विराटनगर- विराटनगर–६ स्थित विराट नर्सिङहोम अगाडिको सडकमा मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किदा चालक फडिन्द्र राउतको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार राति पौने नौ बजेतिर कोसी राजमार्गको उक्त सडक खण्डमा को१४प ९९८२ नम्बरको मोटरसाइकल हुँक्याइरहेका राउतले रोड डिभाइडरमा ठोकाएर लडेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१३ बस्ने ४१ वर्षको राउतको घटनास्थलमै मृत्यु भएको थियो।