नयाँ पोशाक समस्याः 'प्रहरी हौं भन्दा पनि चिन्दैनन्'
१८ कार्तिक २०७१
•
७ मिनेट पाठ
नयाँ पोशाक समस्याः 'प्रहरी हौं भन्दा पनि चिन्दैनन्'
काठमाडौं— प्रहरी प्रधान कार्यालयले कार्यक्षेत्रमा खटिदा लगाउने टाटेपाटे चुस्ता फेर्दै गाढा निलो ड्रेस शुरु गरेको १ महिना पुग्न लाग्दा प्रहरी नै आफ्नै पोशाकप्रति अभ्यस्त हुन सकेका छैनन्। सैनिक र अर्धसैनिक प्रकृतिको सुरक्षा संगठनले प्रयोग गर्ने टाटोपाटे चुस्ता हटाउँदै प्रहरीले ५९ औं प्रहरी दिवस पारेर कात्तिक १ गतेबाट उपत्यकाका ५ हजार प्रहरीबाट गाढा निलो रंगको ड्रेस कार्यान्वयनमा ल्याएको थियो।




पुरानै ड्रेसमा अध्यस्त भएका सर्वसाधारणले नयाँ पोशाक लगाएका प्रहरीलाई नचिनेर रेस्पोन्स नगर्ने समस्या उस्तै छ। नयाँ पोशाक लगाएर कार्यक्षेत्रमा खटिने प्रहरी आफै समेत नयाँ पोशाकमा अभ्यस्त देखिएनन्। 'पहिला ड्रेस देखेकै भरमा सर्वसाधारणले रेस्पोन्स गर्थे, अहिले प्रहरी हौं भन्दा पनि पत्याउँदैनन्' दरवारमार्गमा भेटिएका एक प्रहरीले भने' उनीहरु एकैछिन घोरिएर हेर्छन् अनी नयाँ ड्रेस होे भन्दा पनि अनौठो गरी हेर्छन ।'

प्रहरीले चुस्ताको स्थानमा अहिले जुन पोशाक लगाएको छ त्यो नयाँ भने हैन । २०४६ को जनआन्दोलनको सफलतासँगै प्रहरीले आफ्नो खैरो रंगको पोशाक फेर्दै कार्यालयको काममा आकाशे कलरको सर्ट र निलो पाइन्ट र कार्यक्षेत्रमा खटिँदा गाढा निलो रंगको नयाँ ड्रेस प्रचलनमा ल्याएको थियो ।

२०५८ सम्म प्रहरीले गाढा निलो रंगकै पोशाक लगाउँदै आएको थियो । माओवादी द्धन्द्धमा सेना र सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी समेत संयुक्त रुपमा खटिने भएपछि प्रहरीले निलोको साटो गाढा निलोमा हल्का आकाशे रंग मिसिएको चुस्ता प्रयोगमा ल्याएका थिए ।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार चुस्ता प्रयोगमा आएपछि गाढा निलो ड्रेसको प्रयोग घट्दै गयो । प्रयोगमै नआएपछि प्रधान कार्यालयले समेत निलो कपडा किन्न छाड्यो । द्धन्द्धको समाप्तीपछि पनि कार्यक्षेत्रमा खटिने प्रहरीले टाटेपाटे चुस्ताकै प्रयोग गरे । तालिमे प्रहरीले भने यही गाढा निलोनै लगाउँदै आएका थिए ।

नागरिकसँग घुलमिल भएर काम गर्नुपर्ने प्रहरी संगठनले सकेसम्म टाटोपाटे चुस्ताको प्रयोगै नगर्ने भएकाले टाटेपाटे चुस्ताको साटो गाढा निलो प्रयोगमा ल्याएको प्रहरी प्रवक्ता माधव जोशीले बताए। 'चुस्ताको स्थानमा अहिले प्रयोग गरिएको कलर पुरानै हो' डिआइजी जोशीले भने' २०४६ पनि नै यो प्रयोगमा थियो, पछि चुस्ता थपिएको मात्रै हो।'

नेपाल प्रहरीले प्रयोग गर्ने चुस्ता र सशस्त्र प्रहरीको चुस्ता उस्तै देखिँदा समेत समस्या बढेको थियो। प्रहरीको गाढा निलोमा आकाशेरंगको टाटो भएको चुस्ता र सशस्त्रको निलो र खैरो छ्यासमिसे रंगको चुस्तामा सर्वसाधारण झुक्किनेक्रम बढेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले २०६९ मा नेपाल प्रहरीको चुस्ता बदल्ने निर्णय गरेको थियो ।

२ वर्ष अगाडि निर्णय आए पनि कपडाको वजेट अनुसार पुरानै चुस्ता किनिएकाले प्रधान कार्यालयले २०७१ बाट मात्रै सो निर्णय कार्यान्वयमा ल्यायो।

प्रहरी प्रवक्ता जोशी प्रहरी र सर्वसाधारण तत्काल अभ्यस्त हुन नसक्नुलाई ठुलो समस्याको रुपमा हेर्दैनन् । चुस्तामा अभ्यस्त भएकाहरुका लागी झट्ट नयाँ पोशाक हेर्दा केही अनौठो लागे पनि प्रहरी कर्मचारी र सर्वसाधारण विस्तारै अध्यस्त हुँदै जाने जोशीले बताए ।

२०४६ मा ड्रेस बदल्दाको अनुभव सुनाउँदै उनले भने' त्यो बेला खाकी खैरो रंगको सट्टा आएको आकाशे रंगको सर्ट र निलो पाइन्ट लगाएर कार्यालय जाँदा स्कुलको विद्यार्थीको जस्तो ड्रेस भनेर जिस्क्याउँथे, अहिले त्यही बानी परिसक्यो, यो पनि विस्तारै भिज्छ ।'

पूरै बदल्न २ वर्ष बढी


काठमाडौं, ललितपुर र भक्तपुरमा गाढा निलो ड्रेसमा प्रहरी देखिए पनि उपत्यका बाहिरका भने अझै पुरानै चुस्ता कायम छ। प्रधान कार्यालयले कात्तिकबाट परिक्षणका रुपमा महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतको काठमाडौं, ललितपुर र भक्तपुरका ५ हजार प्रहरीको पोशाक मात्रै फेरेको हो।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार उपत्यकाका गण, गुल्महरुमा पनि टाटोपाङग्रे चुस्तानै कार्यान्वयनमा छ ।

प्रहरी प्रवक्ता तथा डिआइजी जोशीले आएका सुझाव अनुसार परिमार्जन गर्दै अन्य क्षेत्रमा कार्यान्वयन गराउन उपत्यकाबाट शुरु गरिएको बताए । प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले २–२ वर्षमा एक जोर चुस्ता पाउने नियम रहेकाले एकै पटक सबै क्षेत्रका पोशाक फेर्न नसकिएको जोशिले बताए ।

'अब नयाँ खरिदगर्दा टाटोपाटे चुस्ताको कपडा किन्दैनौं' उनले भने'उपत्यकाको प्रभावको आधारमा क्षेत्रहरुमा विस्तार गरेर सबैतिर एकै रंगको ड्रेस लागु गर्न न्युनतम २ वर्ष त लाग्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस