काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन नजिकिँदै गर्दा सडक पिच, मर्मतको काम १५ किलोमिटरमात्र सकिएको छ। सडक विभागले सम्मेलन तयारीस्वरुप ५० किलोमिटर सडक सुधार र मर्मतसम्भारको जिम्मेवारी पाएको छ।मंसिर १० र ११ गते राजधानीमा हुने सम्मेलनका लागि विभागले कात्तिक मसान्तभित्रै ५०.१८ किलोमिटर सडकमा पिच र मर्मत सक्नु पर्ने छ। 'अहिलेसम्म १५ किलोमिटरमात्र सकिएको छ,' विभागका उपहानिर्देशक अर्जुनजंग थापाले बुधबार नागरिकसँग भने, 'कात्तिक मसान्तसम्म मा सबै (५० किलोमिटर) सक्नु पर्ने छ।' ५० किलोमिटर सडकमा पिचसँगै मर्मत, सुधार, फुटपाथ निर्माण, मार्किङ, पेन्टिङ, नाली निर्माण, ट्राफिक सुरक्षा र विस्तारको काम भइरहेको छ। पिच हुने ५० किलोमिटरबाहेक ८० किलोमिटरमा मार्किङ र पेन्टिङको काममात्र हुने विभागले जनाएको छ।
विभागले बाँकी काम सक्न युद्धस्तरमा लागिपरेको जनाएको जनाएको छ। थापाका अनुसार हरेक दिन तीनदेखि चार किलोमिटर सडक कालोपत्रे भइरहेको छ। कात्तिक मसान्तसम्ममा सक्न दिनको ४ किलोमिटरको दरले पिच गर्नुपर्छ।
विभागले ५० किलोमिटरलाई १४ खण्डमा बाँडेर काम गरिरहेको छ। १४ वटा क्षेत्रमध्ये अहिलेसम्म पूर्णरुपमा दुई क्षेत्रको मात्र काम सकिएको छ। थापाका अनुसार अहिलेसम्म सिंहदरबार, रामशाहपथ, भद्रकाली, महाराजगन्ज, चुनदेवीमार्ग, श्रीलंकन एम्बेसीछेउको समेत गरी १.८ किलोमिटर सडकको पूरै काम सकिएको छ। महाराजगन्ज–शिक्षण अस्पताल, महाराजगन्ज–बाँसबारी न्युरो हस्पिटल गेट, महाराजगन्ज–बाँसबारी बंगलादेशी राजदूतावास गेट, नारायणगोपालचोक–बसुन्धरा पाकिस्तानी दूतावासको १.१ किलोमिटर सडकको काम पनि पूरै सकिएको थापाले बताए। तर नारायणगोपाल चोकदेखि बसुन्धरासम्मको खण्ड बुधबार दिउँसोसम्म पिच भएको थिएन।
यसबाहेक अरु खण्डमा काम भइरहेको विभागले जनाएको छ। काम भइरहेकामध्ये सिंहदरबार आपसासको एक किलोमिटर सडकको काम ८० प्रतिशत सकिएको छ। यो खण्डमा भेरिएसनको लागि सम्पूर्ण काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। त्यस्तै तीनकुने एयरपोर्टगेट हँुदै गौशालासम्मको रिङरोडको ३.६ किलोमिटर सडक ५० प्रतिशत सकिएको थापाले बताए। यो खण्डमा सडक विस्तारको काम पनि भइरहेको छ।
दिनभर ब्यस्त हुने राजधानीका सडकमा राति काम भइरहेको छ। कुनैकुनै खण्डमा राति पनि काम गर्न अप्ठेरो परिरहेको विभागको भनाइ छ। पुल्चोक क्षेत्रमा राति सुत्न डिस्टर्ब भयो भन्दै स्थानीयले बेलाबेलामा विरोध गरेको ठेकदारले बताए। नख्खु, सुनाकोटी क्षेत्रमा फोहोर फालेर हैरान पारेको उनीहरूले बताए। 'रातभरी पिच गर्योे, विहान फोहोरको थुप्रो हुन्छ,' एक ठकेदारले भने। समस्या भएको ठाउँमा प्रशासनको सहयोग लिएर काम भइरहेको विभागले जनाएको छ।
सबै क्षेत्रमा पिचको काम सकिए पनि फुटपाथ मर्मतको काम सक्न गाह्रो हुने विभागको भनाइ छ। सडक मर्मतको काम दिगो र गुणस्तरीय होस् भनेर लागिपरेको थापाले बताए। 'काम गर्न लागेको बेलामा राम्रो होस् भनेर लागेका छौं,' थापाले भने, 'यो तत्कालको लागिमात्र होइन। हामीले पाँच वर्ष ढुक्क हुने गरी काम गरिरहेका छौं।' उनका अनुसार अहिले भइरहेको सडकको कालोपत्रे ५ देखि ६ सेन्टिमिटर बाक्लो छ। अब पाँच वर्ष ढुक्क हुन सकिने उनको दाबी छ।
सार्क सम्मेलन तयारीस्वरुप गौशाला, चाबहिल, चुच्चेपाटी, बौद्ध, गोकर्ण, पुशपति गुह्येश्वरी, रातोपुल क्षेत्रमा ४.३ किलोमिटर, सामाखुसी ग्रान्डी हस्पिटल गेट, केशरमहल, ठमेल क्षेत्रमा ७.२ किलोमिटर, बागमती पुल, जावलाखेल क्षेत्रमा १.७२ किलोमिटर, सातदोबाटो गोदावरी सडक ३ किलोमिटर, नख्खु पुल, भैंसेपाटी क्षेत्रमा ४ किलोमिटरको काम भइरहेको छ।
त्यस्तै लगनखेल–सातदोबाटो सडक, पुल्चोक–मंगलबजार, हरिहरभवन–मन्त्री निवास खण्डको ६.२१ किलोमिटर, सूर्यविनायक–पाइलट बाबा आश्रम सडक ३.५ किलोमिटर, सूर्यविनायक–चमेलीडाँडा, सूर्यविनायक–केदारनाथ डोलेश्वर सडक ३.२ किलोमिटर, सल्लाघारी–दरबार स्क्वायर, ब्याँसी चाँगुनारायण सडक ६.१ किलोमिटर र माइतीघर–थापाथली–त्रिपुरेश्वर–सोल्टीमोड–कलंकी ४.४५ किलोमिटरमा पनि काम भइरहेको विभागले जनाएको छ।