मकवानपुर बस दुर्घटना : 'कसैले टाल्दैन फाटेको मन'
१७ कार्तिक २०७१
•
७ मिनेट पाठ
मकवानपुर बस दुर्घटना : 'कसैले टाल्दैन फाटेको मन'
इलाम- 'अमेरिकामा भए चालकले २१ वर्ष जेल बस्नुपर्थ्यो,' चालककै लापरबाहीले मकवानपुर बस दुर्घटनामा १० यात्रुको मृत्यु भएपछि टेक्सास बस्ने शोभा घिमिरेले फेसबुकमा लेखिन्, 'के गर्ने नेपालमा कानुनै फितलो!'
 आफू जन्मेहुर्केको बरबोटेका प्रवीण आचार्यसहित इलामका आठ जनाको अकल्पनीय मृत्युले स्तब्ध बनेकी उनले 'विदेशी मुलुकको जस्तो कडा कानुन बनाए दुर्घटना रोकिने' सुझाइन्।
चालकले मालिकस“गको रिस निर्दोष यात्रुमाथि थोपर्दा निम्तिएको दुर्घटनालाई 'अति नै दुःखदायी' भन्दै बंगलादेश बस्ने सुदर्शनविक्रम राणाले पनि 'कठोर कानुनको खा“चो' औंल्याए। टालटुले कानुन, पैसाको चलखेल र नेताको प्रश्रयका कारण अनाहक ज्यान गुमाउनुपरेेको उल्लेख गर्दै उनले लेखे, 'यस्तो दुर्दशा दोहोरिन नदिन कानुनमै फेरबदल जरुरी छ।'
तीन दिनअघि राजधानीबाट मोरङ आउने क्रममा चालक रोशन तामाङले मालिकको रिसमा मदिरा सेवन गरी ना४ख ५४४८ नम्बरको शुभश्री डिलक्स जथाभाबी हुइँक्याउ“दा ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स दुर्घटनामा परेको थियो। मेट्रोमा सवार एक विदेशीसहित इलामका नौ र शुभश्रीमा सवार एकको मृत्यु भएपछि चालकको भूमिकाप्रति सर्वत्र प्रश्न उठिरहेको छ।
दसैंयतै २ सय ८३ यात्रु गुमिसकेको र दुर्घटना नरोकिएको अवस्थामा उनीहरूले औंल्याएको 'कानुननमा फेरबदल' जरुरी देखिन्छ। सडकको तुलनामा सवारीसाधनको चाप उच्च हु“दा बढेका दुर्घटना रोक्न कानुन संशोधनको विकल्प नभएको सन्तान गुमाएका अभिभावक बताउ“छन्। उच्च शिक्षा अध्ययनरत ६ सन्तान गुमाएका अभिभावक भन्छन्, 'त्यसो नभएसम्म फाटेको हाम्रो मन टालि“दैन।'
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ कै कार्यान्वयन नभइरहेका बेला अभिभावकले थप कडा कानुनको खा“चो देखाएका हुन्। 'दुर्घटना भए चालकले घाइतेको उपचारमा सघाउनुपर्ने र प्रहरीमा खबर गर्नुपर्ने नियम रहेछ,' २१ वर्षीया छोरी ईशाको मृत्युले मर्माहत चक्र कार्की भन्छन्, 'मकवानपुरमा त चालकै भागेर बेपत्ता, कसरी नमरून् हाम्रा सन्तान!'
मादक पदार्थ सेवन गर्न नहुने, गलत दिशाबाट कुदाउन नहुने, लापरबाही गर्न नहुने र यात्रुको सल्लाह मान्नुपर्ने प्रावधान चालकद्वारा धज्जी उडाइएको कार्कीको गुनासो छ।
चालकले नियतवश दुर्घटना गराई कसैको ज्यान गए 'सर्वस्वसहित जन्मकैद हुने' ऐनमा उल्लेख छ। यसअघिका त्यस्ता दुर्घटनामा चालकलाई उन्मुक्ति दिइएको सम्भि्क“दै पीपलबोटेका माधव भट्टराईले मकवानपुर बस दुर्घटनाका चालकलाई दिइने सजाय हेर्न प्रतीक्षारत रहेको बताए। '२२ वर्षको लक्काजवान छोरो चालकले गर्दा गुमाउनुपर्योु,' उनी भन्छन्, 'टालटुले सजायले बुझ्दैन मन।'
ज्यान गुम्नेका परिवारलाई क्षतिपूर्ति तथा घाइतेलाई उपचारखर्च दिनसमेत आनाकानी गरिएको सम्भि्क“दै वरबोटेका खेमराज आचार्यले सन्तान गुम्दाको पीडा केहीले मत्थर नहुने बताए। 'चालक नसन्केको भए यस्तो हु“दैनथ्यो,' एक्लो छोरा प्रवीणको मृत्युले विक्षिप्त उनले भने, 'उसलाई कानुनकै सजाय हुनुपर्छ, उन्मुक्ति दिइन हु“दैन।' 
गल्ती गर्ने चालकलाई पैसाको लोभमा प्रहरीले माफी दिने प्रवृत्ति देखेको सम्भि्क“दै नामसालिङका याम अधिकारीले यात्रु सधैं मारमा परिरहेको बताए। दुर्घटनामा छोरो मिलन गुमाएका उनले अनेक सपना सा“चेर हुर्काएका सन्तान गैरजिम्मेवार चालकको सिकार हु“दा नसोचेको वज्रपात परेको जनाउ“दै भने, 'चालक र मालिकले नै सजाय पाउनुपर्छ, नत्र कसैको आत्माले शान्ति पाउ“दैन।' 
चालकलाई ट्राफिक नियमको कोर्स पढाई परीक्षा उत्तीर्ण गरेपछि मात्रै विदेशमा लाइसेन्स दिइने सम्भि्क“दै अधिकारीले नेपालमा घुस र 'सोर्स'ले बिगारेको बताए। नियम उल्लंघन गर्नासाथ चालकलाई प्रहरीमा उभ्याई गल्ती ठूलै देखिए लाइसेन्स खारेज गर्नुपर्ने उनको भनाइ छ।
'नत्र यस्ता दुर्घटना हु“दा अलि दिन कुरा उठ्छ, सेलाउ“छ,' उनले भने, 'फेरि अर्को दुर्घटना हुन्छ र हाम्रो जस्तै धेरेको मन फाट्छ।'
मृतकको स्मृतिमा दीप प्रज्ज्वलन
मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएका आठ इलामेलीको आत्माको शान्तिका लागि सोमबार सा“झ सदरमुकामस्थित चोकबजारमा दीप प्रज्वलन गरियो। द पियर्स फाउन्डेसनको अगुवाइमा झन्डै तीन सय जनसाधारण भेला भई चोकमा दीप प्रज्वलन गरेका हुन्। मृत्यु भएकामध्ये इलाम ल्याइएका पा“चजनाको अन्त्येष्टि भइसकेको छ। यस्तो दुर्घटना नदोहोरियोस् र मृतकको आत्माले शान्ति पाओस् भनेर दीप प्रज्वलन गरिएको फाउन्डेसनका अध्यक्ष टीकाराम पुरीले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस