काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा बन्ने घरको भूकम्पीय जोखिम कम गर्न ल्याएको निःशुल्क परामर्श प्रभावहीन बनेको छ। प्रारम्भमा सबै घरलाई सेवा उपलब्ध गराउने आफ्नै निर्णय उल्टाउँदै उसले सो सेवा १० हजार वर्गफिटमा बनेको वा १७ मिटर अग्ला भवनका लागि बनाउँदै आफ्नै निर्णयलाई प्रभावहीन बनाएको हो।आफ्नो जनशक्तिले नभ्याएपछि महानगर क्षेत्रका सबै घरको नक्साअनुसार निर्माण भए या नभएको र निर्माण सामग्री मापदण्ड अनुसार छ या छैन अनुगमन गर्न महानगरले वैशाख ५ बाट तेस्रो पक्ष छनोट गरेको थियो। लक्ष्मण अर्याल महानगरपालिकाको कार्यकारी प्रमुख हुँदा तेस्रो पक्ष सेवाको प्रारम्भ भएको थियो। धनबहादुर श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएपछि उनले नयाँ निर्णय गरेका हुन्। महानगरले दोस्रो निर्णय गरी मापदण्ड नसच्याएसम्मको तीनमहिने (वैशाख–असार) अवधि ५ सय ४३ वटा घरले तेस्रो पक्षसँग परामर्शका लागि सम्झौता गरेका थिए। महानगरपालिकाको २४ औं नगरपरिषदले साउन १ बाट सेवा पाउने घरको मापदण्ड तोकेपछि यस्तो सेवा लिनेको संख्या शून्यमा झरेको छ।
महानगरको तथ्यांकअनुसार वार्षिक ३५ देखि ४० हजार नक्सा पास हुन्छन्। महानगरले घर निर्माण प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ घरले कम्तीमा तीनचोटि स्थलगत परामर्शसहितको सेवा दिन टेन्डरबाट पाँच परामर्शदाता चयन गरेको थियो। 'मापदण्ड तोकिएपछि साउनयताका साना घरले तेस्रो पक्षले सेवा पाउन सक्दैनन्,' महानगरपालिका सहरी विकास विभाग अनुगमन इकाइ प्रमुख इन्जिनियर मनोज सिंह सुवालले भने, '१० हजार वर्गफिट क्षेत्रफलभन्दा बढीको घर बनाउन कोही आएका छैनन्।' उनका अनुसार १० हजार वर्गफिट र १७ मिटरभन्दा साना घरको भने नियमित नक्सा पास भइरहेको छ।
महानगरको प्रारम्भिक निर्णय प्रभावकारी बनिसकेको अवस्थामा मापदण्ड तोकेर किन प्रभावहीन बनाएको हो, महानगरका जिम्मेवारी अधिकारी बोल्न चाहँदैनन्। महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत श्रेष्ठले निर्णय पुनरावलोकन प्रक्रियामा रहेको भन्दै नयाँ निर्णयबारे बोल्न चाहेनन्। 'अहिले अरु कुरामा नजाऊँ,' उनले भने, 'यो प्रक्रियालाई प्रभावशाली बनाउन गृहकार्य गर्न समिति बनाएका छौं, अहिलेलाई यत्ति बुझौं।'
१० हजार वर्गफिटमा व्यावसायिक प्रयोजनका लागि घर बन्ने हुँदा उनीहरुले आफैं निजी परामर्शदाता राख्ने गरेकाले महानगरको सो निर्णय त्रुटिपूर्ण रहेको महानगरकै एक इन्जिनियरले बताए। साना घर बनाउनेले निजी प्राविधिक नराख्ने हुँदा तेस्रो पक्ष परामर्श सेवा उनीहरुकेन्द्रित हुनुपर्नेमा महानगरले उल्टो निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए। 'जसलाई सेवा दिनुपर्ने हो त्यसैलाई मापदण्डबाहिर राखेपछि निर्णय प्रभावहीन भयो,' उनले भने, 'निर्णय नसच्याउने हो भने मापदण्ड प्रभावकारी हुन सक्दैन।'
जानकारका अनुसार नयाँ नियम लागु भएपछि साना घर बनाएर बेच्ने व्यवसायी प्रभावित भएका थिए। सो नियमअनुसार छिट्छिटो आफूअनुकूल घर बनाएर बिक्री गर्न असहज भएपछि उनीहरुले महानगरको नेतृत्वलाई निर्णय फेर्न दबाब दिएका थिए। त्यसपछि श्रेष्ठले परिषद बैठकमार्फत मापदण्ड बनाएका हुन्।
भवन निर्माणका क्रममा तेस्रो पक्ष प्रमाणीकरण प्रक्रिया झन्झटिलो भएको र सीमित परामर्शदाताले नभ्याएकाले मापदण्ड बनाएर साना घर हटाएको सहरी विकास विभाग प्रमुख नरेन्द्रराज श्रेष्ठले बताए। महानगरपालिका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत अर्यालले व्यक्तिगत आवास गृहको चाह राखेर साना घर बनाउनेलाई लक्ष्य गर्दै सो सेवा प्रारम्भ गरिएको बताए। 'ठूला भवन बनाउनेले त आफैं परामर्शदाता राख्छन्,' हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सहसचिव अर्यालले भने, 'महानगरमा सुरक्षित भवन बनाउने अभियानमा पछिल्लो निर्णय गलत हो।'