टाछुट्टै पत्र पठाएको आइओएम डिन डा. श्रीवास्तवले बताए। 'मनमोहन मेडिकल कलेजको सम्बन्धनका लागि अख्तियारको निर्देशन कार्यान्वयन गर्नू भनी त्रिविको पत्र आएको छ,' उनले भने, 'काठमाडौं नेसनलका हकमा पनि सर्वोच्चको परमादेश कार्यान्वयन गर्नू भनिएको छ।'
पत्राचारलगत्तै सम्बन्धनसम्बन्धी निर्णय गर्न आइओएमले यही कात्तिक २५ गते फ्याकल्टी बोर्ड बैठक डाकेको उनले जनाए। मंसिर १ बाट आइओएमअन्तर्गतका मेडिकल कलेजको नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। जसले जे निर्देशन दिए पनि अहिलेको क्षमताका आधारमा आइओएमअन्तर्गत सम्बन्धन दिने अवस्था नरहेको डा. श्रीवास्तवले उल्लेख गरे।
बैठक डाकिएलगत्तै मेडिकल कलेज सञ्चालकहरू फ्याकल्टी बोर्डका सदस्यलाई प्रभावमा पारेर सम्बन्धन लिइछाड्ने चलखेलमा समेत लागेका छन्। अख्तियारको पत्रका आधारमा जसरी पनि सम्बन्धन दिनुपर्ने भन्दै मनमोहनका सञ्चालक फ्याकल्टी बोर्डका सदस्य र आइओएम पदाधिकारीलाई प्रभावमा पार्ने कोसिसमा छन्।
'कसैको दबाबमा सम्बन्धन दिने कुरै आउँदैन,' डा. श्रीवास्तवले भने, 'आइओएमको अहिलेको क्षमताका आधारमा कुनै पनि फ्याकल्टीमा सम्बन्धन दिन सक्ने अवस्था छैन।'
काठमाडौं नेसनलका हकमा तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले 'सम्बन्धनका विषयमा यथासमय निर्णय नगरी राख्नु वैध अपेक्षाविपरीत हुने हुनाले शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धन दिने विषयमा कानुनबमोजिन निर्णय गर्नू' भनेको थियो।
कलेजले उक्त फैसलाको आफूअनुकूल व्याख्या गर्दै सर्वोच्चले सम्बन्धनको बाटो खोलेको तर्कसहित यही कात्तिक ५ गते आइओएममा निवेदन दिएको थियो। एकीकृत माओवादीतर्फबाट पर्साका उम्मेदवार बसुद्दिन अन्सारी सञ्चालक रहेको कलेजलाई सम्बन्धन दिलाउन पार्टीको दबाब छ।
३२ सदस्यीय फ्याकल्टी बोर्डमा अहिलेसम्म १० जना मात्र सम्बन्धनका पक्षमा छन्। बहुमत सदस्य पूर्वाधार मापदण्ड पूरा नगर्दासम्म सम्बन्धन बन्द गर्नुपर्ने अडानमा छन्। विपक्षमा रहेका सदस्यमध्ये सात जना अनुपस्थित भइदिए मेडिकल सम्बन्धनको उद्देश्य पूरा हुन्छ। चलखेल यसैमा केन्द्रित छ।
उच्च स्रोतका अनुसार झन्डै एक दर्जन फ्याकल्टी सदस्यको अवधि कात्तिक मसान्तमा सकिँदैछ। नयाँ पदाधिकारीलाई सम्बन्धनको पक्षमा ल्याउन कठिन हुने ठानेर मेडिकल कलेज सञ्चालकहरू यही कार्यकालमा प्रक्रिया आफ्नो पक्षमा पार्ने ध्याउन्नमा लागेका छन्।
फ्याकल्टी बोर्डमा सम्बन्धनसम्बन्धी विषय निर्णयार्थ पेस हुँदा आइओएमद्वारा गठित अनुगमन समितिले सम्बन्धित कलेजको अनुगमन गरेको प्रतिवेदन चाहिन्छ। यसपटक आइओएमले अनुगमन नै गरेको छैन।
निजी क्षेत्रका काठमाडांै नेसनल, मनमोहन मेडिकल, पिपल्स मेडिकल तथा डेन्टल कलेज आइओएमको सम्बन्धन पर्खेर बसेका छन्। यीमध्ये कतिपय कलेज 'यस वर्षबाट जसरी पनि विद्यार्थी भर्ना गर्ने' भन्दै कन्सल्टेन्सी परिचालनमा लागेका छन्। काठमाडौं नेसनलले त बुधबार एक दैनिक पत्रिकामा सूचना निकालेर कलेजका लागि प्रिन्सिपल, विभिन्न विषयका प्राध्यापक, सह र सहायक प्राध्यापकमा दरखास्त आह्वान गरेको थियो।
आइओएम पदाधिकारी मेडिकल शिक्षामा देखिएको विकृतिका कारण थप कलेजलाई सम्बन्धन दिन नहुने तर्क गर्दै आएका छन्। यसका बाबजुद त्रिविले गत वर्ष असोजमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो। आइओएमका तत्कालीन डिन डा. प्रकाश सायमीले उक्त प्रक्रियाको विरोध गर्दै कुनै हालतमा सम्बन्धन नदिने भन्दै त्रिविलाई नै चेतावनीयुक्त पत्र पठाएका थिए।
डा. सायमीको चेतावनीलाई बेवास्ता गर्दै त्रिवि पदाधिकारीले आफूअनुकूल चिकित्सक राखेर ती कलेजको पूर्वाधार अनुगमन गर्न समिति बनाएका थिए। सम्बन्धन सिफारिस आइओएमबाट भएर आउनुपर्नेमा माथिबाट सुरु गरेपछि अख्तियारले हस्तक्षेप गरेर प्रक्रिया रोकेको थियो। पछि अख्तियारले समेत उक्त प्रक्रिया खुला गरिदियो।
टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले चारपटकसम्म गरेको अनशन र पटक–पटक टिचिङसहित देशभरका स्वास्थ्य संस्था बन्दको कारण नयाँ मेडिकल कलेजको सम्बन्धन विवादसँगै जोडिएको थियो।
पढाइको मुखमा एमबिबिएस भर्ना
नेपाल मेडिकल काउन्सिलले प्राध्यापकलगायत प्राज्ञिक पूर्वाधार नभएको विराटनगरस्थित विराट मेडिकल कलेजलाई यही वर्षदेखि एमबिबिएस पढाइमा विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ।
शैक्षिक सत्र सुरु हुन दुई साता मात्रै बाँकी रहँदा काउन्सिलले पर्याप्त प्राध्यापकसहित नयाँ भर्नाको निम्ति कुनै तयारी नगरेको विराटलाई ७५ जना विद्यार्थी भर्नाको अनुमति दिएको हो। विराटले गत साउन दोस्रो साता मात्रै काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धन पाएको थियो।
काउन्सिलको कात्तिक १० र ११ गते बसेको पूर्ण बैठकले यो वर्ष ७५ जना विद्यार्थी भर्ना लिने गरी अनुमति दिने निर्णय गरेको हो। यससम्बन्धी औपचारिक पत्र कलेजलाई सोमबार पठाइएको छ। 'पढाइ नै सुरु नभएको कलेजले दुई साताभित्र सय जनाभन्दा बढी प्राध्यापक कहाँबाट ल्याएर एमबिबिएस पढाइ सुरु गर्नसक्छ?' काउन्सिलका एक सदस्यले नागरिकसँग भने।
काउन्सिलले अन्य मेडिकल कलेजको सिट गत भदौ २९ गते नै निर्धारण गरी भर्ना प्रक्रिया जारी रहेको अवस्थामा नयाँ कलेजको सिट तोकेको हो। काउन्सिलले तोकेका अन्य सिट पनि विवादमा परेपछि स्वास्थ्य मन्त्रालयले छानबिन जारी राखेको छ।
टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको अनशनपछि सरकारले मेडिकल कलेजसम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म थप सम्बन्धन नदिने निर्णय गरे पनि केयुले विराट र देवदहलाई साउन दोस्रो साता सम्बन्धन दिएको थियो।
केही वर्षअघि ती कलेजलाई सम्बन्धन दिने दबाब थेग्न नसकेकै कारण केयुका तत्कालीन उपकुलपति डा. सुरेशराज शर्माले राजीनामा दिएका थिए। त्यसको २१ महिनापछि केयुको सिनेटले पुरानो निर्णय उल्ट्याउँदै दुई कलेजलाई सम्बन्धनको निर्णय गरेको थियो। लामो विवादपछि शर्माको ठाउँमा उपकुलपति नियुक्त डा. रामकण्ठ माकाजूले पनि दबाबमा आएर सम्बन्धन नदिने दाबी गरेका थिए। पछि, दबाबकै कारण माकाजुले नै नेतृत्व गरेको सिनेटले सम्बन्धन दिएको थियो।